ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सिभिल बैंकका सिइओ गोबिन्द गुरुङ्गको राजीनामा स्विकृत

काठमाडौं बैशाख ६ । सिभिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्गले दिएको राजीनामा स्विकृत भएको छ । बैंकको ५ गते बसेको सञ्चालक समितिको बैंठ्कले उनको राजीनामा स्वकृति गरेको हो ।

गुरुङ्ग म्यान्मारको एक बैंकमा प्रमुख कार्यकारी अधिकृत भएर जाने निश्चित भएपश्चात सिभिल बैंकमा उनको कार्यकाल सकिन्न तिन महिना बाँकी रहदै उनले राजीनामा दिएका हुन् ।

नेपालबाट बिदेशी बैंकको प्रमुख कार्यकारी अधिकृत बन्ने गुरुङ्ग पहिलो ब्यक्ती हुन । उनी सिभिल बैंकको कार्यकारी अधिकृत हुनुभन्दा अगाडी हिमालयन बैंक , ग्लोबल बैंक र मेगा बैंकमा रही काम गरेको अनुभव रहेको थियोl

उनको राजीनामा बैशाख १८ गतेबाट कार्यान्वयनमा आउने भएकाले उनको स्थानमा डेपुटी प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेललाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *