ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

टोखा नगरपालिकाका विद्यालय वैशाख ९ गतेदेखि बन्द हुने

काठमाडौं,बैशाख ३ l टोखा नगरपालिकाका विद्यालय वैशाख ९ गतेदेखि बन्द हुने भएका छन् ।

टोखाका विद्यालयमा कोरोना संक्रमणदर फैलन नदिन दोस्रो चरणको कोरोना संक्रमणलाई ध्यानमा राख्दै वैशाख ९ देखि सबै विद्यालय बन्द गर्न लागेको नगरपालिकाले जानकारी दिएको छ ।

‘वैशाख ५ गतेदेखि ८ गतेसम्म सबै विद्यालयमा दोस्रो चरणको कोरोनासम्बन्धी विद्यार्थीमा जनचेतना फैलाउने, वैशाख १० देखि १५ गतेसम्म सबै विद्यालय बन्द गर्ने र वैशाख १६ गतेदेखि स्वास्थ्य मापदण्ड पालना गरेर वार्षिक परीक्षा सञ्चालन गर्ने निर्णय भएको छ टोखा नगरपालिकाले जानकारी दिएको छ ।

नगरपालिकाभित्र कोरोना भाइरस फैलन नदिन माइकिङ गर्ने, आवश्यक स्वास्थ्यम मापदण्डका विषयलाई फलो गर्दै जाने बताएको छ ।

नगरपालिकाले टोखामा सामुदायिक आठ, निजी ८४ र मन्टेश्वरी ३५ विद्यालय रहेको जानकारी दिदै टोखाले संक्रमण दरलाई हेरेर अन्य निर्णय गर्दै जाने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *