ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देशभर १७३६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं,वैशाख ७ । देशभरका विभिन्न प्रयोगशालाहमा गरीएको पिसिआर र एन्टिजेन ८ हजार ७ सय ३८ वटा नमुना परीक्षणमा देशभर १ हजार ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म देशभर कोरोना संक्रमण पुष्टि हुने संख्या २ लाख ८७ हजार ५ सय ६७ रहेको छ ।
देशभर कोरोनाका कारण ११ जनाले ज्यान गुमाएका छन् । हालसम्म ज्यान गुमाउने संख्या ३ हजार १ सय २ जना रहेका छन् । गत चौबिस घण्टामा कोरोनाबाट २ सय ५१ जना निको भएका छन् । हालसम्म निको हुने संख्या २ लाख ७५ हजार ८ सय ६ जना रहेका छन् ।

देशभर क्वारेन्टिनमा ८२ जना र संक्रिय संक्रमित संख्या ८ हजार ६ सय ५९ जना रहेका छन्। देशभर आसियुमा उपचारत १ सय ६० जना र भेन्टिलेटरमा ४५ जना रहका छन् । कोरोना संक्रमितको संख्या बढेसँगै काठमाडौं जील्ला प्रशासनले भिडभाड हुने स्थानहरुमा रोक लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *