ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

मौसम परीवर्तन भएसँगै अस्पतालहरुमा बिरामी संख्या बढे

काठमाडौं,चैत ३ । मौसम परिवर्तन भएसँगै अस्पतालहरुमा विभिन्न किसिमका स्वास्थ्य समस्याका विरामीको संख्या बढन थालेको छ । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्नुका साथै वायु प्रदुषणका कारण पनि विरामीहरुको संख्या बढेको चिकित्सकहरुको भनाई छ ।

मौसम परिवर्तन तथा बायु प्रदुषणका कारण पछिल्लो समय अस्पतालहरुमा विरामीको संख्या पहिलेको तुलनामा बढेको छ । कोरोनाको जोखिम तथा बायु प्रदुषणको मात्रा बढदै गए पनि मानिसहरुले न्यूनतम स्वास्थ्य मापदण्ड समेत नअपनाउदा विरामी बढेको चिकित्सकहरु बताउछन ।

पछिल्लो समय अस्पताल आउने अंधिकाश बिरामीमा भाइरल ज्वरो रुघा खोकी झाडा पखाला लगायत समस्या देखिएको अस्पतालहरुले जनाएका छन ।

मौसम परिवर्तन हुदा भाइरल ज्वरो रुघा खोकी झाडापखाला लगायत समस्या सामान्य रहेपनि सरसफाइ र खानपानमा विशेष ध्यान दिनु पर्ने चिकित्सकको भनाई छ । बालबालिकादेखी बृद्धावस्थाका ब्यक्तिमा अहिले विभिन्न समस्या देखिएका हुन ।

कोरोनाको नयाँ भेरियन्टका विरामीको संख्या बढदै जाँदा मौसम परिवर्तन तथा वायुप्रदुषण लगायत समस्याले जटिलता निम्तिन सक्ने भन्दै सतर्कता अपनाउन विज्ञको सुझाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *