ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोहलपुरमा यात्रुबस दुर्घटना: ५ जनाको मृत्यु ४२ जना घाइते ७ को अवस्था गम्भिर

फोटो स्रोत गोरखापत्र

बाके ,बैशाख ३। बाँकेको कोहलपुरमा यात्रुबस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन् ।

मे १ ख ३३४७ नम्बरको बस कोहलपुर नगरपालिका सुर्खेतबाट धरानका लागि छुटेको समयमा विपरीत दिशाबाट आइरहेको टिप्परसँग शुक्रबार साँझ ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

रोहिणी खोला नजिकै दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको र अन्य ४ जनाको उपचारमा लैजाने क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ ।

दुर्घटनामा घाइते हुनेहरुको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ। उद्धार गरिएका ४२ जनामध्ये ७ जना अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *