ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कर्णालीमा विस्वासको मत लिएर हौसिएका प्रचण्ड केन्द्र तथा लुम्बिनी प्रदेश सरकार परिवर्तनको खेलमा

काठमाडौं बैशाख ४ । कर्णालीमा एमालेबाटै फ्लोर क्रस भएपछि माओवादीबाट मुख्यमन्त्री बनेका महेन्द्र बहादुर शाहीले मुख्यमन्त्रीमा निरन्तरता पाएका छन् ।

यसरी अल्पमतमा देखिएपनि माओवादीबाट मुख्यमन्त्री बनेका शाहीले निरन्तरता पाएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी प्रदेशमा पनि सरकार परिर्वतन हुने संकेत गरेका छन् ।सरकार परिर्वतन गर्न करिब–करिब बहुमत प्रदेशसभा सदस्यको हस्ताक्षर संकलन भइसकेको उनले बताए । मुलुकको राजनीति प्रतिक्रियावादी र उग्र गुटवादी षड्यन्त्रको ‘क्लाइमेक्स’मा पुगेको टिप्पणी गरे ।

शनिबार पार्टी निकट शिक्षक संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले गण्डकी प्रदेशमा पनि सरकारको समर्थन फिर्ता लिएर अविश्वासको प्रस्ताव दर्ता भएको भन्दै उनले भने , ‘लुम्बिनीमा पनि सरकार परिर्वतनका निम्ति करिब–करिब बहुमतको हस्ताक्षर संकलन भइसकेको छ ।

केन्द्रमा पनि अन्योल र अराजकताको स्थिति अन्त्य गर्न हामी लगातार प्रयास गरिरहेका छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *