ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अख्तियारले स्टिङ अपरेसन गर्न नपाउने

काठमाडौं वैशाख ८ । सर्वोच्च अदालतले स्टिङ अपरेशन गर्ने अख्तियारको प्रकृयालाई नै रोकिदिएको छ । अधिवक्ता विष्णुप्रसाद घिमिरे स्टिङ अपरेसन खारेज गर्नमाग गर्दै दर्ता गरेको रिटमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित पाँच जना न्यायाधीश रहेको संवैधानिक इजलासले यस्तो फैसला गरेको हो ।

अख्तियारले ‘स्टिङ अपरेसन’ सम्वन्धी नियमावलीका आधारमा गरिरहेको कारवाहीले समस्या पैदा गरेको भन्दै यस्तो फैसला आएको हो । ‘स्टिङ अपरेसन’ नियमावलीको नियम ३०को उपनियम १ मा भनिएको छ- कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले घुस रिसवत माग गरेको भनी आयोगमा पर्न आएको उजुरी निवेदनको अनुसन्धानको सिलसिलामा आयोगले आफ्ना कर्मचारी वा उजुरवाला वा अन्य कुनै व्यक्तिमार्फत् त्यस्तो सार्वजनिक पद धारण गरेको व्यक्तिलाई घुस रिसवतवापत रकम उपलब्ध गराउन सक्नेछ।

उपनियम २ मा त्यस्तो घुस/रिसवत उपलब्ध गराउने कर्मचारी वा व्यक्तिलाई कुनै किसिमको कारबाही र सजाय गरिने छैन भनिएको छ। यो फैसलासँगै उक्त नियमावली खारेज भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *