ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

विराटनगरमा फेरि बढ्दो संक्रमण

बिराटनगर,बैशाख २ l देशभर दैनिक कोरोना संक्रमित संख्या वृद्धि भएसँगै भारतबाट सिमा नाका हुदै आउने मानिसहरुको संख्या पनि बढ्दो छ । बुधबार विराटनगर महानगरपालिकामा संक्रमित पुष्टि भएका मध्ये १५ जना कोरोना सङ्क्रमित पुष्टि भए । सोमबार ११ जनामा संक्रमण पुष्टि भएको थियो भने मंगलबार १३ जना पुष्टि भएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले बताएको थियो ।

कोरोना महामारीले अस्तब्यस्त बनाएको १ बर्षपछि तङ्ग्रिदै गरेको विराटनगरमा पुन दोस्रो चरणको सङ्क्रमण फैलिएको प्रमाण हो । मन्त्रालयका अनुसार प्रदेश १ मा १ सय ७९ जना कोरोना सङ्क्रमित रहेका छन् ।

पछिल्लो समय नयाँ भेरियन्ट भित्रिय सँगै अस्पतालमा कोरोना जाँच गराउन जानेहरुको संख्या दैनिक बढ्दो रहेको छ ।

गत पुसदेखि चैत पहिलो सातासम्म अवस्था सामान्य मा झरिसकेको छ ।कोसी अस्पतालमा चैत १–२४ गतेसम्म ५ सय ६५ जनाको पीसीआर गर्दा १० जनाको कोरोना रिपोर्ट पोजेटिभ देखिएको थियो ।

चैत २५–३१ गतेसम्म २ सय २ जनाको पीसीआर जाँच गर्दा ३२ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । पछिल्लो सङ्क्रमणको तथ्याङ्कले समुदायमा सङ्क्रमण फैलिएको देखिने विज्ञहरु बताउछन् ।

नाकामा कडाइ गरी सतर्कता नपअनाइए अवस्था नियन्त्रण बाहिर जाने सक्ने विज्ञहरुले बताए । भारतमा दोस्रो फेजको कोरोना सङ्क्रमण दर उच्च छ । खुला सीमा भएका कारण भारतबाट सहजै सङ्क्रमित आउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *