ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

यही महिना जनकपुर–जयनगर रेल्वे संचालन गर्ने सरकारको तयारी

जनकपुरधाम,वैशाख ४ । सरकारले वैशाख मसान्तसम्म जनकपुर- जयनगर रेल्वे संचालनको तयारी थालेको जनाएको छ । शनिवार जनकपुर पुगेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङले वैशाख मसान्तसम्ममा जनकपुरधाम–जयनगर रेल्वे संचालनमा ल्याउने गरी आन्तरिक तयारीमा लागेको जनाएका हुन् ।

वैशाखमानै रेल सञ्चालन गर्ने तयारी रहेको भन्दै मन्त्री नेम्वाङले भने – ‘रेल छिटो भन्दा छिटो चलाउनुपर्ने भएकोले यसका लागि कर्मचारीहरु जनकपुरधाममा आइसकेका छन् । उनीहरुलाई दक्ष बनाउन २÷४ दिनदेखि तालिम समेत दिई रहेको छ । यदी सम्भव भएमा वैशाखको मसान्तसम्ममा हामी रेल चलाउँछौ ।

महोत्तरीको बर्दिबाससम्म पूर्व पश्चिम चल्ने विद्युतिय रेलमार्गसँगै जोडेर त्यस ठाउँमा जग्गा व्यवस्थापन गरि रेल्वे सबस्टेशन समेत चाँडै बनाइने उनको भनाई थियो । कोरोना महामारी र लकडाउनका कारण जनपुरमा रेल ल्याए पनि थन्किएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *