ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कम्युनिस्ट अवसरवादी भएको आरोप लगाएका सभापति देउवाले भने-ओली भारतको त्वम् शरणम् भए

सेयर गर्नुहोस
  • 10
  •  
  •  
  •  
    10
    Shares

काठमाडौं वैशाख ६ । देउवाले प्रधानमन्त्री केपी शर्मा ओली भारतको त्वम् शरणम् बनेको आरोप नेपाली कांग्रेसका सभापति शेरबहादुरले लगाएका छन् ।

नेपाल विद्यार्थीसंघको स्थापना दिवसको अवसरमा आयोजिक कार्यक्रममा देउवाले भने- ‘हिजो सबभन्दा राष्ट्रवादी भन्ने ओली अहिले इन्डियाको त्वम् शरणम् भएका छन्’ उनले भने, ‘भारतविरोधी नाराबाट झुल्केका ओली, अहिले भारतको टाङमुनि छिरिसकेका छन् । कहाँ छ राष्ट्रवाद?’

कम्युनिस्टहरु राष्ट्रवादी नभएर अवसरवादी भएको बताएका देउवाले नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार बन नसक्ने बताएका देउवाले अहिले सरकारको बन्ने खालको अवस्था नरहेको समेत बताए । उनले भने -‘प्रचण्डले फिर्ता लिएको छैन, प्रचण्डले फिर्ता नलिएसम्म बहुमतको सरकार छ, बहुमतको सरकार हुँदासम्म के गर्ने’ उनले प्रश्न गरे ‘प्रचण्डले फिर्ता लिए पनि मधेसी पार्टीले उसलाई समर्थन गर्न खोजिरहेका छन् l

के के भइरहेको छ ?’ उनले अघि थपे ‘हेर्दै जाऔं परिस्थिति मैले धेरै आशा राखेको पनि छैन, सम्भावना पनि छ । राजनीति भनेको सम्भावनाको खेल पनि भन्छन्’

Leave a Reply

Your email address will not be published. Required fields are marked *