ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

दुई–तीन दिनमै ओलीविरुद्ध अविश्वास प्रस्ताव आउँछ, काँग्रेसकै नेतृत्वमा सरकार बन्छ- सभापति देउवा

काठमाडौं वैशाख ८ । नेपाली कांग्रेसका सभापति शेरबहादु देउवाले दुई तीन दिनमै राजनीतिले नयाँ कोल्टे फैर्ने जनाएका छन् । पदाधिकारी तथा पूर्व पदाधिकारीसंगको आजको बैठकमा माओवादी केन्द्र,जसपासंग मिलेर ओली विरुध अविश्वासको प्रस्ताव दर्ताको तयारी भएको जानकारी दिए ।

ओली सरकार ढाल्न तीन दलबीच सहमति नजिक रहेको र अबको केही दिनमै राजनीतिले कोल्टे फेर्ने ब्रिफिङ गरेको एक नेताले जानकारी दिए । देउवालाई उद्रित गर्दै ति नेताले भने -‘माओवादीले औपचारिक रुपमै समर्थन फिर्ता लिन्छ, जसपा जसरी पनि हामीतिरै आउँछ । त्यसपछि ओलीविरुद्ध अविश्वास प्रस्ताव आउँछ, काँग्रेसकै नेतृत्वमा सरकार बन्छ ।

दुई–तीन दिनमा राजनीतिले कोल्टे फेर्छ ।’ यस अघि नै केन्द्रिय समितिको बैठकबाट कांग्रेसले सरकारकद्द नेतृत्व दावी गर्ने र ओली सरकार ढाल्ने निर्णय गरेको थियो । तर माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको र जसपा पनि अनिर्णीत बनेको भन्दै सभापित देउवाले सरकारमा जान हतार नगर्ने जनाउदैं आएका थिए ।

तर एमालेको नेपाल- खनाल समुहले समेत कर्णालीमा फ्लोर क्रस गरेको र केन्द्रमा पनि तेस्तै संकेत देखिएको तथा माओवादीले समेत समर्थन फिर्ता नलिने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएपछि सभापति देउवा सरकारमा जान तयार देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *