ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोना विरुद्धको भेरोसेल खोप १ लाख भन्दा बढिले लगाए

सेयर गर्नुहोस
  • 7
  •  
  •  
  •  
    7
    Shares

काठमाडौं ,वैशाख ५ । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना विरुद्धको ८ लाख डोज भेरोसेल खोप हालसम्म १ लाख ११ हजार व्यक्तिले लगाइसकेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत २५ गतेदेखि संञ्चालन गरेको खोप अभियानमा हालसम्म १ लाख ११ हजारले खोप लगाइसकेको खोप महाशाखाको भनाइ छ । चैत २५ गतेदेखि २९ गतेसम्म चीनमा व्यापार गर्ने व्यापारी तथा आवतजावत गर्ने व्यक्तिहरु, चीनमा अध्ययनरत विद्यार्थीहरुलाई र अत्यावश्यक सेवामा कार्यरत कर्मचारीलाइ देशभरका २३ स्थानबाट खोप लगाइएको थियो ।

यस्तै पहिलो चरणको अभियान पछि चैत ३१ गतेदेखि काठमाडौं उपत्यका सहित ७ जिल्लाका ४० देखि ५९ वर्ष सम्मका सबै नागरिकहरुलाई खोप लगाइएको थियो । चीन सरकारले ८ लाख डोज खोप उपलब्ध गराएको र पहिलो डोज ४ लाख व्यक्तिलाई लगाउने सरकारको लक्ष्य रहेको छ । स्वास्थ्य मन्त्रालयले वैशाख ५ गतेसम्म ७ जिल्लामा चलाएको अभियानमा खोप लगाउनेको संख्या कम रहेको भन्दै केही खोप केन्द्रमा खोप अभियान जारी नै रहने छन् ।

भोलि निजामति अस्पताल, प्रसूती तथा स्त्री रोग अस्पताल र शसस्त्र प्रहरी अस्पतालमा खोप कार्यक्रम यथावत नै रहने छ।भने मंगलबारदेखि शसस्त्र प्रहरी अस्पताल र क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम निरन्तर चल्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *