ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नयाँ भेरियन्टको संक्रमण बढ्यो: उपत्यकाका सार्वजनिक यातायात सञ्चालनमा नयाँ नियम लागू

सेयर गर्नुहोस
  • 9
  •  
  •  
  •  
    9
    Shares

काठमाडौं ८, बैशाख । कोभिड–१९ नयाँ भेरियन्टको संक्रमण बढ्दै गएको भन्दै काठमाडौं उपत्यकाका सार्वजनिक यातायात सञ्चालनमा नयाँ नियम लागू गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मंगलबार बसेको उपत्यकाका तिनै जिल्लाका प्रमुख अधिकारीहरुको  बैठकले सार्वजनिक सवारीमा व्यवस्थित सन्चालनको मापदण्ड तय गरेकव छ ।

सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, सबै यात्रुलाई मास्क अनिवार्य गर्ने, सवारी साधनको ढोकामा  र सवारी साधनभित्र सेनिटाइजरको व्यवस्था गर्ने, चालक तथा सहचालकले मास्क र भाइजर लगाउने, सवारी साधनलाई दैनिक रुपमा निसंक्रमित गर्ने, यात्रुले मास्क नलगाई आएमा चालक वा सहचालकले बढीमा रु १० लिइ मास्क उपलब्ध गराइने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले बताए ।

यस्तै लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा बीच बाटोमा थप यात्रु नचढाउने गरी सुरु गन्तव्यदेखि अन्तिम गन्तव्यसम्म यातायात सञ्चालन गर्ने र यात्रुहरूको विवरण सीसीसीएमसीलाई उपलब्ध गराइने  छ ।

बैठकमा  यातायात व्यवसायीले स्थानीय रुटमा चल्ने गाडीको भाडा बढाउन माग गरेका थिए । तर, प्रमुख जिल्ला अधिकारीले सिट क्षमता भन्दा बढी यात्रु नचढाउन मात्रै भनेकाले भाडा बढाउने भन्ने कुरा नहुने  प्रशासनले बताएको छ  ।

यातायात व्यवसायीसहितको, महानगरीय ट्राफिक प्रहरी महाशाखा, काठमाडौं महानगरपालिकाको नगर प्रहरी, यातायात व्यवसायी, यातायात मजदुर संगठनको सरोकार वालासहितको सो बैठकबाट मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनको सन्दर्भमा अनुगमन संयन्त्र गठन गरिएको छ । जसमा संयोजक यातायात व्यवस्था विभागको प्रतिनिधि रहनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *