ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आज बैशाख ४ गते शनिवार तपाईको राशिफल

आज मिति २०७८ साल बैशाख ४ गते शनिबार तदनुसार सन २०२१ अप्रिल महिनाको १७ तारिख, चैत्र शुक्लपक्ष, वसन्त रितु, उत्तरायण सुर्य, मृगशिरा नक्षत्र, पंचमी तिथि, शोभन योग, बालब करण, आज चन्द«मा बिहानको १० बजेर २० मिनेट पछि मिथुन  राशीमा प्रवेश गर्नेछ, आज सूर्योदय बिहान ५ बजेर ४० मिनेटमा भयो भने सूर्यास्त बेलुकी ६ बजेर २९ मिनेटमा हुनेछ ।। विशेष कार्य गर्नको लागि आजको शुभ समय बिहानको ११ बजेर ३८ मिनेटबाट १२ बजेर २९ मिनेटसम्म रहनेछ । आजको राहूकाल बिहानको ८ बजेर ५१ मिनेटबाट १०  बजेर २७ मिनेटसम्म रहनेछ ।

मेष राशी

मेष बिहान ११ बजेपछि विस्तारै परिस्थिती राम्रो हुन थाल्नेछ, गरेका कार्यमा केही अवरोध वा विलम्ब भएपनि अन्त्यमा सफलता मिल्नेछ, धन लाभ हुने, मित्र भेट वा मित्रबाट सहयोग पाइने, शत्रु बाधाबाट मुक्ति मिल्ने, दाम्पत्य सम्बन्ध सुमधुर हुन थाल्ने । बिरामी हुुनुहुन्छ भने निरोगिता प्राप्ति हुने, कसै कसैलाई छोटो दूरीको यात्रा अथवा भ्रमण पनि हुने सम्भावना छ ।

वृष राशी

११ बजेपछि परिस्थिती प्रतिकूल हुन थाल्नेछ । सावधानि अपनाउनु होला, मानसिक तनाव बढने,  खर्च बढी हुन थाल्ने । धनको वचतमा कमि आउन थाल्नेछ, कार्यहरुमा मन नजाने वा झंझट बाधा आइलाग्ने, नजीकका व्यक्तिसँग आज वादविवाद नगर्नुहोला । कसै कसैलाई अपयश र मानहानी को सम्भावना भएकोले सतर्क रहनु होला । व्यापार व्यवसायमा आज समय अनुकुल रहने छ्रैन,

मिथुन राशी

साढे दश बजेपछि प्रतिकुलताहरु हटन थाल्नेछन । मिष्ठान्न भोजन, आर्थिक लाभ, खर्चमा कमि आउने, अहिलेसम्म चलिरहेको मानसिक  अशान्तिबाट मुक्ति पाउन सक्ने । परिवार, कुटुम्ब तथा मित्रहरु माझ भएका असमझदारीहरु हटनेछन, सकारात्मक विचार र उत्साहले मनोबल बढने । ग्रहहरुको सहयोग पाइने, पारिवारिक तथा घरायसी सुखमा ध्यान जान सक्ने, दाम्पत्यजीवनका विवादहरु हटने, प्रयासरत अविवाहितहरुको लागि विवाहको कुरा आउने योग बनेको छ, व्यापार व्यवसायमा सुखद परिवर्तन हुने, कसै कसैलाइ घरबाट टाढा बाहिर जानुपर्ने वा भ्रमण गर्नुपर्ने अवस्था पनि  आउन सक्छ ।

कर्कट राशीः

११ बजे पछि दिन अनुकुल नहुन सक्छ । आत्मबल कायमै राख्ने, आलस्य र अनावश्यक खर्चबाट बच्ने । संक्रामक रोगहरुबाट जोगिनु पर्ने, स्वास्थ्य उत्तम बनाउन योग र ध्यान तिर समय दिनुहोला ।। प्राविधिक विषयका विद्यार्थीहरु विदेशको तयारीमा छन भने समय राम्रो छ, प्रतियोगिता परीक्षा आदिको लागि पनि दिन राम्रो छ । व्यापार व्यवसायमा वैदेशिक लगानी, फ्रेन्चाइजी,ज्वाइन्ट भेन्चर अथवा आउटसोर्सिगं सँग सम्बन्धित हुनेहरुलाई दिन शुभ रहनेछ ।

सिंह राशीः

दिन अनुकुल रहनेछ । आयमा वृद्धि । व्यापारमा पर्याप्त लाभ, कर्म क्षेत्रमा जस पाइने, मानसम्मान, किर्ति यश प्राप्त हुने, चिताएको फल पाउने बलियो सम्भावना छ । सरकारी काममा सफलता, सन्तानको तर्फबाट खुशी अथवा शुभ समाचार प्राप्त हुन सक्छ । १० बजेपछि धन लाभ, मित्र भेट, उत्तम खानपान, ससाना उपलब्धि हासिल भइ दिनको अन्त्य प्रसन्नतामा हुनेछ । विद्यार्थीहरुलाई समय राम्रो छ । प्रेम प्रसंगको लागिम मध्यान्ह पछि समय अनूकुल बन्नेछ ।

कन्या राशीः  

मध्यान्ह पछि दिन शुभ हुन थाल्नेछ । चिताएको कार्यहरु पूरा हुन थाल्ने, सबै कामहरु  आफूले सोच अनुरुप हुँदै जानेछ । स्वास्थ्य उत्तम रहनेछ । धन वा सम्मान प्राप्त हुने योग छ । जागिरमा अनुकुलताहरु देखिन थाल्नेछ, कसै कसैलाई बढुवाको लक्षण देखिएको छ प्रयास गर्नुहोला, आफना माथिकाहरु तँपाइसँग खुशी हुनेछन । भौतिक पारिवारीक सुख उत्तम रहनेछ।

तुला राशी 

दिन अनुकुल बनिसकेको छैन । राम्रो समय आउँदैछ । केही दिन पर्खनुहोला, हाललाई स्वास्थयको विशेष ख्याल गर्ने, मानसिक तनावबाट बच्ने, कलह, विवाद र झगडा बाट टाढै रहनु पर्नेछ । मेहनत अनुसारको फल नपाइने, कानूनी तथा प्रशासनिक अप्ठयाराहरु उत्पन्न हुन सक्ने सम्भावनालाई नकार्न सकिँदैन ।  दाम्पत्य जीवन सुमधुर रहने छ । प्रेमिहरुको लागि भने समय अनुकुल रहने छ । व्यवसायी वर्गले आज लगानी नगर्दा राम्रो ।

वृश्चिक राशीः

अपरान्ह पछि समय अनूकुल नहून सक्छ । अलिकति सावधानी अपनाउनुहोला, रोग र विवादबाट टाढै रहनुहोला । किनकी भय, कष्ट, रोग को समय चलेको छ । जे पनि बेसमयमा हुने अवस्थाहरुबाट बच्नु पर्नेछ, खानपानको समस्या, अपच हुनु, सास फेर्न समस्या आउनु, छाति जन्य अन्य समस्याहरुबाट सतर्क रहनु , चिन्ता कलह, धनहानी, अचानक नसोचेको घटना घटने आदि जस्ता अनिष्ट फल देखा पर्न सक्ने भएकोले सतर्क रहनु होला ।

धनु राशीः

दिन राम्रो रहनेछ । दीर्घरोगहरुबाट आरोग्यता प्राप्ति, वाहन सुख, वैवाहिक सुख, मानसम्मानको योग, स्वागत सत्कारमा सरीक भइने, उत्तम भोजन, धनलाभ, रोकिएको कार्य बन्नुको साथै शत्रुहरु पराजित हुनेछन । प्रेम सम्बन्धमा सुखद अवसर प्राप्त हुने,  भोग विलास र मनोरन्जनमा समय बित्नेछ । सन्तान पक्षको भने विशेष ख्याल गर्नुहोला । विद्यार्थी हरुलाइ परीक्षा प्रतियोगीता आदिमा सोचे अनुरुप हुने । व्यापार व्यवसायमा लाभको सम्भावना छ । नयाँ कार्यमा लगानीको लागि दिन शुभ छ ।

मकर राशी

मकर राशीवालाहरुलाइ मध्यान्हपछि बिस्तारै शुभ हुन थाल्नेछ, धनलाभ हुने, कार्य क्षेत्रको गतिरोध हटने, मानसिक तनावमा कमी आउने । शारिरिक निरोगिता प्राप्ति र प्रेम सम्बन्धमा मधुरता आउन थाल्नेछ । विद्यार्थीहरुको एकाग्रतामा वृद्धि भइ पढाइमा मन जाने योग बन्नेछ, परिक्षा प्रतियोगीतामा विजय प्राप्ति । व्यापार व्यवसायमा दिन राम्रो भएकोले ११ बजेपछि लगानी गर्दा हुन्छ । अनैतिक आचरण बाट भने केही दिन टाढै बस्नु होला ।  सन्तानको हकमा भने विशेष ख्याल गर्नुपर्नेछ ।

कुम्भ राशी

मन अशान्त हुने । निर्णय क्षमतामा ह्रास आउन सक्छ, अफिसमा रहँदा विशेष सतर्क रहनुपर्नेछ,  कार्यक्षेत्रमा सोचेअनुसार नहुन सक्छ, धनको नोक्सानी या अनावश्यक खर्च हुने, पेट सम्बन्धि रोगले सताउने, सन्तानको तर्फबाट चिन्ता पर्ने वा सन्तानलाई कष्ट हुने सम्भावना बनेको छ । कसै कसैलाई कामुकतामा वृद्धि भइ मनले विवेक गुमाउने, प्रेम सम्बन्धमा असमझदारी बढन सक्ने संकेत देखिएकोले अलि विचार गर्नुहोला । विद्यार्थीहरुको पढाइमा समस्या देखिने योग छ ।  व्यवसायमा गतिरोध भएकोले आज कुनै लगानी नगर्नुहोला,। यात्रामा कष्ट तथा दुर्घटना को संभावना भएकोले सावधानी अपनाउनु होला,

मीन राशी

११ बजपछि सावधानी अपनाउनु होला । आत्मविश्वासमा कमी आउने, निरर्थक चिन्ता र बेचैनीले ग्रस्त भइने । मन  अनिर्णयको बन्दि बन्नेछ । शारिरीक अस्वस्थता महसुस हुने , छाती सम्बन्धि समस्या उत्पन्न हुन सक्छ ।  आफन्त  तथा बन्धुबान्धवबिच को विवादबाट बच्नु होला, व्यवसायमा सावधानी अपनाउनुपर्नेछ । आज लगानी नगर्दा राम्रो । नयाँ सामान वा सवारी साधन आदि खरीद नगर्ने । धैर्यताका साथ अनियन्त्रित खर्च, चिन्ता र कलह बाट बच्ने प्रयास गरेमा दिन सहज हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *