ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आईपीएलमा दिल्लीले पञ्जाबलाई ६ विकेटले हरायो

काठमाडौं वैशाख ६ । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गर्दै दोस्रो जित निकालेको छ  ।

१ सय ९६ रनको लक्ष पक्ष्याउदैं दिल्लिले १८. २ ओभरमा ४ विकेटको नोक्सानीमा लक्ष पुरा गर्यो । जसमा शिखर धवनले उत्कृष्ट ब्याटिङ दिल्लीका लागि उत्कृष्ठ रह्यो । ओपनर धवनले ४९ बल खेल्दै १३ चौका र २ छक्का मद्दतमा दिल्लीका लागि सर्वाधिक ९२ रन बनाए । यस्तै अर्का ओपनर पृथ्वी शले ३२ रन जोड्दा डेब्यु खेलाडी स्टेभ स्मिथ ९ रन बनाएर  आउट भए । कप्तान ऋषभ पन्तले १५ रन जोड्दाँ मार्कुस स्टोइनिस अविजित २७ रन र ललित यादव १२ रनमा अविजित रहे । पञ्जाबका रिचर्डसनले २ तथा अर्शदीप सिंह र रिले मेरेडिथले समान १ विकेट लिए ।

मुम्बईस्थित वाङखडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ४ विकेट गुमाएर १सय९५ रन बनाएको थियो । पहिलो विकेटका लागि मायांक अग्रवाल र कप्तान लोकेश राहुलले १२.४ ओभरमै १ स२२ रनको साझेदारी गरेपनि पछिल्लो व्याटिङलाईन नचल्दाँ मुम्बइले हार बेहोर्नपर्यो । अग्रवालले ३६ बल खेल्दै ७ चौका र ४ छक्का हान्दै सर्वाधिक ६९ रन बनाए भने  राहुलले ६१ रन जोडे  दीपक हुडाले अविजित २२ रन बनाए भने शाहरु खानले अविजित १५ रन जोडे ।

बलिङमा दिल्लीका क्रिस वोक्स, कागिसो रबाडा, लुकमन मेरिवाला र आभेष खानले १-१ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *