ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेप्सेमा ३७.५८ अंकले गिरावट

काठमाडौं, वैशाख ६ । साताको दोस्रो दिन पनि सेयर बजार परिसूचक नेप्सेमा ३७.५८ अंकको गिरावटसँगै  २६६१.९३ अंकको बिन्दुमा कारोबार बन्द भएको ५ । २१३ कम्पनीको १ करोड ४१ लाख ९० हजार ८६० कित्ता सेयर किनबेच भएको नेप्सेमा ६ अर्ब ७५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै ‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकमा समेत ७.०६ अंकको गिरावटसँगै ४७९.१ अंकको बिन्दुमा कारोबार बन्द भएको छ ।

समूहगत परिसुचक तर्फ जलविद्युत समूहका कम्पनीको ३.१८ अंक र वित्त कम्पनीहरुको ६.१७ अंक बाहेक अधिकांस कम्पनीको सेयर कारोबार घटेको छ । सबैभन्दा धेरै नीर्जीवन बीमा समूहका कम्पनीहरुको कारोबार २३९.१३ अंकले घटेको छ । त्यस्तै जीवन बीमा समूहको सुचाङ्कमा १२९.७७ अंकको गिरावट आएको छ ।

आज ज्योति बिकास बैंकका लगानीकर्ताले .९८ र महिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.९४ अंकले कमाएका छन् ।

चन्द्रागिरी हिल्सको तेस्रो क्वाटरको प्रतिवेदनमा पनि घाटाको बिबरण सार्वजनिक भएपश्चात यसका लागानीकर्ताले सबैभन्दा धेरै ९.८ प्रतिशतले गुमाएका छन् ।

 २८ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको नागरिक लगानीकोषको सेयर कारोबार रकमका आधारमा अग्रस्थानमा रह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *