ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

एमालेबाटै फ्लोर क्रस हुन थालेपछि ओली संकटमा, डाके सर्वदलीय बैठक

काठमाडौं बैशाख ४ । एमाले भित्रकै खनाल- नेपाल समुहले कर्णाली प्रदेशमा माओवादीबाट मुख्यमन्त्री बनेका महेन्दरबहादुर शाहीलाई विश्वासको मत दिएपछि सवैतिर सरकारको अवस्था कम्जोर बन्दैं गएको छ ।

माओवादी केन्द्रले ओलीलाई हटाउने प्रष्ट आधार नभएसम्म समसर्थन फिर्ता नगर्ने रणनीतिमा थियो । जसका लागि जसपा निर्णाय शक्ति मानिन्थ्यो । तर एमालकै सांसदले फ्लोस क्रस गरेपछि ओली संकटमा पर्ने निस्चित छ ।

यही अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार सर्वदलीय बैठक डाकेका छन् । कोरोना भाइरसको महामारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न शनिबार (आज) बिहान ११ बजेका लागि सर्वदलीय बैठक बोलाइएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्  ।

त्यसैगरि प्रधानमन्त्री ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोन वार्ता भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *