ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आज बैशाख ३ गते शुक्रबार तपाईको राशिफल

आज मिति २०७८ साल बैशाख ३ गते शुक्रबार तदनुसार सन २०२१ अप्रिल महिनाको १६ तारिख, चैत्र शुक्लपक्ष, वसन्त रितु, उत्तरायण सुर्य, रोहिणी नक्षत्र, चतुर्थी तिथि, सौभाग्य योग, भद्रा करण, आज चन्द«मा वृष राशीमा रहेको छ, आज सूर्योदय बिहान ५ बजेर ४१ मिनेटमा भयो भने सूर्यास्त बेलुकी ६ बजेर २९ मिनेटमा हुनेछ ।। विशेष कार्य गर्नको लागि आजको शुभ समय दिउँसोको १२ बजेर ५ मिनेटबाट १२ बजेर २९ मिनेटसम्म रहनेछ । आजको राहूकाल बिहानको १० बजेर २८ मिनेटबाट १२  बजेर ४ मिनेटसम्म रहनेछ ।

मेष राशी

दिन अनुकुल नहुन सक्छ , मानसिक असन्तोष दिने, आँखा मुख सम्बन्धि समस्या आउने, धन हानी , प्रत्येक कार्यमा खर्च बढी हुन थाल्ने, गृह कलह, मानसिक तनाव, मान सम्मानमा कमी, शत्रु वृद्धि, दन्ड जरिवाना हुन सक्ने, कार्यहरुमा बाधा विलम्ब आउने वा गरेको काम सफल नहुने, रोगव्याधिले सताउने, नेत्र सम्बन्धि रोग तथा खानपानमा समस्या देखा पर्ने, कुटुम्बहरुसँग मनमुटाव हुने स्थिति बन्नेछ । कसै कसैलाई घरबाहिर बस्नु पर्ने अवस्था आउन सक्छ, मनमा नकारात्मक विचारहरु आउन सक्छ। विद्यार्थीहरुको पढाइमा मन नलाग्न सक्छ ।

वृष राशी

दिन लाभदायी छ , सकारात्मक विचार र उच्च मनोबलले मन प्रसन्न हुने, धन लाभ हुने, चिताएको पुग्ने, गरेका कार्यहरुमा विजय प्राप्ति, स्थान लाभ, रोगनाश, मित्र सहयोग, कार्य सफलता, धातु, अन्न तथा वस्त्र लाभ हुने तथा शत्रुहरु पराजित हुनेछन्, भौतिक सुख, उत्तम भोजन तथा  शैया सुख, आदर सत्कार, मान सम्मान यश प्राप्ति, कुटुम्ब, मित्र तथा सहकर्मीहरुसँग सुमधुर र फलदायी वार्तालाप हुने खालको दिन छ, कसै कसै लाई भने उपहार आदि प्राप्ति हुने तथा स्त्रि सहवासको पनि योग देखिएको छ । लगानीलाइ दिन शुभ छ ।

मिथुन राशी

मानसिक खिन्नता हुने, गरेका कार्यहरुमा बाधा आउने, धनको अभाव महसुस हुने वा अत्यधिक खर्च हुने, आलस्य वा थकानले पनि सताउन सक्छ, मानसिक अशान्ति, शारिरिक कष्ट, पराक्रममा कमी आउने । आलस्य बढने । खर्चमा वृद्धि । कार्य हानी, धन हानी, पारिवारिक कलह वा नजिकका मानिसहरुबाट अपमान बेहोर्नु पर्ने, कसै कसैलाई शोक पर्न सक्ने,  अस्पताल जानु पर्ने वा विछोडिनु पर्ने पनि हुन सक्छ । हानी नोक्सानी, दुर्घटना हुनसक्ने भएकोले यात्रा गर्दा विशेष सावधानी राख्नुहोला, संक्रामक रोगहरुबाट बच्नुपर्ने दिन छ । विद्यार्थीहरुको लागि समय कठिन छ । लगानीलाई दिन प्रतिकुल रहन सक्छ ।

कर्कट राशीः

दिन शुभ रहने छ, उत्तम कुराहरुको प्राप्ति, धनको वृद्धि वा धन लाभ, मान सम्मान, उत्तम भोजन, बन्धुसुख, स्त्रि सुख, कुटुम्बहरुसँग भेटघाट हुने अथवा उनीहरुले सहयोग गर्ने, साथै मित्र तथा भाइ बहिनीहरुको साथ र सहयोग पाइने । भोग विलासमा समय बित्ने, रमाइलो बसिवियाँलो हुने वा मिठो खानपानमा सरीक भइने सम्भावना छ, स्थाई वस्तुहरुको प्राप्ति हुन सक्ने योग छ साथै गरेका कार्यहरुले सफलता र यश दिलाउँनेछ , आय वृद्धि को बाटो फेला पर्न सक्छ, नयाँ पद वा फरक जिम्मेवारी प्राप्तिको योग छ, प्रेमी जोडीहरुको लागि रमाइलो दिन छ, अविवाहितहरु हुनुहुन्छ भने विवाह सम्बन्धि कुरा चल्ने वा कुरा अगाडि बढाउने राम्रो समय आएको छ, व्यापारी वर्गलाई दिन अनुकुल छ, लगानीलाई दिन ठिक छ ।

सिंह राशीः

दिन राम्रो छ, रमाइलो र मिठो खानपानमा सरिक हुन सक्ने । प्रगतिका अवसरहरु आउने छन्, चिताएका कामहरुमा सफलता पाइने छ , आफ्नो दबदबा बढने वा नयाँ अधिकार प्राप्त हुने, आँटेका गरेका कामहरु बन्ने, धन लाभ हुने, कर्म क्षेत्रमा सम्मान वा प्रंशसा पाइने वा अरुले तँपाइको कदर गर्ने, आफनो क्षमता र अधिकारको पूर्ण सदुपयोग गर्नु भएको  खन्डमा कुनै विशेष कार्य वा उद्देश्य पूरा हुने योग छ,, पारिवारिक खुशी पाइने, पत्नि र सन्तानहरुबाट खुशी प्राप्त हुन सक्ने वा उनीहरुले माया गर्न सक्ने छन् । स्वास्थ्य राम्रो रहने, राज्य संयत्र वा उच्च अधिकारीहरुबाट सहयोग पाइने । नयाँ नयाँ विचार प्रस्फुटन हुने  र आत्मविश्वास बढने छ, कसै कसैलाई धार्मिक, आध्यात्मिक वा फरक विषयतर्फ रुचि बढनेछ  ।। गर्भवतिहरुले  भने विशेष सावधानी अपनाउनुहोला ।

कन्या राशीः  

मेहनत गरे अनुसार उपलब्धि कम भइदिन सक्छ, परिस्थितीको बन्धनमा बाँधिएको महसुस हुनेछ, सावधान रहनु होला। कुनै कुराले मन बेचैन गराउने छ, मानसिक तनाव बढने, वादविवाद वा मनमुटाव बढने, धनको अनावश्यक क्षय, अरुबाट कष्ट पाइने, जागिरमा हुने हरुलाइ उच्चाधिकारीहरुबाट समस्या आउने वा मानभंग हुने खालको अवस्था नआउला भन्न सकिँदैन, कसै कसैलाई पद तथा जिम्मेवारी हेरफेर हुने वा मुक्त सम्म हुने सम्मको अवस्था आउन सक्छ , मुद्दा मामिला, कानूनी झमेला, सरकारी दन्ड जरिवाना जस्ता प्रतिकुलताहरु आउन सक्छन् । स्वास्थ्य सम्बन्धि शारिरिक समस्याहरु आउन सक्छ । पेटसम्बन्धि कुनै पुरानो रोग छ  भने विशेष सावधान हुनु होला ।

तुला राशीः 

सावधानी अपनाउनु पर्र्ने दिन छ, भय तथा चिन्ता पर्ने, व्यर्थको श्रम, मानसिक तनाव, क्षुद्र रोग बल्झने, धन हानी वा धनको दुरुपयोग , शारिरिक पीडा, अस्थिरता र अधैर्यता, राजभय, अपमान, मित्र घात, कार्यमा बिध्नबाधा, कष्टदायी भ्रमण दुर्घटना तथा चोटपटक को सम्भावना छ, आफन्त वा नजिककाहरुसँग कलह तथा मनमुटावको अवस्था नआउला भन्न सकिँदैन , कुनै अवान्छित प्रसंगमा मुछिने वा अरुको षडयन्त्रको शिकार हुनुपर्ने अवस्था पनि आउन सक्छ, सचेत रहनु होला,

वृश्चिक राशीः

दिन सुखद रहनेछ, लाभकारक तथा सुखदायी बसाइ हुने । आर्थिक लाभ, धनको आगमन, द्रव्य वा वस्त्र लाभको सम्भावना छ,  मान सम्मान, प्रशंसा, कदर आदि प्राप्त हुने । पूजा, अनुष्ठान वा अध्यात्ममा रुचि बढने, उत्तम निद्रा तथा विशेष परिकारजन्य भोजन हुने, धनको वृद्धि, स्त्रिवर्गसँग प्रेम, दाम्पत्य सम्बन्ध सुमधुर बन्ने तथा वैवाहिक सुखको प्राप्तिको योग छ,  भाइ अथवा कम उमेरको मानिसबाट लाभ हुने वा उनीहरुले सहयोग गर्नेछन्, स्वास्थ्य उत्तम रहने वा रोगव्याधिको असरमा सुधार आउने, कसै कसैलाई सवारी सुख वा वाहन प्राप्तिको पनि योग बनेको छ, अथवा भोग विलासिता साधन जुटने वा भौतिक संशाधन सम्बन्धित कुराहरुको खरिद हुन सक्ने सम्भावना छ । व्यापार व्यवसायमा साझेदारीको लागि राम्रो दिन छ, लगानीलाई दिन ठिक छ ।

धनु राशीः

दिन प्रसन्न दिने खालको छ, धन तथा सुखको प्राप्ति, शत्रु बाधाबाट मुक्ति मिल्ने, रोग माथि विजय पाइने, प्रेमी वा मनपरेको मान्छेको आगमन हुने वा भेट हुने सम्भावना छ, मान सम्मान पाइने, पारिवारिक सुखमा वृद्धि हुने । कार्य क्षेत्रको गतिरोध हटने, मानसिक तनावमा कमी आउने, शारिरिक निरोगिताको साथै बिरामी हुनुहुन्छ भने स्वास्थ्य अवस्था सुधारोन्मुख रहने छ , सुख सन्तोषको प्राप्ति, रिस गर्नेहरु माथि विजय प्राप्त हुने, महिला वर्गहरुसँग सहकार्य, भेटघाट, वार्तालाप हुने वा उनीहरुबाट लाभ प्राप्त हुने दिन छ, प्रेम सम्बन्धमा मधुरता आउने । विद्यार्थीहरुलाइ समय राम्रो छ, खर्चमा भने नियन्त्रण राख्नुहोला । कसै कसैलाइ आज आफनै घरायसी काममा व्यस्त हुनु पर्ने स्थिती पनि आउन सक्नेछ ।

मकर राशी

दिन अनुकुल नहुन सक्छ, बिध्न बाधाहरुले गर्दा निरिह हुनुपर्ने अवस्था आउन सक्छ, मन अशान्त रहने, मुड परिवर्तन भइरहने, सोचे गरेका कार्यहरुमा बिध्न बाधाहरु तेर्सिने, बेकारमा दुख पाइने, धन वा कुनै प्यारो वस्तु गुमाउनु पर्ने अथवा अपयशको भागि हुनु पर्ने सम्मको योग देखिएको छ । कुनै विशेष वस्तु वा चाहनाको हकमा धन को अभाव महसुस हुनेछ,  स्वास्थ्यको विषयमा आज हेलचेक्रयाइ नगर्नु होला, वायुको प्रकोप लगायत अन्य कारणले स्वास्थ्य स्थिती खस्कन सक्छ ,सावधान रहनु पर्नेछ । कसै कसैलाई शोक पर्ने सम्मको अवस्था नआउला भन्न सकिँदैन, तामसिक भोजन, मासांहार भोजन आज नलिनु होला । अनावश्यक सम्पर्क र बोलचाल र कुनै पनि कुराको आसक्तिबाट आज बच्नु पर्नेछ। झर्किने वा झोक्किने बानी छ भने आज बच्नु होला ।

कुम्भ राशी

दिन प्रतिकुल छ, धन हानी, पारिवारिक तथा मानसिक सुखमा कमी, बन्धु बान्धवलाइ पीडा हुने, मन त्रसित रहने, खानपान तथा निद्रामा असुविधा हुन सक्छ, आत्मविश्वासमा कमी आउने अवस्थाबाट गुज्रिनु पर्ने हुन सक्छ, आज चित्त चन्चल रहने, निरर्थक चिन्ता र बेचैनिले ग्रस्त भइने, आफन्त तथा नजीककाहरुसँग मनमुटाव वा विवाद हुने, शारिरिक पिडा, कार्यहरुमा हानीको  योग छ, शारिरिक अस्वस्थता वा कमजोरीले समस्या बल्मिmन सक्छ , श्वासप्रश्वास, छाती वा छातीजन्य समस्या आउन सक्ने भएकोले सावधानी अपनाउनु होला

मीन राशीः

दिन शुभ फलदायक रहनेछ, भाग्यले साथ दिनेछ । पराक्रम बढने, एक भन्दा बढी कार्यहरु सफलताका साथ सम्पन्न हुनेछन, आर्थिक पक्षमा सुधार देखा पर्ने, धन, द्रव्य, वस्त्र लाभ वा खरिद हुने, साथीभाइ तथा अन्य सहकर्मीहरुबाट लाभ अथवा मान प्रशंसा पाइने, नोकरीमा पदोन्नति वा स्थाननन्तरण वा कामको सिलसिलामा भ्रमण हुने योग छ । स्वास्थय स्थिती राम्रो रहने र दीर्घ रोगिहरुलाई निरोगिता प्राप्त हुने, रिस गर्नेहरु निस्तेज हुनेछन्, आफन्तजनसँग सम्बन्ध राम्रो हुने, सकारात्मक व्यक्तिहरुसँग सम्पर्क बढने, मित्र तथा स्त्रिवर्गबाट सहयोग तथा सुख पाइने, कसै कसैलाई यात्रा वा भ्रमणको स्थिति बन्ने योग छ, दाम्पत्य सुख तथा प्रेम सम्बन्धको  लागि समय राम्रो छ । विवाह सम्बन्धि सुखद कुराहरु हुन सक्छन् । आज विवाद सकेसम्म नगर्नु होला,

Leave a Reply

Your email address will not be published. Required fields are marked *