ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पेट्रोलियम पदार्थको मूल्य बढ्यो: पेट्रोलको प्रतिलिटर १२१ डिजेल/मट्टितेलको मूल्य १०४

काठमाडौं,बैशाख ४। नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले शनिबार देखी लागू हुनेगरि पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १-१ रुपैयाँ मूल्य बढाएको छ ।

मूल्यवृद्धिसँगै काठमाडौं आसपासका क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १२१ पुगेको छ भने डिजेल/मट्टितेलको मूल्य १०४ रुपैयाँ पुगेको छ । निगमका अनुसार आन्तरिक उडानका लागि प्रयोग गरिने हवाई इन्धनको मूल्यमा २ रुपैयाँ प्रतिलिटरले वृद्धि भई हवाई इन्धनको मूल्य ७६ रुपैयाँ पुगेको छ ।

यसअघि निगमले पछिल्लो पटक २२ चैतमा पेट्रोलियम पदार्थको मूल्य २ रुपैयाँ बढाएको थियो ।मूल्य आपूखुसी ढङ्गले बढाएको भन्दै हालसम्म यसको विपक्षमा आवाजहरु उठदै आएकोमा पुन मूल्य बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *