ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आज वैशाख ७ गते मंगलबार तपाईको राशिफल

आज मिति २०७८ साल बैशाख ७ गते मंगलबार तदनुसार सन २०२१ अप्रिल महिनाको २० तारिख, चैत्र शुक्लपक्ष, वसन्त रितु, उत्तरायण सुर्य, पुष्य नक्षत्र, अष्टमी तिथि, धृति योग, भद्रा करण, आज चन्द«मा कर्कट राशीमा रहेको छ, आज सूर्योदय बिहान ५ बजेर ३७ मिनेटमा भयो भने सूर्यास्त बेलुकी ६ बजेर ३१ मिनेटमा हुनेछ । विशेष कार्य गर्नको लागि आजको शुभ समय बिहानको ११ बजेर ३७ मिनेटबाट १२ बजेर २९ मिनेटसम्म रहनेछ । आजको राहूकाल दिउँसोको ३ बजेर १६ मिनेटबाट ४ बजेर ५३ मिनेटसम्म रहनेछ ।

मेष राशी

दिन अनुकुल रहने छैन । रोग र चिन्ताबाट टाढा रहनुपर्नेछ, कार्यमा बाधा आउने भएकोले कार्यस्थलमा सावधान रहनु पर्नेछ, सरकारी काम वा प्रशासनिक कार्यमा झमेला आउन सक्ने, धनको खती हुने, मान सम्मान र उपलब्धिमा कमी  आउन सक्ने सम्भावना भएकोले सचेत रहनु पर्नेछ, आज आफन्तसँग विवाद नगर्नु होला । चिनामा सूर्य अशुभ छ भने पेट तथा गुप्तागंमा पीडा दिने, परिवार र दाम्पत्य सुखमा कमी ल्याउने, खानपानमा अरुची गराउने वा समय नमिल्ने गराउन सक्छ,  कसै कसैलाई कठोर वचन र अपशब्द सुन्नु पर्ने अवस्था पनि आउन सक्छ । कुरा काटने वा कुरा लाउने बानीले सम्बन्धहरु बिग्रीन सक्छन् सचेत रहनु होला । वादविवादहरु हुने र कसैबाट धोखा मिल्ने सम्भावना भएकोले आज र भोलि सावधान रहनु होला ।

वृष राशी

दिन राम्रो रहने छ । ग्रहले सहयोग गर्नेछन । आरोग्यता प्राप्ति, वस्त्रलाभ, मान सम्मान मा वृद्धि हुनेछ । दाम्पत्य जीवनमा सुख, मित्र सुख, शत्रु परास्त हुनेछन् । बौद्धिक विकास हुनेछ,। मनमा नयाँ साहसिक विचार आउन सक्छ । कार्यमा सफलता प्राप्त हुने, मन प्रसन्न हुने, छोटा दुरीको यात्राको अवसर प्राप्त । धन लाभको पनि सम्भावना छ प्रयास गर्नुहोला । प्रेमीहरुको लागि दिन रोमान्टिक छ । उच्च शिक्षाको लागि राम्रो समय । यात्राको सम्भावना प्रबल छ । प्राविधिक क्षेत्र तथा लेखन कार्य मा संलग्नहुनेहरु लाइ दिन राम्रो रहनेछ । तर कसै कसै लाई खर्च बढी भइ आर्थिक हानी हुने, शत्रुहरु बढने, पराजयको सामना गर्नुपर्ने, मान सम्मानमा कमी हुनुको साथै अपमान हुनुपर्ने सम्मको अवस्था पनि आउन सक्छ ।

मिथुन राशी

मानसिक असन्तोष दिने खालको दिन रहन सक्छ । गरेको काममा बाधा आउने, सन्तान पक्षबाट समस्या आउने वा उनीहरुलाई अप्ठयारो पर्न सक्छ  । गलत काममा वा गुप्त कुरामा मन जाने, कुटुम्ब अथवा नजिककासँग वैमनस्यता बढन सक्ने, विद्यार्थीहरुले भने पढाइमा अलि मेहनतै गर्नुपर्ने खालको दिन छ । खानपानमा विशेष सतर्कता अपनाउँदै आफनो दाँत, आँखा, अनुहारको समस्याबाट जोगिनु पर्ने खालको समय छ , कसै कसैलाई उच्चाधिकारीहरुबाट वा राज्य पक्षबाट समस्या आउन सक्ने सम्भावना छ । तर यदि चिना बुधको दशा चलिरहेको छ भने व्यापार व्यवसायमा प्रगति, पारिवारिक तथा मित्रहरुबाट सुख र सहयोग पाइनेछ । पत्नी तथा पुत्रहरुबाट पनि सुख प्राप्त हुनेछ । आकस्मिक लाभ तथा बाहिरकाहरुले सहयोग गर्नेछन् ।

कर्कट राशी

दिन शुभ फलदायक छ । लाभ प्राप्त हुने, वैवाहिक एवम् पारिवारिक सुख प्राप्त हुने, रोकिएका अडकिएका कामहरु पूरा हुने वा अगाडि बढन थाल्दछन् , उत्तम वा मिष्ठान भोजनको प्राप्ति, स्वास्थ्य राम्रो हुने । धन तथा उपहार आदि प्राप्ति , आदर सत्कार र यश पाइने । शैयया सुख, वैवाहिक सुख । प्र्रेम सम्बन्धको लागि दिन राम्रो रहनेछ । वस्त्र लाभ अथवा कतैबाट उपहार आदि प्राप्त हुने सम्भावना छ , व्यापारिक वर्गलाई समय राम्रो छ, व्यावसायीक साझेदारी वा अन्य किसिमको पार्टनरशीपको लागि राम्रो दिन छ । लगानीको लागि पनि समय शुभ छ ,

सिंह राशी

समय त्यति अनुकुल छैन । हानी नोक्सानी, दुर्घटना हुनसक्ने भएकोले विशेष सावधानी राख्नुपर्ने बेला छ, पराक्रममा कमी, खर्चमा वृद्धि । मानसिक तथा शारिरिक पीडा र कष्टको साथै शोक पर्न सक्ने भएकोले सावधान रहनु होला । धनको अभाव महसूस भइ आर्थिक संकट आइपर्ने, आउनु पर्ने पैसा समयमै नआइदिने , हरेक कार्यमा विलम्ब हुने तथा विध्न बाधाहरु तेर्सिने सम्भावना छ । कसै कसैलाई संक्रामक रोगहरुले सताउने र निद्राको समस्या हुन सक्छ । विद्यार्थीहरुको लागि समय राम्रो छैन, आलस्यलाइ त्याग्नु भएमा दिन उत्तम रहनेछ,

कन्या राशी

दिन सुखमय हुनेछ । शुभ समाचारहरु आउन सक्छन । शरिरको जोश जाँगरमा वृद्धि , धन लाभ हुने, उत्तम भोजन प्राप्ति, बन्धुसुख, स्त्रि सुख, मित्र सुख वा मित्र बाट फाइदा हुने । आरोग्य प्राप्ति, व्यापार उद्योगमा प्रगति, सुख शान्ति, यश सम्मान लगायतका शुभ फल प्राप्त हुने सम्भावना बलियो छ । भोग विलास र रमाइलोमा समय बित्न सक्नेछ, आय वृद्धि वा आय स्रोतको नयाँ बाटो फेला पर्न सक्छ, पुराना अडकिएका कार्यहरुले गति लिनेछ । अथवा गरेका कार्यको उपलब्धि प्राप्त हुने समय पनि हो । व्यापारी वर्गलाई राम्रो छ, लगानीलाइ दिन शुभ छ ।

तुला राशी

दिन शुभ रहनेछ । कार्य सिद्धि हुने, धन लाभ, रोजगारमा सोचेको आँटेको पुग्ने, नोकरी वा व्यवसायको क्षेत्रमा परिवर्तन खोजिरहनु भएको छ भने दिन राम्रो छ । कर्म क्षेत्रमा मानसम्मान, किर्ति यश प्राप्त हुने योग छ । ईच्छित फल पाउने अथवा शुभ समाचार आउन सक्नेछन । स्थानीय राज्य  प्रशासन आदिको सहयोग पाइने,  भूमि, वाहन सुख को साथै पारिवारीक सुख प्राप्त हुने समय छ । विद्यार्थीहरुको लागि भने अलि मेहनत गर्नु पर्ने खालको दिन छ, लगानीलाई दिन ठीक छ ।  तर यदि चिनामा बुध ग्रहको दशा चलिरहेको छ भने चाँही १७ गते सम्म सावधान रहनु पर्नेछ, अशुभ घटनाहरु घटने , कुटुम्ब बन्धु बान्धवहरुसँग कलह अशान्ति हुने, शारिरिक अस्वस्थता हुने सम्भावना देखिएको छ ।

वृश्चिक राशी

समय अनूकूल छैन । व्यवसाय हानी, प्रतिष्ठा हानी, बिना कारण झगडा हुने, नसोचेको आरोप लाग्ने वा तनाव बेहोर्नु पर्ने सम्भावना छ । स्वास्थयको विषेश ख्याल राख्नु होला । रोग व्याधिले सताउने, झाडा पखाला, श्वास प्रश्वास, निमोनिया, घाँटीमा समस्या, स्वर भासिने, थाइरायड तथा हर्मोनल गडबडी, कान, छाती, कुम, घुँडा तथा पेटसम्बन्धि समस्या देखिने वा बल्झिने योग छ । सन्तान सम्बन्धि चिन्ता लिनुपर्ने, अथवा मतभेद हुन सक्ने, कसै कसैलाई छोटो दुरीको यात्रा अथवा निरर्थक भ्रमण पनि हुने योग छ । तर यदि चिनामा शुभ बुध ग्रहको दशा चलेको छ भने हर प्रकारले लाभ मिल्नेछ । सुख शान्ति, यापार व्यवसायमा प्रगति । नयाँ स्थान र नयाँ पद प्राप्त हुने सम्भावना बलियो छ ।

धनु राशी

धैर्य गर्नुपर्ने समय छ । संचित धनमा नोक्सानी, भयले सताउने, अपच, श्वास प्रश्वास, रुघाखोकी, संक्रामक रोगबाट जोगिनु होला, पुराना बिरामी हुनुहुन्छ भने छातीको विशेष ख्याल गर्नुहोला । झगडा विवाद मानसिक चिन्ताबाट टाढा रहने प्रयास गर्नुपर्नेछ, टाइममै खानपान नहुने अथवा खानपानको कारणले पनि समस्या उत्पन्न हुन सक्छ,  आर्थिक नोक्सानी पारिवारिक कलह र अशान्तीले आक्रान्त पार्नेछ । पत्नि तथा सन्तानहरुसँग मतभेद हुन जाने सम्भावना छ  । अचानक दुर्घटना वा चोट लाग्न सक्ने भएकोले सावधानी अपनाउनुहोला,

मकर राशी

समय राम्रो रहनेछ । प्रत्येक कुराहरुको शुभ फल प्राप्त हुने सम्भावना आएको छ  । धन लाभ, वैवाहिक सुख, उत्तम भोजन, विरोधिहरु पराजित हुनेछन  प्रेम सम्बन्धमा सुखद अवसर प्राप्त हुने, दाम्पत्य सुख पाइने, मनोरन्जनमा समय बित्नेछ । व्यापार र व्यवसायमा लाभ, व्यवसायमा रोकिएको कार्यहरु बन्ने छन् । टाढाको मान्छेसँग भेट वा कुरा हुन सक्ने , पारिवारिक  तथा मित्रसुख प्राप्त हुने योग बनेको छ।

कुम्भ राशी                                                                                                                   

आनन्द प्राप्त हुने खालको दिन छ । धन सम्बन्धि सुखद स्थिती हुने, परिवारिक सुख,  शयन सुख, स्वास्थ्य राम्रो रहने, आदर सत्कार सम्मान पाइने, शत्रुहरुले भने सक्रिय भएर कष्ट दिन त खोज्छन तर अन्ततः उनीहरु निस्तेज हुनेछन् , भाइ बहिनी मित्र वा छिमेकीहरुको सहयोग प्राप्त हुन्छ । सरकारी कामहरुमा बाधा अडचनहरु  हटनेछन । मुद्दा मामिला  लगायत विवादित कुराहरुमा आफू अनुकुल हुने खालको दिन छ । विद्यार्थीहरुको लागि समय राम्रो छ । व्यापार व्यवसायमा बाहिरको व्यक्तिको साथ वा सहयोग प्राप्त हुने सम्भावना छ । महिलाहरुसँग भेटघाट, सम्पर्क तथा छलफल बढने योग छ , लगानीको लागि दिन राम्रो छ । सन्तान पक्षको विषयमा भने विशेष ख्याल गर्नुहोला ।

मीन राशी

सचेत हुनुपर्ने खालको समय छ । मन अशान्त हुने, कर्ममा गतिरोध हुने, कार्यमा विध्न बाधा व्यवधानहरु आउने योग छ । सोचेको आँटेको काम पुरा नहुन सक्छ, बिना कारण अलमलिने अवस्था आउन सक्छ । विद्यार्थीहरुले बिशेष मेहनत गर्नुपर्नेछ अन्यथा पढाइमा एकाग्रता आउँदैन । धन हानी हुने योग रहेकोले लगानी वा खर्च गर्दा ध्यान पुरयाउने । पेट सम्बन्धि रोगले सताउने योग, सन्तानको तर्फबाट चिन्ता वा सन्तानलाई कष्ट पर्ने योग देखिएको छ । यदि संयुक्त परिवारमा  बस्नुभएको छ भने आफन्तहरुलाई समस्या पर्ने अथवा उनीहरुसँग असमझदारी बढन सकछ, मित्रहरुसँग विवादबाट टाढै रहने । सामाजिक छवि खराब हुन सक्ने भएकोले सावधान रहनु होला । कसै कसैलाई धन आगमन वा धन लाभ को सम्भावना त छ तर अनादर, अपमान वा पराजयको भागी पनि बन्नु पर्ने अवस्था आउँन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *