ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

स्वास्थ्य प्रोटोकल कडाईका साथ पालना गर्न केन्द्रिय बैंकको निर्देशन

featured

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई ९ वटा बुँदे स्वास्थ्य प्रोटोकल कडाइका साथ लागु गर्न निर्देशन जारी गरेको छ । कोभिडको दोस्रो लहर बढ्दै गएकाले विश्व स्वास्थ्य संगठनको मापदण्डको पालना गर्दै सेवा प्रवाह गर्न केन्द्रिय बैंकले अनुरोध गरेको छ ।

बैंकमा ग्राहकको भौतिक उपस्थिति कम गराउन डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने केन्द्रिय बैंकले निर्देशन दिएको छ । एटीएम बुथबाट फैलिन संक्रमण सक्ने भन्दै केन्द्रिय बैंकले बुथमा सेनिटाइजर र टिस्युपेपर अनिवार्यरुपमा राख्न बैंक तथा वित्तीय संस्था आग्रह गरेको छ । त्यस्तै बैंक तथा वित्तीय संस्थाले आयोजना गर्ने गोष्टि समिनार मार्फत संक्रमण फैलिन सक्ने भएकाले भर्च्युल माध्यमको प्रयोग गर्न निर्देशनमा उल्लेख छ ।

बैंकका कर्मचारीहरुमा कोभिड संक्रमण भएको शंका लागेमा अविलम्ब परीक्षण गर्ने व्यवस्था गरी संक्रमण देखिएका कर्मचारीलाई आइसोलेसन र कन्ट्रयाक ट्रेसिङमा परेका कर्मचारीलाई क्वारेन्टिनको ब्यवस्था गर्न समेत केन्द्रिय बैंकले बैंकहरुलाई भनेको छ । यसका साथै कोभिड सुरक्षा ब्यवस्थापन समूह गठन गर्न , महामारीलाई मध्यनजर गरी अत्यावश्कीय कार्यलाई निरन्तरता दिन विस्तृत कार्ययोजना सहितको ‘कन्टेनजेन्सी प्लान’ समयानुकुल आवधिक गर्न र कोभिडको सुरक्षा सतर्कता सहित यसअघी गरिएका निर्देशनलाई पालना गर्न समेत निर्देशनमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *