ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

६ महिना देखि ५ बर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधि र भिटामिन ए क्याप्सुल खुवाउदै

सेयर गर्नुहोस
  • 5
  •  
  •  
  •  
    5
    Shares

काठमाडौं ,वैशाख ५ । सरकारले सोमबार र मंगलबार अर्थात यही वैशाख ६ र ७ गते ६ महिना देखि ५ बर्षसम्मको बालबालिकालाई लक्षित गरि राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि खुवाउदै छ ।

६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए क्याप्सुल खुवाइने छ । त्यसैगरी एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुका दुवैको औषधि खुवाइने छ । ६ गते खुवाउन छुटेकालाई ७ गते खुवाइने छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफूलाई पायक पर्ने वितरण केन्द्रमा गएर बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउनसबै अभिभावकहरुलाई आग्रह गरेको छ ।

सरकारले हरेक वर्ष बालबालिकाहरुलाई राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि खुवाउने गर्दै आएको छ । अघिल्लो पटक खाएकाहरुलाई अहिले पनि खुवाउनु पर्ने मन्त्रालयले जनाएको छ । यस वर्ष कोरोना संक्रमणको जोखिम रहेकाले औषधि खुवाउने ठाउँसम्म जाँदा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *