ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आजबाट मनसुन सक्रिय

काठमाडौं बैशाख ३ । मौसम पूर्वानुमान महाशाखाले शुक्रबारदेखी विस्तारै प्रदैषण सफा हुँदै जाने र मनसुन सक्रिय हुँदै जाने बताएको छ ।

काठमाडौं उपत्यकामा शुक्रबार दिउँसो एक्कासी वर्षा भएको छ । उपत्यकामा कतै पानी परे पनि कतै भने घाम लागिरह्यो । मौसम पूर्वानुमान महाशाखाले वायुमण्डलको माथिल्लो तहमा निम्नचापिय क्षेत्रको विकाश भएको र स्थानिय वायु सक्रिय भएको हुँदा हावाहुरी र चट्याङ पर्ने भए पनि ठूलो वर्षा नहुने बताएको छ ।

महाशाखाले पश्चिमि वायुकोको प्रभाव परेको हुनाले पहाडी तथा मध्यपहाडी क्षेत्रमा मध्यम खालको वर्षा संगै हावाहुरी चल्ने बताएको छ । अझै हफ्तादिन सम्म पश्चिमि वायुको प्रभाव रहने महाशाखाले बताएको छ ।

यो संगै प्रि मनसुन सिजन सक्रिय भएको हुनाले बेलुका पख हुने वर्षा र हावाहुरीले प्रदूषण समेत सफा हुने बताएको छ । मौसमविद् बरुण पौडेलले जनाकारी दिए ।
उपत्यकामा वर्षा भएको क्षेत्रमा पनि केहीबेर पछि नै घाम लागेको थियो ।

बिहीबार साँझदेखि मौसम बदली भएकामा शुक्रबार दिउँसो छोटो समय मात्र वर्षा भएको थियो । प्रि मनसुन सक्रिय भएको हुँदा कृषि गर्नेहरुलाई समेत राम्रो हुने महाशाखाले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *