ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

त्रिदेशिय क्रिकेटमा नेपाल सामु १सय १० रनको लक्ष मलेशियाद्वारा प्रस्तुत

काठमाडौं वैशाख ६ । त्रिदेशिय टि-20 क्रिकेट जारी खेलमा नेपालले १ सय १० रनको सामान्य लक्ष पाएको छ ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा मलेशियाले पहिला ब्याटिङ गर्दैं १ सय ९ रन बनाएको छ । मलेसिया १६.५ ओभर खेल्दै अलआउट भयो ।

मलेसियाले दोस्रो ओभरको चौथो बलमा पहिलो विकेट गुमाएको थियो । करन केसीको बलमा  विनोद भण्डारीले क्याच गर्दै अन्वर अरुदिनलाई ८ रनमा पेभिलियन फर्किए । त्यसपछि कप्तान अहमद फाइज चौथो ओभरको दोस्रो बलमा टोलीको स्कोर ३४ रन हुँदा ब्यक्तिगत तीन रनमा पेविलियन फर्किए उनलाई करणकेसीले रनआउट गरे ।

 सुरुवाती खराव प्रदर्शन गरेको मलेशियाको तेस्रो विकेटको विरन्दीप सिंहको झर्यो । ११ बलमा १ चौका प्रहार गरेका सिंह  ६मात्र जोड्न सफल भए । मलेशियाले चौथो विकेटका रुपमा ओपनर  साद अजिजलाई गुमायो । २४ बलमा ४ चौका र १ छक्का हानेका उनले २७ रन जोडे ।

पाचौं विकेट शाफिक शारिफ सन्दीप लामिछानेको बलमा १५ रन जोड्दै गुमायो । त्यसपछि अमिनुद्दीन रामलीले १५ रन जोड्नु बाहेक त्यसपछिका  अन्य खेलाडीले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

नेपालका लागि करन केसीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, शाहब आलम र कुशल मल्ले एक–एक विकेट लिए ।

समान दोस्रो खेल खेलेका दुवै टिममा नेपालले नेदरलयाण्डलाई हराएको छ भने मलेशिया नेदरल्याण्डसंगै पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *