ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

दोश्रो डोज खोप वैशाख ७ देखी ११ गते सम्म

काठमाडौं,वेशाख ५ । कोरोना विरुद्धको दोश्रो चरणको खोप अभियान यहि वैशाख ७ गते देखी ११ गते सम्म देशभरबाट सन्चालन हुदै छ । माघ १४ गते दखी फागुन १० गतेसम्म कोरोनाविरुद्धको खोप लगाएका र प्राथमिकतामा परेकाहरुले पहिलो डोज खोप लगाएकाहरुले तोकिएको स्वास्थ्य संस्था र खोप केन्द्रमामा गएर खोप लगाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

नेपालमा हालसम्म ३ हजार ५ सय ६५ जना ५ बर्ष मुनिका बालबालीका संक्रमित भइसकेका छन् । भने अहिले पनि ५१ जना संक्रिय संक्रमित छन् कोरोनाका कारण १० जना बालबालीकाले ज्यान गुमाइसकेका छन्।त्यसैले बालबालीका पनि उतिकै जोखीममा रहेकोले स्वास्थ्यकर्मीहरुलाइ तथ्थयमा आधारीत भइ बोल्न मन्त्रालयले आग्रह गरेको छ ।

देशभरका विभिन्न प्रयोगशालाहरुबाट गरीएको ५ हजार ७ सय ८३ आरटिपिसिआर र एन्टिजेन परीक्षणमा काठमाडौं उपत्यकमा ४ सय ३५ जना सहित देशभर १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म देशभर २ लाख ८४ हजार ६ सय ७३ जना रहेका छन् ।

देशभर कोरोनाका कारण थप ८ जनाले ज्यान गुमाएका छन् । हालसम्म कोरोनाका कारण ३ हजार ८३ जना रहेका छन् । देशभरबाट गत चौबीस घण्टामा २ सय ६२ जना निको भएका छन् । हालसम्म निको हुने संख्या २ लाख ७५ हजार ३ सय जना रहेका छन् । हालसम्म निको हुने प्रतिशत ९६ दहमलव ६ रहेका छन् ।

देशभर क्वारेन्टिनमा ८५ जना र संक्रिय संक्रमित संख्या ६ हजार २ सय ९० जना रहेका छन् । देशभर आसियुमा उपचारत १ सय १६ जना र भेन्टिलेटरमा ४६ जना रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *