ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

राष्ट्रपति विनानै सर्वोच्चका दूई न्यायाधीशको सपथ

काठमाडौं वैशाख ८ । सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीशहरु नहकुल सुवेदी र कुमार चुडालले पद तथा गोपनियताको शपथ लिएका छन् । सर्वोच्च अदालतमा आयोजित सपथ ग्रहण कार्यक्रम यो पटक केही फरक देखिन्थ्यो ।

सर्वोच्च अदालतका न्यायाधीशरुको शपथ ग्रहण राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशले गराउने चलन रहेको छ तर यो पटक राष्ट्रपति सपथ कार्यक्रममा सहभागि भइन्न् ।

बढ्दो कोरोना संक्रमणको कारण यो पटक राष्ट्रपति उपस्थित हुन नसकेको र सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर ज.ब.रा.ले नवनियुक्त न्यायाधीशहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण कार्यक्रम सञ्चालन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *