ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

मैले जानीजानी देश र जनताको हितविपरीत कुनै पनि काम गरेको छैन-सभामुख सापकोटा

सेयर गर्नुहोस
  • 3
  •  
  •  
  •  
    3
    Shares

काठमाडौं, वैशाख ५ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभालाई जीवन्त, जनमुखी र चलायमान बनाउँदै लोकतान्त्रिक, मूल्य, मान्यता र आदर्शलाई स्थापित गर्ने सन्दर्भमा दृढताका साथ अघि बढ्न शुरु गर्दैगर्दा घेरावन्दी भएको भन्दै असन्तुष्टी व्यक्त गरेका छन् ।

नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित केन्द्रीय पदाधिकारीको पद हस्तान्तरण कार्यक्रममा सभामुख सापकोटाले भने – “संसदबारे अनेक खालका टिप्पणी भइरहेका छन् तर मलाई दृढ विश्वास छ कि धेरै मान्छेलाई केही समय र केही मान्छेलाई सधैँभरि भ्रममा पार्न सकिन्छ, सबै मान्छेलाई सधैँभरि भ्रममा पार्न सकिँदैन ।

” उनले आफुले जानेभर संसद राम्रो बनाउने प्रयास गरेको भन्दै थपे – “मैले जे गरिरहेको छु देशलाई सम्झेर गरेको छु, देश र जनताको अधिकतम हितमा केन्द्रित भएको छु, बुद्धि, विवेक नपुगेर त्रुटि हुन सक्छन्, तर मैले जानीजानी देश र जनताको हितविपरीत कुनै पनि काम गरेको छैन”, उनले कसैको दबाब र प्रभावबाट मुक्त रहेर स्वतन्त्रतापूर्वक काम गर्ने स्पष्ट पारे ।

जनताले सुम्पेको सार्वभौमसत्ताको नीहित अधिकार खासखास बेलामा सभामुखमा केन्द्रित हुने जानकारी गराउँदै सभामुख सापकोटाले जनभावना बुझेर अघि बढ्नुपर्नेमा आफू दृढ रहेको बताए । उनले राजनीति शून्यता देखिएपनि आवरणमात्र रहेको भन्दै थपे- “पहिलेपहिले समुद्र मन्थन भनिन्थ्यो अहिले, महान् बहसको बीचबाट अघि बढेका छौँ, कहिलेकाहीँ शून्य–शून्य जस्तो अन्योल र अलिकति राजनीतिक शून्यताको स्थिति देख्नुभएको छ नी, त्यो बाहिरको आवरणमा मात्रै हो, भित्रभित्रै बहसमा छ, निस्किएर प्रष्फुटन हुन्छ” ।

यस अघि प्रधानमन्त्री केपी ओलीले सभामुखलाई पार्टी केन्द्रित बनेको आरोप लगाएका समयमा सभामुखले संसद घेरावन्दीमा पारिएको टिप्पणी गरेका हुन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *