ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सरकारी अस्पतालहरुले कम्तीमा ५० प्रतिशत शैया कोरोनाको बिरामी ब्यवस्थापनको लागि छुट्टाउनु पर्ने

काठमाडौं,वैशाख २ । स्वास्थ्य मन्त्रालयले देशभरका सबै सरकारी अस्पतालहरुलाई कम्तीमा ५० प्रतिशत बेर्ड कोरोना संक्रमितको व्यवस्थापनका लागि छुट्याउन निर्देशन दिएको छ।

पछिल्लो समय दैनिक कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले बिहीबार सचिवस्तरीय निर्णय गर्दै अस्पतालमा भएका कुल बेर्डमध्ये पचास प्रतिशत कोरोना संक्रमतिको लागि छुट्याउन निर्देशन दिएको छ ।

मन्त्रालयले सबै सरकारी अस्पतालहरुलाई कोरोना संक्रमितको उपचार मापदण्डअनुसार निशुल्क गर्न समेत निर्देशन दिएको छ।

यस्तै बालबालिका, गर्भवती, सुत्केरी महिला, अपांगता भएका व्यक्तिहरु, जेष्ठ नागरिकहरुको कोभिड-१९ परीक्षण तथा उपचारमा उच्च प्राथमिकता दिन पनि आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *