ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आज वैशाख ८ गते बुधबार तपाईको राशिफल

आज मिति २०७८ साल बैशाख ८ गते बुधबार तदनुसार सन २०२१ अप्रिल महिनाको २१ तारिख, चैत्र शुक्लपक्ष, वसन्त रितु, उत्तरायण सुर्य, पुष्य नक्षत्र, अष्टमी तिथि, धृति योग, भद्रा करण, आज चन्द«मा कर्कट राशीमा रहेको छ, आज सूर्योदय बिहान ५ बजेर ३७ मिनेटमा भयो भने सूर्यास्त बेलुकी ६ बजेर ३१ मिनेटमा हुनेछ । विशेष कार्य गर्नको लागि आजको शुभ समय बिहानको ११ बजेर ३७ मिनेटबाट १२ बजेर २९ मिनेटसम्म रहनेछ । आजको राहूकाल दिउँसोको ३ बजेर १६ मिनेटबाट ४ बजेर ५३ मिनेटसम्म रहनेछ ।

(१) मेष राशी
दिन अनुकुल रहने छैन । रोग र चिन्ताबाट टाढा रहनुपर्नेछ, कार्यमा बाधा आउने भएकोले कार्यस्थलमा सावधान रहनु पर्नेछ, सरकारी काम वा प्रशासनिक कार्यमा झमेला आउन सक्ने, धनको खती हुने, मान सम्मान र उपलब्धिमा कमी  आउन सक्ने सम्भावना भएकोले सचेत रहनु पर्नेछ, आज आफन्तसँग विवाद नगर्नु होला । चिनामा सूर्य अशुभ छ भने पेट तथा गुप्तागंमा पीडा दिने, परिवार र दाम्पत्य सुखमा कमी ल्याउने, खानपानमा अरुची गराउने वा समय नमिल्ने गराउन सक्छ,  कसै कसैलाई कठोर वचन र अपशब्द सुन्नु पर्ने अवस्था पनि आउन सक्छ । कुरा काटने वा कुरा लाउने बानीले सम्बन्धहरु बिग्रीन सक्छन् सचेत रहनु होला । वादविवादहरु हुने र कसैबाट धोखा मिल्ने सम्भावना भएकोले आज र भोलि सावधान रहनु होला ।

(२) वृष राशी
दिन राम्रो रहने छ । ग्रहले सहयोग गर्नेछन । आरोग्यता प्राप्ति, वस्त्रलाभ, मान सम्मान मा वृद्धि हुनेछ । दाम्पत्य जीवनमा सुख, मित्र सुख, शत्रु परास्त हुनेछन् । बौद्धिक विकास हुनेछ,। मनमा नयाँ साहसिक विचार आउन सक्छ । कार्यमा सफलता प्राप्त हुने, मन प्रसन्न हुने, छोटा दुरीको यात्राको अवसर प्राप्त । धन लाभको पनि सम्भावना छ प्रयास गर्नुहोला । प्रेमीहरुको लागि दिन रोमान्टिक छ । उच्च शिक्षाको लागि राम्रो समय । यात्राको सम्भावना प्रबल छ । प्राविधिक क्षेत्र तथा लेखन कार्य मा संलग्नहुनेहरु लाइ दिन राम्रो रहनेछ । तर कसै कसै लाई खर्च बढी भइ आर्थिक हानी हुने, शत्रुहरु बढने, पराजयको सामना गर्नुपर्ने, मान सम्मानमा कमी हुनुको साथै अपमान हुनुपर्ने सम्मको अवस्था पनि आउन सक्छ ।

(३) मिथुन राशी
मानसिक असन्तोष दिने खालको दिन रहन सक्छ । गरेको काममा बाधा आउने, सन्तान पक्षबाट समस्या आउने वा उनीहरुलाई अप्ठयारो पर्न सक्छ  । गलत काममा वा गुप्त कुरामा मन जाने, कुटुम्ब अथवा नजिककासँग वैमनस्यता बढन सक्ने, विद्यार्थीहरुले भने पढाइमा अलि मेहनतै गर्नुपर्ने खालको दिन छ । खानपानमा विशेष सतर्कता अपनाउँदै आफनो दाँत, आँखा, अनुहारको समस्याबाट जोगिनु पर्ने खालको समय छ , कसै कसैलाई उच्चाधिकारीहरुबाट वा राज्य पक्षबाट समस्या आउन सक्ने सम्भावना छ । तर यदि चिना बुधको दशा चलिरहेको छ भने व्यापार व्यवसायमा प्रगति, पारिवारिक तथा मित्रहरुबाट सुख र सहयोग पाइनेछ । पत्नी तथा पुत्रहरुबाट पनि सुख प्राप्त हुनेछ । आकस्मिक लाभ तथा बाहिरकाहरुले सहयोग गर्नेछन् ।

(४) कर्कट राशी
दिन शुभ फलदायक छ । लाभ प्राप्त हुने, वैवाहिक एवम् पारिवारिक सुख प्राप्त हुने, रोकिएका अडकिएका कामहरु पूरा हुने वा अगाडि बढन थाल्दछन् , उत्तम वा मिष्ठान भोजनको प्राप्ति, स्वास्थ्य राम्रो हुने । धन तथा उपहार आदि प्राप्ति , आदर सत्कार र यश पाइने । शैयया सुख, वैवाहिक सुख । प्र्रेम सम्बन्धको लागि दिन राम्रो रहनेछ । वस्त्र लाभ अथवा कतैबाट उपहार आदि प्राप्त हुने सम्भावना छ , व्यापारिक वर्गलाई समय राम्रो छ, व्यावसायीक साझेदारी वा अन्य किसिमको पार्टनरशीपको लागि राम्रो दिन छ । लगानीको लागि पनि समय शुभ छ ,

(५) सिंह राशी
समय त्यति अनुकुल छैन । हानी नोक्सानी, दुर्घटना हुनसक्ने भएकोले विशेष सावधानी राख्नुपर्ने बेला छ, पराक्रममा कमी, खर्चमा वृद्धि । मानसिक तथा शारिरिक पीडा र कष्टको साथै शोक पर्न सक्ने भएकोले सावधान रहनु होला । धनको अभाव महसूस भइ आर्थिक संकट आइपर्ने, आउनु पर्ने पैसा समयमै नआइदिने , हरेक कार्यमा विलम्ब हुने तथा विध्न बाधाहरु तेर्सिने सम्भावना छ । कसै कसैलाई संक्रामक रोगहरुले सताउने र निद्राको समस्या हुन सक्छ । विद्यार्थीहरुको लागि समय राम्रो छैन, आलस्यलाइ त्याग्नु भएमा दिन उत्तम रहनेछ,

(६) कन्या राशी
दिन सुखमय हुनेछ । शुभ समाचारहरु आउन सक्छन । शरिरको जोश जाँगरमा वृद्धि , धन लाभ हुने, उत्तम भोजन प्राप्ति, बन्धुसुख, स्त्रि सुख, मित्र सुख वा मित्र बाट फाइदा हुने । आरोग्य प्राप्ति, व्यापार उद्योगमा प्रगति, सुख शान्ति, यश सम्मान लगायतका शुभ फल प्राप्त हुने सम्भावना बलियो छ । भोग विलास र रमाइलोमा समय बित्न सक्नेछ, आय वृद्धि वा आय स्रोतको नयाँ बाटो फेला पर्न सक्छ, पुराना अडकिएका कार्यहरुले गति लिनेछ । अथवा गरेका कार्यको उपलब्धि प्राप्त हुने समय पनि हो । व्यापारी वर्गलाई राम्रो छ, लगानीलाइ दिन शुभ छ ।

(७) तुला राशी
दिन शुभ रहनेछ । कार्य सिद्धि हुने, धन लाभ, रोजगारमा सोचेको आँटेको पुग्ने, नोकरी वा व्यवसायको क्षेत्रमा परिवर्तन खोजिरहनु भएको छ भने दिन राम्रो छ । कर्म क्षेत्रमा मानसम्मान, किर्ति यश प्राप्त हुने योग छ । ईच्छित फल पाउने अथवा शुभ समाचार आउन सक्नेछन । स्थानीय राज्य  प्रशासन आदिको सहयोग पाइने,  भूमि, वाहन सुख को साथै पारिवारीक सुख प्राप्त हुने समय छ । विद्यार्थीहरुको लागि भने अलि मेहनत गर्नु पर्ने खालको दिन छ, लगानीलाई दिन ठीक छ ।  तर यदि चिनामा बुध ग्रहको दशा चलिरहेको छ भने चाँही १७ गते सम्म सावधान रहनु पर्नेछ, अशुभ घटनाहरु घटने , कुटुम्ब बन्धु बान्धवहरुसँग कलह अशान्ति हुने, शारिरिक अस्वस्थता हुने सम्भावना देखिएको छ ।

(८) वृश्चिक राशी
समय अनूकूल छैन । व्यवसाय हानी, प्रतिष्ठा हानी, बिना कारण झगडा हुने, नसोचेको आरोप लाग्ने वा तनाव बेहोर्नु पर्ने सम्भावना छ । स्वास्थयको विषेश ख्याल राख्नु होला । रोग व्याधिले सताउने, झाडा पखाला, श्वास प्रश्वास, निमोनिया, घाँटीमा समस्या, स्वर भासिने, थाइरायड तथा हर्मोनल गडबडी, कान, छाती, कुम, घुँडा तथा पेटसम्बन्धि समस्या देखिने वा बल्झिने योग छ । सन्तान सम्बन्धि चिन्ता लिनुपर्ने, अथवा मतभेद हुन सक्ने, कसै कसैलाई छोटो दुरीको यात्रा अथवा निरर्थक भ्रमण पनि हुने योग छ । तर यदि चिनामा शुभ बुध ग्रहको दशा चलेको छ भने हर प्रकारले लाभ मिल्नेछ । सुख शान्ति, यापार व्यवसायमा प्रगति । नयाँ स्थान र नयाँ पद प्राप्त हुने सम्भावना बलियो छ ।

(९) धनु राशी
धैर्य गर्नुपर्ने समय छ । संचित धनमा नोक्सानी, भयले सताउने, अपच, श्वास प्रश्वास, रुघाखोकी, संक्रामक रोगबाट जोगिनु होला, पुराना बिरामी हुनुहुन्छ भने छातीको विशेष ख्याल गर्नुहोला । झगडा विवाद मानसिक चिन्ताबाट टाढा रहने प्रयास गर्नुपर्नेछ, टाइममै खानपान नहुने अथवा खानपानको कारणले पनि समस्या उत्पन्न हुन सक्छ,  आर्थिक नोक्सानी पारिवारिक कलह र अशान्तीले आक्रान्त पार्नेछ । पत्नि तथा सन्तानहरुसँग मतभेद हुन जाने सम्भावना छ  । अचानक दुर्घटना वा चोट लाग्न सक्ने भएकोले सावधानी अपनाउनुहोला,
१०) मकर राशी
समय राम्रो रहनेछ । प्रत्येक कुराहरुको शुभ फल प्राप्त हुने सम्भावना आएको छ  । धन लाभ, वैवाहिक सुख, उत्तम भोजन, विरोधिहरु पराजित हुनेछन  प्रेम सम्बन्धमा सुखद अवसर प्राप्त हुने, दाम्पत्य सुख पाइने, मनोरन्जनमा समय बित्नेछ । व्यापार र व्यवसायमा लाभ, व्यवसायमा रोकिएको कार्यहरु बन्ने छन् । टाढाको मान्छेसँग भेट वा कुरा हुन सक्ने , पारिवारिक  तथा मित्रसुख प्राप्त हुने योग बनेको छ।

(११) कुम्भ राशी
आनन्द प्राप्त हुने खालको दिन छ । धन सम्बन्धि सुखद स्थिती हुने, परिवारिक सुख,  शयन सुख, स्वास्थ्य राम्रो रहने, आदर सत्कार सम्मान पाइने, शत्रुहरुले भने सक्रिय भएर कष्ट दिन त खोज्छन तर अन्ततः उनीहरु निस्तेज हुनेछन् , भाइ बहिनी मित्र वा छिमेकीहरुको सहयोग प्राप्त हुन्छ । सरकारी कामहरुमा बाधा अडचनहरु  हटनेछन । मुद्दा मामिला  लगायत विवादित कुराहरुमा आफू अनुकुल हुने खालको दिन छ । विद्यार्थीहरुको लागि समय राम्रो छ । व्यापार व्यवसायमा बाहिरको व्यक्तिको साथ वा सहयोग प्राप्त हुने सम्भावना छ । महिलाहरुसँग भेटघाट, सम्पर्क तथा छलफल बढने योग छ , लगानीको लागि दिन राम्रो छ । सन्तान पक्षको विषयमा भने विशेष ख्याल गर्नुहोला ।

(१२) मीन राशी
सचेत हुनुपर्ने खालको समय छ । मन अशान्त हुने, कर्ममा गतिरोध हुने, कार्यमा विध्न बाधा व्यवधानहरु आउने योग छ । सोचेको आँटेको काम पुरा नहुन सक्छ, बिना कारण अलमलिने अवस्था आउन सक्छ । विद्यार्थीहरुले बिशेष मेहनत गर्नुपर्नेछ अन्यथा पढाइमा एकाग्रता आउँदैन । धन हानी हुने योग रहेकोले लगानी वा खर्च गर्दा ध्यान पुरयाउने । पेट सम्बन्धि रोगले सताउने योग, सन्तानको तर्फबाट चिन्ता वा सन्तानलाई कष्ट पर्ने योग देखिएको छ । यदि संयुक्त परिवारमा  बस्नुभएको छ भने आफन्तहरुलाई समस्या पर्ने अथवा उनीहरुसँग असमझदारी बढन सकछ, मित्रहरुसँग विवादबाट टाढै रहने । सामाजिक छवि खराब हुन सक्ने भएकोले सावधान रहनु होला । कसै कसैलाई धन आगमन वा धन लाभ को सम्भावना त छ तर अनादर, अपमान वा पराजयको भागी पनि बन्नु पर्ने अवस्था आउँन सक्छ ।

हस द दर्शक वृन्द, भोलिको राशीफल सम्मको लागि म दिव्य सिटौला विदा चाहान्छु । यहाँहरुको दिन शुभ रहोस, नमस्कार । ओभर टू गुड मर्निगं स्टूडियो,

२०७८ साल वैशाख ८
प्रियंगुकलिकाश्यामम् रुपेणाम् प्रतिमम् बुधम् ।।
सौम्यम् सौम्यगुणोपेतम् तम् बुधम् प्रणमाम्यहम् ।।

नमस्कार आदरणीय दर्शकवृन्दं

गुड मर्निगं नेपालको ग्रहहरु बोल्दछन कार्यक्रममा म दिव्य सिटौलाको सादर प्रणाम् ।

आज मिति २०७८ साल बैशाख ८ गते बुधबार तदनुसार सन २०२१ अप्रिल महिनाको २१ तारिख, चैत्र शुक्लपक्ष, वसन्त रितु, उत्तरायण सुर्य, अश्लेषा नक्षत्र, नवमी तिथि, शुल योग, बालब करण, आज चन्द«मा कर्कट राशीमा रहनेछ, आज सूर्योदय बिहान ५ बजेर ३६ मिनेटमा भयो भने सूर्यास्त बेलुकी ६ बजेर ३१ मिनेटमा हुनेछ । आजको राहूकाल दिउँसोको १२ बजेर ०३ मिनेटबाट १ बजेर ४० मिनेटसम्म रहनेछ । राहुकालमा दीर्घकालसम्म असरपर्ने खालका कार्यहरु शुरु गर्नु हुँदैन ।

अब आजको राशीफलतिर

(१) मेष राशी
दिन प्रतिकुल रहने छ । मानसिक पिडा, आत्मविश्वासमा कमी आउने, चित्त चन्चल रहने, निरर्थक चिन्ता र बेचैनिले ग्रस्त भइने, आफन्त तथा नजीककाहरुसँग मनमुटाव वा विवाद हुने, कठोर वचन वा अपमानजक शब्द सुन्नु पर्ने, गरेका कार्यहरुमा हानीको योग छ, भोजन, खानपान लगायत निद्रामा असुविधा हुन सक्ने, तथा शारिरिक अस्वस्थता वा कमजोरीले समस्या बल्मिmन सक्छ , छाती वा छातीजन्य समस्या आउन सक्ने भएकोले सावधानी अपनाउनु होला । विश्वास गरेकाहरुले धोखा दिन सक्ने सम्भावना भएकोले सचेत रहनु होला। कुरा काटने र रिस गर्ने बानी छ भने १७ गते सम्म बन्द गर्नुहोला ।  अपठयारोमा परिने छ ।

(२) वृष राशी
मन खुशी हुने खालको दिन छ । भाग्यले साथ दिनेछ । धन लाभ हुने, पराक्रम बढने, निरोगिता प्राप्ति, कार्यमा सफलता, नोकरीमा पदोन्नति, वा मान सम्मान मिल्ने, आर्थिक पक्षमा सुधार देखा पर्ने, वस्त्र लाभ वा खरिद हुने, मित्र सुख, रिस गर्नेहरु निस्तेज हुनेछन्, आफन्तजनसँग सम्बन्ध राम्रो हुने, सकारात्मक व्यक्तिहरुसँग सम्पर्क बढनुको साथै चिताएको  महिलाको सम्पर्कका आइने योग छ । वैवाहिक खुशी प्राप्त हुने  सम्भावना छ ।  कसै कसैलाई यात्रा वा भ्रमणको स्थिति बन्ने योग छ, प्रेम सम्बन्धको  लागि समय राम्रो छ । लगानीलाई जानकारको राय लिएर मात्र गर्नुहोला । अनियन्त्रित खर्च र शत्रुहरुबाट भने सजग रहनु पर्नेछ ।
(३) मिथुन राशी
दिन अनुकुल नहुन सक्छ , मानसिक तनाव बढन सक्ने, प्रत्येक कार्यमा खर्च बढी हुन थाल्ने, कलह, कार्यहरुमा बाधा, गरेको काममा बिध्न बाधा आउने, मान सम्मानमा कमी, शत्रु बाधा, धनको नोक्सानी, दन्ड जरिवाना हुन सक्ने, रोगव्याधिले सताउने, नेत्र सम्बन्धि रोग तथा खानपानमा समस्या देखा पर्ने, कुटुम्बहरुसँग मनमुटाव हुने स्थिीति बन्नेछ । विद्यार्थीहरुको पढाइमा मन नलाग्ने हुन सक्छ । तर कसै कसैलाई भने शुभ बुधले व्यापार व्यवसायमा प्रगति, पारिवारिक सुख र आकस्मिक लाभ दिलाउने छ ।  बाहिरकाहरुसँग सहयोग लिनु भएमा दिन सहज हुनेछ। मनमा नकारात्मक विचारहरुलाई भने उत्पन्न हुन नदिनु होला ।

(४) कर्कट राशी
भाग्यले सहयोग गर्ने खालको दिन छ । रोग मुक्ति,  यश मान सम्मानमा बृद्धि, कार्य सफलता, धातु, अन्न तथा वस्त्र लाभ हुने तथा शत्रु पराजित हुनेछन्, भौतिक तथा पारिवारिक सुख, उत्तम भोजन तथा  शैया सुख, आदर सत्कारको प्राप्ति, मित्र सहयोग जस्ता शुभ फल दिनेछ । कसै कसै लाई भने उपहार आदि प्राप्ति हुने तथा स्त्रि सहवासको पनि योग देखिएको छ । अविवाहितहरुको लागि विवाह सम्बन्धि कुराहरु चल्ने एवम रोकिएका अडकिएका कामहरुले गति लिन सक्नेछन ,

(५) सिंह राशी
दिन अनुकुल नहुन सक्छ । मानसिक अशान्ति, शारिरिक कष्ट, पराक्रममा कमी आउने । आलस्य बढने । खर्चमा वृद्धि । कार्य ुविलम्ब वा बाधा, धनको अभाव वा हानी, पारिवारिक कलह वा नजिकका मानिसहरुबाट अपमान बेहोर्नु पर्ने, शोक पर्न सक्ने वा विछोडिनु पर्ने हुन सक्छ । हानी नोक्सानी, दुर्घटना हुनसक्ने भएकोले यात्रा गर्दा विशेष सावधानी राख्नुहोला, संक्रामक रोगहरुबाट बच्नुपर्ने दिन छ । विद्यार्थीहरुको लागि समय कठिन छ । कसै कसैलाई ठूलै आर्थिक संकट आइलाग्न सक्छ ।

(६) कन्या राशी
दिन शुभ फलदायक रहनेछ । सुख शान्ति र आरोग्य प्राप्ति, कुटुम्बहरुसँग भेटघाट हुने अथवा उनीहरुले सहयोग गर्ने,  मित्र तथा भाइ बहिनीहरुले साथ र सहयोग गर्ने । धन लाभको योग बनेको छ, मान सम्मान, उत्तम भोजन, बन्धुसुख, स्त्रि सुख, गरेका कार्यहरुले सफलता र यश दिलाउँनेछ , भोग विलास र रमाइलोमा समय बित्न सक्नेछ , प्रयास गरेमा आय वृद्धि को बाटो फेला पर्न सक्छ, पद वा फरक जिम्मेवारी प्राप्तिको योगको साथै पारिवारिक तथा जीवनस्तरमा बृद्धिको सम्भावना पनि छ  । व्यापारी वर्गलाई दिन अनुकुल छ, लगानीलाई समय राम्रो रहनेछ ।

(७) तुला राशी
खुशी प्राप्त हुने खालको दिन छ , प्रगतिका अवसरहरु आउने छन्, चिताएका कामहरुमा सफलता पाइने छ , रमाइलो जमघट हुने वा मिठो खानपान हुन सक्ने । कर्म क्षेत्रमा सम्मान वा प्रंशसा पाइने, स्वास्थ्य राम्रो रहने, आफनो क्षमता र अधिकारको सदुपयोग गरेर कुनै कार्य वा उद्देश्य पूरा हुने योग छ, राज्य संयत्र वा उच्च अधिकारीहरुबाट सहयोग पाइने । बौद्धिक क्षमतामा बृद्धि हुनुको साथै नयाँ नयाँ विचार प्रस्फुटन हुने र आत्मविश्वास बढने छ, कसै कसैलाई धार्मिक तथा आध्यात्मिक विषय को अध्ययन गर्न तिर पनि मन जान सक्छ, शारिरिक अस्वस्थता हुने सम्भावना देखिएकोले गर्भवति महिलाहरुले भने सावधानी अपनाउनुपर्नेछ । कुटुम्ब बन्धु बान्धवहरुसँग हुने विवादहरुबाट भने आज टाढा रहनु होला ।

(८) वृश्चिक राशी
दिन मध्यम खालको हुनेछ । कसैलाई हर प्रकारले लाभको स्थिती प्रदान गर्नेछ भने कसैलाई परिस्थितीको बन्धनमा नतमस्तक बन्नु पर्ने स्थिती आउन सकछ, मानसिक तनाव बढने, वादविवाद बढने, मेहनत गरे अनुसार फल प्राप्त हुँदैन । मुद्दा मामिला, कानूनी झमेला, सरकारी दन्ड जरिवाना जस्ता जटिलताहरु आउन सकछ । पेटजन्य समस्या लगायत अन्य स्वास्थ्य सम्बन्धि शारिरिक समस्याहरु  आउन सक्छ । कसै कसैलाई पद तथा जिम्मेवारी बाट मुक्त सम्म हुने अवस्था आउन सक्छ , सचेत रहनु होला, शुभ बुधले भने व्यापार व्यवसायमा प्रगति को साथै नयाँ स्थान र नयाँ पद प्राप्त दिलाउने सम्भावना बलियो छ।

(९) धनु राशी
दिन प्रतिकुल रहनेछ । पारिवारिक कलह र अशान्तीले आक्रान्छ पार्नेछ । आफनो स्वास्थयको सम्बन्धमा विशेष ध्यान दिनु पर्नेछ । मानसिक तनाव नलिने, निरर्थक भय र व्यर्थको श्रम बाट बच्नुहोला, धनको अनावश्यक खर्च वा दुरुपयोग हुनेछ,  शारिरिक पीडा को योग भएकोले कष्टदायी भ्रमण लाई टार्दा राम्रो ,  अपमान, मित्र घात, आफन्तजनमा कलह वा मनमुटाव, कार्यमा बिध्नबाधा, सरकारी झमेला जस्ता घटनाहरु हुने सम्भावना भएकोेले आज सचेत हुनुहुनु होला। मनलाई  अस्थिर नबनाइ धैर्य कायम राखेमा दिन सहज रहनेछ ।

१०) मकर राशी
दिन अनुकुल रहने छ । पारिवारिक  तथा मित्रसुखले लाभकारक तथा सुखदायी अवस्था बन्नेछ । कार्य सिद्धी, चिताएको काम बन्ने । मान सम्मान, प्रशंसा, कदर प्राप्त हुने । विशेष वा परिकारजन्य भोजन हुने, दाम्पत्य तथा वैवाहिक सुखको प्राप्ति, आर्थिक लाभ, धनको आगमन, स्वास्थ्य उत्तम वा रोगव्याधिको असरमा सुधार आउने, भोग विलासिता साधन जुटने वा भौतिक संशाधन सम्बन्धित कुराहरुको खरिद हुन सक्ने योग छ । व्यापार व्यवसायमा लाभको अवस्था बन्न थाल्नेछ ।

(११) कुम्भ राशी
दिन शुभ फलदायक रहनेछ । आर्थिक लाभ हुनेछ । कार्य क्षेत्रको गतिरोध हटने, मानसिक तनावमा कमी आउने, मान सम्मान पाइने, पारिवारिक सुखमा वृद्धि हुने शारिरिक निरोगिताको साथै बिरामी हुनुहुन्छ भने स्वास्थ्य अवस्था सुधारोन्मुख रहने छ , भाइ बहिनी मित्र तथा छिमेकीहरुको सहयोग प्राप्तीले खुशी तुल्याउनेछ, रिस गर्नेहरु माथि विजय प्राप्त हुने, महिला वर्गहरुसँग सहकार्य, भेटघाट, वार्तालाप हुने वा उनीहरुबाट लाभ प्राप्त हुने, कसै कसैलाइ आज आफनै घर परिवारमा बस्नु पर्ने वा समय बिताउनु पर्ने स्थिती पनि आउन सकछ ।। प्रेम सम्बन्धमा मधुरता आउने । विद्यार्थीहरुलाइ समय राम्रो छ, खर्चमा नियन्त्रण राख्नुहोला ।

(१२) मीन राशी
दिन अनुकुल रहने छैन । बिध्न बाधाहरुले गर्दा हैरान पार्न सकछ । अपमान र पराजयको सामना गर्नुपर्ने खालको दिन बन्न सक्छ ।  स्वास्थ्य स्थिती खस्कने, शोक पर्ने, मानसिक खिन्नता बढन सक्ने, कार्य हानी, धन वा कुनै प्यारो वस्तुको गुमाउनु पर्ने, मनमा अशान्ति, अपयशको भागि हुनु पर्ने तथा व्यर्थमा दुख पाइने योग देखिएको छ । सावधान रहनु होला । तामसिक भोजन, मासांहार आज त्याग गर्नुहोला । अनावश्यक सम्पर्क र आसक्तिबाट जोगिनु होला,  आजको दिन सकेसम्म मौन बस्नु भएमा उत्तम रहनेछ। कसै कसैलाई भने आकस्मिक धन आगमन वा धन लाभको सम्भावना देखिएको छ ।

हस द दर्शक वृन्द, भोलिको राशीफल सम्मको लागि म दिव्य सिटौला विदा चाहान्छु । यहाँहरुको दिन शुभ रहोस, नमस्कार । ओभर टू गुड मर्निगं स्टूडियो,

२०७८ साल वैशाख ९
शुक्लाम्बरधरम् विष्णुम् शशिवर्णम् चर्तुभुजम् ।।
प्रसन्न बदनम् ध्यायेत् सर्वविध्नोपशान्तये ।।

नमस्कार आदरणीय दर्शकवृन्दं

गुड मर्निगं नेपालको ग्रहहरु बोल्दछन कार्यक्रममा म दिव्य सिटौलाको सादर प्रणाम् ।

आज मिति २०७८ साल बैशाख ९ गते बिहीबार तदनुसार सन २०२१ अप्रिल महिनाको २२ तारिख, चैत्र शुक्लपक्ष, वसन्त रितु, उत्तरायण सुर्य, मघा नक्षत्र, दशमी तिथि, गन्ड योग, तैतिल करण, आज चन्द«मा सिँह राशीमा रहेको छ, आज सूर्योदय बिहान ५ बजेर ३५ मिनेटमा भयो भने सूर्यास्त बेलुकी ६ बजेर ३२ मिनेटमा हुनेछ । विशेष कार्य गर्नको लागि आजको शुभ समय बिहानको ११ बजेर ३६ मिनेटबाट १२ बजेर २८ मिनेटसम्म रहनेछ । आजको राहूकाल दिउँसोको १ बजेर ४० मिनेटबाट ३ बजेर १७ मिनेटसम्म रहनेछ । राहुकालमा दीर्घकालसम्म असरपर्ने खालका कार्यहरु शुरु गर्नु हुँदैन ।

अब आजको राशीफलतिर
(१) मेष राशी
समय प्रतिकुल रहनेछ । आयमा बाधा, धनको अभाव महसूस भइ आर्थिक संकट आइपर्ने, आउनु पर्ने पैसा समयमै नआइदिने , मन अशान्त हुने, सोचेको आँटेको काममा विध्न बाधा व्यवधानहरु आउने । शत्रुले दुख दिन सक्ने वा मित्रहरुको व्यवहार शत्रुवत् बनिदिने, हरेक कार्यमा विलम्ब हुने तथा विध्न बाधाहरु तेर्सिने सम्भावना छ । बिना कारण अलमलिएर समय बित्न सक्छ । स्वास्थ्यमा समस्या आउने वा शारिरिक पीडा हुन सक्छ, सन्तानको तर्फबाट चिन्ता वा कष्ट पर्ने सम्भावना छ , विद्यार्थीहरुले भने पढाइमा बिशेष मेहनत गर्नुपर्नेछ । कसै कसै लाई अस्पतालमा बस्नु पर्ने वा अरुको लागि समय खर्चिनु पर्ने हुन सक्छ । घर बाहिर भ्रमणको योग रहेकोले यात्रा गर्दा भने सावधान हुनुहोला। कुसंगति र विवादबाट भने आज बच्नु होला ।

(२) वृष राशी
दिन अनूकुल बनाउन प्रयास गर्नु पर्नेछ, खर्च वृद्धिले आर्थिक संकट हुने, शत्रुहरु बढने, पराजयको सामना गर्नुपर्ने, मान सम्मानमा कमी हुनुको साथै अपमान हुनुपर्ने सम्मको अवस्था पनि आउन सक्छ । आफन्तहरुसँग विवाद हुन सक्ने, धन वा स्थाई सम्पत्ति सम्बन्धि झमेला आउन सक्ने,  मन अस्थिर रहने, मानसिक सन्ताप पर्ने, स्वास्थ्यको विशेष ख्याल गर्नुपर्नेछ ,बेसमयमा खाने र सुत्ने बानीले समस्या ल्याउन सक्छ, शारिरिक कष्ट वा छाती सम्बन्धि समस्या बल्झन सक्छ, , व्यवसायीक गतिरोधको सामना गर्नुपर्ने सम्भावना भएकोले लगानीलाइ आज समय अशुभ छ, आज कुनै पनि महँगो सामान वा सवारी साधन आदि खरीद नगर्दा राम्रो । आत्मविश्वासलाई कायम राख्दै निरर्थक चिन्ताबाट बच्नु भएमा दिन सुखद र लाभदायक रहनेछ ।

(३) मिथुन राशी
आकस्मिक लाभको योग बनेको छ । सोचेअनुसारको कार्य सिद्धि हुने, धन लाभ हुने वा आर्थिक स्थितिमा सुधार आउने छ । सामाजिक एवम् राजकीय प्रतिष्ठा प्राप्ति हुने अथवा अरुले तँपाइको कदर वा प्रशंसा गर्ने योग छ, पारिवारिक तथा मित्र सुख, पत्नी तथा पुत्रहरुबाट पनि सुख प्राप्त हुनेछ शरिर र स्वास्थ्य उत्तम रहने, दाम्पत्य सुख, मित्र सुख, शत्रु बाधाबाट मुक्ति, वस्त्र लाभ अथवा विशेष रुचिकर भोजन प्राप्ति हुने, प्रयास गर्नु भएमा आज केही नयाँ सकारात्मक कुरा हुन सक्छ । यदि चिनामा सूर्य बलियो छ भने नयाँ जिम्मेवारी वा पदको प्राप्तिको सम्भावना छ । ठूलाबडा तथा आफूले मान्नु पर्नेहरुको आशिर्वाद र सहयोग पाइने छ । कसै कसैलाई छोटो दुरीको यात्राको वा भ्रमणको अवसर प्राप्त हुन सक्छ । व्यापार व्यवसायमा प्रगतिको योग भएकोले लगानी गर्दा राम्रो छ । विद्यार्थीहरुको लागि समय सफलता दिने खालको रहनेछ ,

(४) कर्कट राशी
मन आज अस्थिर रहन सक्छ अथवा केही कुराले चित्त दुख्न सक्छ ।। व्यर्थको श्रम, धनको अपव्यय, कार्यमा बाधा, सोचेको काम नबन्ने वा झंझट बेहोर्नु पर्ने ।, घरपरिवार वा अचल सम्पत्तिको लागि खर्च हुन सक्छ,  पारिवारिक सुखमा कमि आउने, मित्र तथा बन्धुहरुसँग मनमुटाव हुन सक्छ । अपयशको भागि हुनु पर्ने, अरुले कदर नगर्ने, विवादित भइने वा भूmठो आरोप लाग्ने सम्भावना छ, आज कसैले धोका पनि दिन सक्ने सम्भावना भएकोले सचेत रहनु होला । शारिरिक चोटपटक, दुर्घटना आदिबाट सावधान रहनुपर्ने दिन छ, लगानीलाई समय प्रतिकूल छ, खानपानमा आज अनुशासित रहनु पर्नेछ र विवादबाट भने आज सकेसम्म टाढा रहनु होला, प्रयास गरेको खन्डमा यात्रा वा भ्रमण हुने, धार्मिक कार्य तथा ठूलावडाहरुको सम्पर्कमा आइने सम्भावना भने बलियो छ । साथै यश तथा लाभ प्राप्त हुने, वैवाहिक एवम् पारिवारिक सुख प्राप्त हुने,  रोकिएका अडकिएका कामहरु पूरा हुने वा अगाडि बढन थाल्ने सम्भावना छ ,

(५) सिंह राशी
दिन राम्रो रहनेछ । आर्थिक लाभ हुने । भाग्यले साथ दिनेछ । सकारात्मक विचार र उत्साहले आत्मविश्वास बढनेछ । शरीर स्वस्थ भइ आरोग्य, साहस र स्फूर्ति बढने । लाभ तथा मान सम्मानको प्राप्ति । कार्यमा सफलता । कतैबाट केही कुरा प्राप्त हुने वा कसैसँग भेट हुने । दिमागमा धेरै खालका विचारहरु आउने । उत्तम तथा मिष्ठान भोजन, वस्त्र लाभ, मान्यजनको वा मित्रको कृपा पाइने तथा बन्धुहरुबाट सुख मिल्ने, विद्यार्थीवर्गलाई समय राम्रो । प्रेमीहरुको लागि दिन शुभ रहनेछ।  तर चिनामा अशुभ सूर्य र बुधको दशा चलिरहेको छ भने चाँही कलह, विवाद हुन सक्ने, पत्नि तथा सन्तान तर्फबाट चिन्ता पर्ने अथवा अपमान र कानूनी झमेलाको सामना गर्नुपर्ने हुन सक्छ । धनको अभाव महसूस भइ आर्थिक संकट आइपर्ने, आउनु पर्ने पैसा समयमै नआइदिने, हरेक कार्यमा विलम्ब हुने तथा विध्न बाधाहरु तेर्सिने सम्भावना छ । एकपटक चिना देखाउनु होला ।

(६) कन्या राशी
दिन अप्ठयारो खालको हुन सक्छ । अत्यधिक परिश्रम, शारिरिक शिथिलता र कष्ट हुने, विशेषगरि टाउको पेटसम्बन्धि समस्या आउने, पराक्रममा कमीे, आर्थिक समस्या । पारिवारीक असमझदारीे, मानसिक अशान्ति र छटपटि बढने । गरेका निर्णयहरु गलत हुन सक्ने, कसै कसैलाइ विवेकले काम नगर्ने हुन सक्छ । कानुनी समस्याहरुमा अल्मिmनु पर्ने पनि हुन सक्छ । अनिद्रा, एलर्जी तथा मौसमी संक्रामक रोगहरुबाट बच्नु होला,  आँखा, दाँत,मुख, अनुहारमा समस्या आउने वा त्यसले खर्च गराउन सक्छ । विद्यार्थीहरुको लागि भने समय राम्रो रहनेछ, विदेश जाने सम्बन्धि प्रयास गरिरहनु भएको छ भने दिन उत्तम छ । व्यापारी व्यवसायीले अचानक ऋण लिनु पर्ने अवस्था आउन सक्छ । तर वैदेशिक व्यापार आदिलाइ भने समय शुभ रहने छ । तर चिनामा  बुधको दशा चलेको छ भने आरोग्य प्राप्ति, व्यापार उद्योगमा प्रगति, सुख शान्ति, यश सम्मान लगायतका शुभ फल प्राप्त हुने सम्भावना बलियो छ ।

(७) तुला राशी

दिन सकारात्मक र शुभ रहनेछ  । आर्थिक लाभ हुने ।  चिताएको कुरा सम्पन्न हुने, शरिरमा जोश जाँगर बढने, मन प्रसन्न हुने खालका समाचारहरु आउन सक्छन् । अडकिएका कार्यहरुले गति लिनेछन् वा सफल हुनेछन् ।  मित्र भेटको सम्भावना वा मित्र बाट फाइदा हुने । सन्तानको लागि खर्च हुन सक्ने, चाहेको लुगा कपडाहरु खरिद हुने अथवा परिकारजन्य विशेष खानपान हुने योग छ, कर्मचारी वर्ग अथवा आफूमूनि काम गर्नेहरुबाट सहयोग पाइने वा लाभ मिल्ने सम्भावना छ, विद्यार्थीहरुको पढाइ तथा विद्या आर्जनमा प्रगति हुने । कसै कसैलाई आज अरु कसैको लागि समय खर्चिर्नु पर्ने हुन सक्छ । मनको चन्चलता लाई नियन्त्रण गर्ने र विवादबाट भने टाढा रहनु होला । आफनो र परिवारको स्वास्थ्य स्थिती प्रति सजग रहनु होला ।

(८) वृश्चिक राशी
दिन शुभ रहनेछ । हर प्रकारले लाभ मिल्नेछ । सुख शान्ति, यापार व्यवसायमा प्रगति  प्रयास गरिरहनु भएको छ भने रोजगार, नोकरी वा व्यवसायको क्षेत्रमा परिवर्तनको समय आएको छ । । नयाँ स्थान र नयाँ पद प्राप्त हुने सम्भावना बलियो छ । नयाँ कार्यको शूरुवात हुने वा एक भन्दा बढी क्षेत्रमा हात हाल्ने अवस्था पनि आउन सक्छ, कर्म क्षेत्रमा तँपाइको खुबिको कदर हुनेछ । अडकिएको धन वा कार्य सम्बन्धि शुभ समाचार आउन सक्ने योग छ । भूमि, वाहन सुख को साथै पारिवारीक सुख प्राप्त हुने खालको दिन रहनेछ । सन्तान पक्षबाट भने अलि चिन्तत हुनु पर्ला । विद्यार्थिहरुको लागि समय राम्रो छ । परिक्षा प्रतियोगितामा गरिएको प्रयास सफल हुनेछ । पारिवारिक झमेला र विवादबाट टाढै रहनु भएमा दिन सुखमय रहनेछ ।

(९) धनु राशी
भाग्यमा अवरोध आएको महसुस हुनेछ । पारिवारिक कलह र अशान्तीले पारिवारिक सुखमा कमी ल्याउने । पत्नि तथा सन्तानहरुसँग मतभेद हुन जान्छ, सामाजिक क्षेत्रमा अपमान हुन सक्ने, मान प्रतिष्ठामा धक्का लाग्ने । धर्म कर्मबाट मन हटने । स्थाइ सम्पत्ति सम्बन्धि विवाद हुन सक्ने वा बिना कारण झगडा हुने, सरकारी झमेला वा नसोचेको दोष लाग्ने सम्भावना छ । स्वास्थयको विषेश ख्याल राख्नु होला । रोग व्याधिले सताउने योग छ । मित्रहरु, नजिकका मान्छे वा आफन्तहरुसँग मनमुटाव हुन सक्ने भएकोले विवाद नगर्नु होला । अचल सम्पत्ति बाहन आदि लिने योग छ तर आज टार्दा राम्रो । विदेश यात्रा, विदेश अध्ययन अथवा उच्च शिक्षा सम्बन्धि कार्यको लागि भने आजको दिन शुभ छ । छोटो दुरीको यात्रा को योग पनि आएको छ । ठुलो लगानीको लागि आज दिन राम्रो छैन । पार्टनरशीप तथा व्यवसायमा समस्या आउन सक्नेछ ।

१०) मकर राशी
दिन मिश्रीत खालको रहने छ । यदि अशुभ चन्द्रको दशा चलेको छ भने मनमा केही कुराको डरले सताउने छ । स्वास्थ्यमा प्रतिकुलता आउने, कष्ट हुने, चिन्ता पर्ने , धनको अपव्यय हुने, अरुसँग विवाद र झगडा आदि हुने योग छ ।  धन माल बिग्रने , चोरी हुने वा हराउने सम्भावना भएकोले सावधान रहनुहोला । पारिवारीक मmमेला बढन सक्ने, दुर्घटना वा चोट लाग्ने सम्भावना रहेकोले सावधानी अपनाउनुहोला । लगानीको लागि आज समय राम्रो छैन । जागीर वा व्यवसायमा बाधा कष्ट आउन सक्ने सम्भावना छ। तर यदि चिनामा शुभ सूर्यको र बुधको दशा चलेको छ भने आरोग्यता प्राप्ति, सुख, शान्ति, लाभ, मान प्रतिष्ठा तथा पदोन्नति मिल्ने योग छ । व्यापार उद्योगमा प्रगति, पारिवारिक  तथा मित्रसुख प्राप्त हुने, प्रत्येक कुराहरुको शुभ फल प्राप्त हुन्छ ।

(११) कुम्भ राशी
समय  उत्तम रहने छ  । भाइ बहिनी मित्र वा छिमेकीहरुको सहयोग प्राप्त हुने । सरकारी कामहरुमा बाधा अडचनहरु  हटने, धन लाभ, वाहन सुख, वैवाहिक सुख, शत्रु पराजित हुनेछन, मान सम्मानको प्राप्ति, आदर सत्कार र उत्तम भोजन प्राप्ती को योग छ,  वैवाहिक सुख, प्रेम सम्बन्धमा सुखद अवसर प्राप्त हुने, भोग विलास मनोरन्जन र स्त्री सहयोग प्राप्त हुने । व्यवसायीलाइ आजको दिन राम्रो रहनेछ, लगानीको लागि समय उपयुक्त छ,  पार्टनरशीप व्यवसायमा हुनेलाइ फाइदाको दिन छ ,वैदेशिक व्यवसाय, आयात निर्यात को लागि समय अनुकुल रहने छ । घरबाट टाढा जानु पर्ने अवस्था लाई पनि नकार्न सँकिदैन, । तर यदि चिनामा सूर्यको अन्तरदशा चलेको छ भने शुभ फल प्राप्तिमा कमी आउनेछ । टाउको दुख्ने, घाँटीमा अथवा आँखामा आदिमा समस्या देखिन सक्छ । शत्रुहरुले भने सक्रिय भएर कष्ट दिने योग चलेकोले खराब व्यक्तिहरुको सम्पर्क बाट टाढा रहनुहोला ।

(१२) मीन राशी

दिन मध्यम रहनेछ । धन आगमन वा धन लाभ को सम्भावना छ, आँटेको काम पुग्ने, दीर्घरोगहरुबाट आरोग्यता प्राप्ति, रोगनाश, शत्रु माथि विजय, आर्थिक पक्ष बलियो हुने, ऋण लाभ हुने,। मुद्दा मामिला लगायत परिक्षा प्रतियोगीतामा विजय प्राप्ति, व्यापार व्यवसायमा लाभ, लगानीको लागि दिन राम्रो भएकोले निवेश गर्दा हुन्छ । सन्तान पक्षको विशेष ख्याल गर्नुहोला । बाहिरी महिलाहरुसँगको सम्पर्कबाट टाढै बस्दा राम्रो । कार्यस्थलमा सतर्कता अपनाउनु भएमा, क्रोध माथि नियन्त्रण गर्नु भएमा दिन शुभ रहनेछ ।  अशुभ सूर्यको दशा चलेको छ भने कसै कसै लाई शारिरिक थकान, दुखद प्रवास, स्थान परिवर्तन, पेट, आँखा, रक्त सम्बन्धि समस्या आउन सक्ने, नजिककासँग वाद विवाद हुन सक्ने अथवा अपमान हुने सम्मको अवस्था आउन सक्छ । कसै कसैलाई भने अनादर, अपमान वा पराजयको भागी बन्नु पर्ने अवस्था आउँन सक्छ ।
हस द दर्शक वृन्द, भोलिको राशीफल सम्मको लागि म दिव्य सिटौला विदा चाहान्छु । यहाँहरुको दिन शुभ रहोस, नमस्कार । ओभर टू गुड मर्निगं स्टूडियो,

२०७८ साल वैशाख १०
ओम् हिमकुन्द मृणालाभम् दैत्यानाम् परमम् गुरुम् ।।
सर्वशास्त्र प्रवक्तारम् भार्गवम् प्रणमाम्यहम् ।।

नमस्कार आदरणीय दर्शकवृन्दं

गुड मर्निगं नेपालको ग्रहहरु बोल्दछन कार्यक्रममा म दिव्य सिटौलाको सादर प्रणाम् ।

आज मिति २०७८ साल बैशाख १० गते शुक्रबार तदनुसार सन २०२१ अप्रिल महिनाको २३ तारिख, चैत्र शुक्लपक्ष, वसन्त रितु, उत्तरायण सुर्य, पूर्व फाल्गुनी नक्षत्र, एकादशी तिथि, वृद्धि योग, वणिज करण, आज चन्द«मा सिँह राशीमा रहने छ, आज सूर्योदय बिहान ५ बजेर ३४ मिनेटमा भयो भने सूर्यास्त बेलुकी ६ बजेर ३२ मिनेटमा हुनेछ । विशेष कार्य शुरु गर्नको लागि आजको शुभ समय दिउँसोको १२ बजेर ०२ मिनेटबाट १२ बजेर २८ मिनेटसम्म रहनेछ । आजको राहूकाल बिहानको १० बजेर २५ मिनेटबाट १२ बजेर ०२ मिनेटसम्म रहनेछ । राहुकालमा दीर्घकालसम्म असरपर्ने खालका कार्यहरु शुरु गर्नु हुँदैन ।

अब आजको राशीफलतिर
(१) मेष राशी
समय अनुकुल बनाउन विशेष प्रयास गर्नुपर्ने खालको दिन छ । मन अस्थिर हुन सक्छ । यात्रा गर्दा सावधान रहनुहोला । गरेका कार्यहरुमा ग्रहले आज अलि बढी मेहनत खोजिरहेको छ । मित्र तथा बन्धु सुखमा कमी आउन सक्छ, आज विवाद तिर नजानुमै उत्तम हुन्छ, स्वास्थ्यको ख्याल गर्नु होला, गृहिणी तथा महिला वर्गलाइ भने आज अलि कष्ट पर्न सक्छ, विद्यार्थीहरुले भने बिशेष मेहनत गर्नुपर्ने दिन छ । व्यापार व्यवसायमा धैर्य गर्नुहोला, लगानीको लागि दिन आज सही छैन । पर्ख र हेर को स्थिती छ , कसै कसैलाई घरदेखि टाढा जानुपर्ने अवस्था पनि आउन सक्छ,

(२) वृष राशी
मन निराश हुन सक्छ । रिस उठिरहने, कार्यहरुमा अवरोध आउने, शत्रु भय, रोग भय, रक्तविकार, आगो वा धातुबाट घाउ चोटपटक लाग्न सक्ने सम्भावना छ । विवादबाट टाढा रहने प्रयास गर्नुपर्ने दिन छ, आज आत्मविश्वासलाइ कायम् राख्दै निरर्थक चिन्ता र बेचैनीबाट जोगिनुपर्नेछ, शारिरिक अस्वस्थता महसूस हुन सक्छ, छातीकोे विशेष ध्यान दिनुहोला , स्त्रि वर्गबाट कष्ट पर्न सक्छ, व्यवसायीक कार्यलाइ दिन ठीक नभएकोले आज लगानी नगर्नुहोला तर यदि  गोचरमा शुभ सूर्यको दशा चलिरहेको छ भने आकस्मिक लाभ, कार्य सफलता प्राप्त हुनेछ । अवस्था अध्ययनको लागि चिना देखाउनु होला।

(३) मिथुन राशी

आनन्द र सुखको अनुभूति हुने खालको दिन छ । रोकिएका कार्यहरु बन्ने, वस्त्र लाभ, धनलाभ,उपहार आदि पाइने अथवा उत्तम खानपानले मन आज प्रफुल्लित हुन सक्नेछ । कार्यमा थोरै विलम्ब जस्तो भएपनि अन्त्यमा सफलता पाइने छ, आदर सत्कार वा मान सम्मान पाइने योग छ, शारिरिक आरोग्यता प्राप्ति हुने, शेयर वा अन्य व्यावसायिक क्षेत्रमा लगानीलाइ दिन राम्रो छ । विद्यार्थीहरुको लागि दिन सफलतामुलक रहनेछ, मंगलको दशा चलिरहेको छ भने चाँही ज्योतिषीलाइ चिना देखाएमा राम्रो।

(४) कर्कट राशी
सावधान हुनु पर्ने दिन छ  । मित्रहरु अथवा आफन्तहरुसँग मतभिन्नता हुने, झर्को लाग्ने अथवा अपयश वा झुठो आरोपको डरले सताउन सक्छ, धनको दुरुपयोग हुन सक्ने भएकोले लगानीलाइ आज दिन राम्रो छैन , व्यर्थको श्रम, अनावश्यक खर्च, अचानक धनहानी, कार्यमा बाधा, सोचेको काम नबन्ने वा झंझट बेहोर्नु पर्ने भएकोले सचेत रहनुहोला । शारिरिक स्वास्थ्यको ख्याल गर्नुहोला, खानपान नमिलेर स्वास्थ्यमा गडबडी आउन सक्छ । दाम्पन्यजीवन र प्रेम सम्बन्धको लागि विशेष प्रयास गर्नुपर्ने दिन छ । कसैकसैलाई घरबाहिरको बसाइ पनि हुन सक्छ, ठूला बडा अथवा आफूले मान्नु पर्ने व्यक्तिहरुको सम्पर्क जानु भएमा वा धार्मिक कार्यमा संलग्न हुनु भएमा दिन सहज रहनेछ ।

(५) सिंह राशी
निडर भइ आत्मविश्वासले सोचे जस्तै काम गर्न सफल हुनु हुनेछ । अधुरा कामहरु पूरा हुने योग छ ।  सुख साधन तथा वस्त्र लाभ, आर्थिक लाभ तथा  अन्य लाभकारी घटनाहरु हुन सक्नेछन । मित्र सुख, स्त्रि सुख, दाम्पत्य सुख, मिठो खानपान र रमाइलोसँग समय बित्ने योग छ । अरुले तँपाइको प्रशंसा गर्नेछन । शत्रुमाथि विजय, सन्तानपक्षबाट सुख । रोग र ऋणबाट राहतप्राप्तहुने । मान प्रतिष्ठामा बृद्धि हुने योग छ, कसै कसैलाई पदोन्नति, पदस्थापन वा स्थानन्तरण पनि हुने सम्भावना छ ।  विद्यार्थीवर्गलाई समय राम्रो छ। व्यापार व्यवसाय र लगानीको लागि पनि आज दिन अनुकुल छ ।

(६) कन्या राशी
सचेत हुनुपर्ने दिन छ । शारिरिक कष्ट र मानसिक अस्वस्थताले गाँज्ने छ, सुखसाधन हुँदा हुँदै पनि भोग गर्न नपाउने अवस्था आउन सक्छ, खर्चमाथि नियन्त्रण गुम्न सक्छ, हानी नोक्सानी को सम्भावना भएकोले काम गर्दा अलि होश पुरयाउनु पर्ने दिन छ । पारिवारिक तथा वैवाहिक जीवनमा वैमनस्यता, सन्तान अथवा पत्निलाई कष्ट पर्ने । साझेदारी कार्य अथवा कानूनी कार्यहरुमा लफडा चलिरहेको छ भने ठूलै कष्ट पाइने सम्भावना छ । ठूला बडा वा दुष्ट खराब मान्छेहरुबाट तनाव झेल्नु पर्ने सम्मको अवस्था नआउला भन्न सकिन्न । विवाद र घमन्डबाट भने  आज बच्नु पर्नेछ ।

(७) तुला राशी

दिन अनुकुल रहनेछ  । मित्र, भाइ बहिनीबाट सहयोग पाइने, गरेका कार्यहरु सफल हुने,  पद, सम्मानको प्राप्ति, शत्रुहरु पराजित हुनेछन, प्रेम सम्बन्धमा सफलता, विद्यामा प्रगति हुने, सन्तान पक्षबाट खुशी पाइने । स्वास्थ्यको हकमा धपेडिले असर गर्न सक्नेछ, थकाइ लाग्न सक्ने, पेट, आँखा छाती, अपच, रक्तविकार, ज्वरो र फुडपोइजन सम्बन्धि विशेष ध्यान दिनु होला ।  आज क्रोधलाई नियन्त्रणमा राखेर विवादहरुबाट टाढा रहनु भएमा दिन उत्तम रहनेछ ।

(८) वृश्चिक राशी
पारिवारिक सुख, चिताएको पुग्ने, आरोग्यता प्राप्ति, रोकिएका कामहरुमा प्रगति हुने, भोग विलासमा रुचि जाने, पद प्रतिष्ठा, आदर, सत्कार मिल्ने खालको दिन छ, गरेका कार्यहरु सफल हुनेछ, शत्रुहरु हार खानेछन्, रोजगार, नोकरी वा व्यवसायको क्षेत्रमा परिवर्तन चाहनु भएको छ भने समय उत्तम छ । विद्यार्थिहरुको लागि समय राम्रो रहनेछ । सन्तान पक्षको ध्यान दिने र विवादबाट टाढै रहनु भएमा दिन सुखमय बित्नेछ ।

(९) धनु राशी
सावधान हुनुपर्ने खालको दिन छ, दुख गरेअनुसार फल पाउन गाह्रो होला, मुद्दा मामिला सरकारी काम कारवाहीहरुबाट अलि सचेत रहनु पर्ने दिन छ । शरिर अस्वस्थ रहन सक्छ , शत्रुहरुले रिस गर्न सक्छन् । व्यर्थको विवादबाट टाढा रहनु होला, व्यवसाय र लगानीको लागि दिन राम्रो छैन, योग ध्यान र अध्यात्मको साथै अध्ययन लेखन तिर समय बिताउनु भएमा दिन सहज हुनेछ ।

(१०) मकर राशी
धैर्य राख्नुपर्ने दिन छ । आर्थिक परेशानी, शारिरिक पिडा, शत्रु बाधा, जरिवाना दन्ड जस्ता सरकारी कुराहरुको कोप भाजन मा परिन सक्छ, धनको अधिक खर्च भइदिने अथवा दुरुपयोग हुन सक्छ, ज्वरो, पाइल्स, अपच, ब्लड प्रेशर जस्ता बिमारी बल्झिन सक्छन् । निरर्थक भय, अपमान प्रतिकुल घटनाहरु हुने सम्भावना छ । सन्तान सम्बन्धि विषयले चिन्ता थप्न सक्छ । महिला तथा गृहीणीहरुलाइ अलि कष्ट हुन सक्छ । लगानीको लागि आज समय राम्रो छैन ।

(११) कुम्भ राशी
समय राम्रो छ  । लाभकारक एवम् सुखदायी भ्रमणको सम्भावना छ, आरोग्य प्राप्ति, आर्थिक फाइदा, रमाइलो जमघटको साथै भोग विलास मनोरन्जनमा समय बित्न सक्नेछ,  भूमि सुख, वाहन सुख, उत्तम संशाधन सुखको प्राप्ति, दाम्पत्य सुख राम्रो रहनेछ,। प्रेम सम्बन्धमा सुखदअवसर प्राप्तहुने, र स्त्री सुखमा रुचि बढने, व्यवसायी वर्गले  थप लगानी गर्नुपर्ने अवस्था आउन सक्छ, वैदेशिक व्यवसाय, आयातनिर्यात को लागि समय अनुकुल रहने छ । सन्तानपक्षको भने विशेष ख्याल राख्नु होला, 

(१२) मीन राशी
दिन राम्रो रहनेछ, आर्थिक लाभ, गरेको कार्यहरुबाट लाभ पाइने, शत्रुले हानी गर्न सक्ने छैनन, ऋण लाभ हुने, आँटेको कामपुग्ने, माथिल्लाहरुबाट लाभ पाइने योग चलेको छ, विद्यार्थीहरुको परिक्षा प्रतियोगीतामा विजय प्राप्ति हुने । मुद्दा मामिलालगायतअन्य कुराहरुमा सकारात्मक समाचार आउने, । व्यापारीक तथा व्यवसायीक वर्गलाइ लाभको दिन छ, लगानीलाई पनि दिन उत्तम रहनेछ, विपरित लिंगहरुप्रति आकर्षण बढन सक्छ, स्वास्थ्य सम्बन्धि विशेष सावधान हुनु पर्ने योग छ । नजिककासँग वाद विवाद वा अपमान हुने सम्भावना रहेकोले सावधान हुनु होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *