ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

रुसि खोप स्पुतनिक भीले पायो नेपालमा आपतकालीन प्रयोगको अनुमति

काठमाडौं ,वैशाख ७ । रुसले निर्माण गरेको स्पुतनिक भी खोपले पनि नेपालमा आपतकालीन प्रयोगको अनुमति पाएको छ । औषधि व्यवस्था विभागले रुसी खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको सूचनामार्फत जानकारी गराएको छ ।

पछिल्लो समय कोरोना संक्रमित र मृत्युुदर बढेसँगै विश्वमा नै खोप अभाव हुन थालेको छ ।सिमित उत्पादक कम्पनि भएकोले पनि कोरोना विरुद्धको खोप विश्वलाई नै चाहिएको कारण खोप सहज उपलब्ध हुन सकेको छैन ।विश्व स्वास्थ्य संगठनले अहिले सम्म तीन वटा मात्र खोपलाइ आपतकालिन प्रयोगको लागि अनुमती दिएको छ ।अनुमति पाउनेमा फाइजर जोनसोन र कोभिसिल्ड रहेका छन्।

नेपालमा यसअघि भारतको कोभिशिल्ड र चीनको भेरोसेल खोपले आपतकालीन प्रयोगको अनमुति पाइसकेका छन् । दुवै खोप नेपालमा प्रयोग भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *