ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

लेखा समितिको सदस्य बाँस्कोटा: ट्रान्सपरेन्सीको आपत्ती सदस्यमा नराख्न सरकारलाई सुझाव

काठमाडौं बैशाख ३l ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले एमाले सांसद गोकुलप्रसाद बाँस्कोटालाई लेखा समितिको सदस्यमा मनोनीत गरेकोप्रति आपत्ति जनाएको छ ।

सेक्युरिटी प्रेस खरिद प्रक्रियामा ७० करोड रुपैयाँ घुस मागेको आरोपमा मुछिएका बास्कोटालाई लेखा समितिले नै छानविन
गरी अख्तियारलाई थप छानविनका लागि सिफारिस गरेको छ ।

अनुसन्धानकै क्रममा रहेको विषय नसल्टिदै ट्रान्सपरेन्सी इन्टरनेसनलले लेखा समितिको सदस्य समितिमा बाँस्कोटालाई सदस्य मनोनीत गरिएकोप्रति आपत्ति जनाएको हो । उक्त कार्य सरकारको सुशासनमा नीति नियम विपरीत भएको ट्रान्सपरेन्सीको ठहर छ ।

‘सेक्युरिटी प्रेस खरिद प्रकरणमा मन्त्रीको हैसियतमा बाँस्कोटाले ७० करोड रुपैयाँ घुस मागेको अडियो टेपसम्बन्धी प्रकरणको छिनोफानो भइसकेको छैन, विज्ञप्तिमा भनिएको छ, ‘लेखा समितिले सेक्युरिटी खरिद प्रक्रिया र अडियो टेपका विषयमा
थप छानविन गरी भ्रष्टाचारमुद्दा लगाउन
२०७६ फागुन ३० मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई फाइल पठाएको थियो ।‘

शुसासनको सवालमा राज्यलाई सुशासन स्थापना गराउन सघाउँदै आएको संस्था ट्रान्सपरेन्सी ईन्टरनेशनले बाँस्कोटालाई
लेखा समितिकै सदस्य बनाएपछि यो प्रकरणमा पदीय प्रभाव पर्ने बताएको छ ।

लेखा समितिले छानविन गरी मुद्दा नचलाएको विषयमा आयोगसँग जानकारी मागिरहेको अवस्था रहेको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *