ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

एनएसलमा निभियाको बल खेलाइने

काठमाडौं, बैशाख ७ । आगामी शनिबारबाट आयोजना हुन लागेको नेपाल सुपर लिग (एनएसएल)ले बल पार्टनरको रुपमा निभियालाई जोडेको छ । राजधानीमा भएको एक कार्यक्रममा एनएसएलका अध्यक्ष आश्रेता कार्की चौधरी र निभियाका नेपाल प्रतिनिधि किशोर थपारबीच सम्झौता पत्रमा हस्ताक्षर भयो ।

सम्झौतसँगै अब एनएसलमा निभियाको बल खेल्न प्रयोग हुने भएको छ । निभियाले सहभागि टोलीले अभ्यासका लागि यस अघि नै बल उपलब्ध गराईसकेको छ । सम्झौता कार्यक्रमपछि बोल्दै एनएसएलका प्रमुख कार्यत्रकारी अधिकृत (सिईओ) सुदिप शर्माले प्रतियोगितामा जोडिएसँगै निभिया नेपाली फुटबलमा फर्किएको प्रतिक्रिया दिए । ‘निभियासँग जोडिन पाउँदा खुसी लागेको छ ।

यो बल नेपाल बाहेक भारत लगाएतका अन्य दक्षिण एसियाली राष्ट्रमा प्रयोग भएको छ, एनएसएलका सिईओ शर्माले भने, निभिया नेपाली फुटबलमा पुनः फर्किएको छ ।’ यस्तै निभियाका प्रतिनिधि किशोर थपारले अफिसियल बल पार्टनर रुपमा नेपालको पहिलो फ्रेन्चाइज लिगमा जोडिन पाउँदा खुसी लागेको प्रतिक्रिया दिए ।

नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गरेको पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिग बैशाख ११ देखी जेठ १० गते सम्म चल्नेछ । प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं रेजर्स फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुने तालिका रहेको छ ।

लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन । अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने लिग राउण्ड रोबिनको आधारमा हुनेछ ।

लिगमा कुल २५ खेल हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *