ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोनाका कारण ८ जनाको मृत्यु १२८१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं,वैशाख ६ । देशभरका विभिन्न प्रयोगशालाहरुबाट पिसिआर र एन्टिजेन गरी ७ हजार ५ सय ४८ वटा नमुना परीक्षण गरेकोमा देशभर १ हजार २ सय ८१ जनामा संक्रमण पुष्टि भएको छ ।हालसम्म संक्रमण पुष्टि हुनेमा २ लाख ८५ हजार ९ सय जना रहेका छन् ।

देशभर कोरोनाका कारण ८ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संख्या ३ हजार ९१ रहेका छन् । गत चौबीस घण्टामा देशभरबाट २ सय ५५ जना निको भएका छन् । हालसम्म निको हुने संख्या २ लाख ७५ हजार ५ सय ५५ जना रहेका छन् ।

हालसम्म निको हुने प्रतिशत ९६ दशमलव ४ रहेको छ । देशभर क्वारेन्टिनमा ८१ जना र संक्रिय संक्रमित संख्या ७ हजार २ सय ५४ जना रहेका छन् । देशभर आसियुमा १ सय ४८ जना र भेनटिलेटरमा ४३ जना उपचारत रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *