ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रचण्ड र माधव नेपाललाई जनताले धुलो चटाउछन्- प्रधानमन्त्री ओली

काठमाडौं वैशाख ६ । नेकपा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले प्रचण्ड र माधवकुमार नेपाललाई धुलो चटाउने दावी गरेका छन् । पार्टी महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका ओलीले जनताले धुलो चटाउने दावी गरेका हुन ।

उनले भने – ‘केपी ओलीलाई घोक्र्याउँछु, धूलो चटाउँछु र भित्तामा टाँस्छौं भन्दै हिड्ने प्रचण्ड र माधव नेपाललाई अब जनताले धूलो चटाउनेछन् र भित्तामा टाँस्नेछन्,’
कर्णाली प्रदेशमा खनाल- नेपाल समुहले फ्लोर क्रस गरेकोका आक्रामक बनेका ओलीले नेपाल सहित उनीहरुलाई कारवाही गर्ने जनाएका छन् ।

‘माधव नेपालले अलोकतान्त्रिक, गैरसंसदीय, अराजक हर्कत गरेका छन् । अराजक, अस्थिर, अत्यन्त घातक, कम्युनिस्ट अन्दोलनलाई खाडलमा हाल्ने प्रवृत्तिविरुद्ध पार्टीले कडाभन्दा कडा कारबाही गर्नेछ ।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई दुई मुखे प्रवृत्ति रहेको आरोप लगाएका ओलीले एकातिर देशभक्तिको कुरा गर्ने र अर्कातिर राष्ट्रघाती काम गर्ने प्रवृत्ति रहेको भन्दै माधव नेपाल प्रचण्डको पाउमा एमाले बुझाउन लागि परेको आरोप समेत लगाए । उनको भनाई छ- ‘एकातिर न्याय र सुशासनको कुरा गर्ने, तर अर्कातिर आपराधिक कर्म र भ्रष्टाचार गर्ने ? ‘

Leave a Reply

Your email address will not be published. Required fields are marked *