ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कम्युनिष्ट आन्दोलनको शक्ति केन्द्रित हुँदैछ: नयाँ युगको शुरुआत केही दिनमै शुरु

सेयर गर्नुहोस
  • 5
  •  
  •  
  •  
    5
    Shares

बैशाख ५, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा भएको गणतन्त्रमाथि प्रहार गरि परिवर्तनलाई उल्ट्याउने शक्तिको चलखेल शुरु भएको बताएका छन् ।

नगर भेला एवं जनसभालाई आज माडीमा सम्बोधन गर्दै उनले पुस ५ गतेको प्रतिनिधिसभा विघटनले लोकतन्त्र र गणतन्त्रमाथि ठूलो प्रहार र देश अझै खतरा मुक्त हुन नसकेको बताए । अहिलेको परिवर्तनलाई उल्ट्याउने शक्ती षड्यन्त्र भइरहेको भन्दै व्यङ्ग्य समेत प्रहार गरेका छन् । गणतन्त्रमाथि हमला गर्ने दुस्साहस भइरहेको भन्दै दाहालले ७० वर्ष लामो आन्दोलनका उपलब्धिमाथि संविधानको समानुपातिक र समावेशी चरित्रमाथि प्रहार गर्न प्रतिक्रियावादी शक्ति इतिहास मेटाउन लागिरहेको बताएका छन् ।

आफ्नो इच्छा कम्युनिष्ट आन्दोलनका शक्तिलाई एक ठाउँमा ल्याउने रहेको भन्दै उनले अन्तिम अवस्थासम्म एकता गराउने बताए । केही दिनमा नै नयाँ युगको शुरुआत हुने भन्दै उनले कांग्रेससहित दलसँग सरकार परिवर्तनका विषयमा छलफल भइरहेको बताए । उनले प्रदेशबाट शुरु भएको परिवर्तन केही दिनमा नै केन्द्रमा पनि हुँदैछ ।”

आफू अहिले पनि कम्युनिष्ट एकताका पक्षमा रहेको बताएका छन् । प्रतिक्रियावादी शक्ति लागेर पार्टी विभाजन गराउने खेल असफल हुने र बताए । माडीका समस्या समाधानमा निकुञ्ज ऐन संशोधनका लागि आफू लागिपरेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *