ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पार्टी फुट्न सक्छ तयार रहनुहोस- भिम रावल

कैलाली, बैशाख ४ । नेकपा एमालेका उपाद्यक्ष भिम रावलले एमाले फुट्न सक्ने भन्दै तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन् ।

शनिबार धनगढीमा आयोजित नेपाल उत्पीडित जातीय मुक्ति समाजको प्रदेशस्तरीय भेलालाई संवोधन गर्दै रावलले परिस्थिती आए पार्टी फुट्न सक्ने बताएका हुन् । उनले भने – ‘पाटी विभाजन गर्न हामीले खोजेको होइन, केपी ओलीले खोजिरहनुभएको छ।

हामी पार्टी विभाजनलाई रोक्नका लागि झण्डा उठाइरहेका छौं। तर, भोलि निर्वाचनमा जाने कामका लागि पार्टीको कुनै एउटा स्थिति आइपुग्यो भने हामीले जुनसुकै कदम पनि चाल्नुपर्छ। त्यसका लागि तयार भइरहनुहोला। ‘

पटक पटकको संघर्षबाटमात्रै एमाले बनेको बताएका रावलले ३ बर्ष यता एमाले नै नरहेको र चुनावमा एमालेले हँसिया-हथौडामा र कति माओवादीले सूर्य चिन्हमा भोट हालेको बताए।

तत्कालीन अवस्थामा एमाले पार्टी बनेको र चुनाव चिन्ह माधवकुमार नेपालले निर्वाचन आयोगबाट ल्याएको दाबी गरेका रावले पुन पार्टी फुट्न सक्ने संकेत गरेका हुन् ।
यस अघि खनाल- नेपाल समुहले मुख्यमन्त्री विरुध फ्लोर क्रस गर्दै पार्टी विभाजनको संकेत गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *