ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कर्णालीमा एमालेकै सांसदले फ्लोर क्रस गरेपछि उत्साहित माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता गर्न डाक्यो स्थायी समिति बैठक

काठमाडौं वैशाख ६ । सरकारलाई दिएको समर्थन फिर्ता गर्ने लगायत समसामयिक विषयमा छलफल गर्न नेकपा नेकपा (माओवादी केन्द्र)को स्थायी समितिको बैठक आज बस्दै छ ।

दिउँसो एक बजेलाई पार्टी केन्द्रिय कार्यल पेरिसडाँडामा वोलाईएको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सत्ता समीकरणको प्रयासबारे बैठकमा छलफल हुने केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

समसामयिक राजनीतिक विषयमा छलफल गर्न दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको हो ।

ओलीको वैकल्पिक सरकार हुने सुनिस्चित नभइ समर्थन फिर्ता नलिने बताउदैं आएको माओवादी केन्द्र कर्णालीमा खनाल- नेपाल समुहका सांसदले फ्लोर क्रस गरेपछि उत्साहीत बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *