ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

संक्रमित संख्या बढ्नुका साथै नयाँ नयाँ भेरियन्ट भित्रिएकोले सचेत रहन र सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयले ८ बुदे अपिल गरेको छ

काठमाडौं, २ वैशाख । सरकारले मुलुकमा बढ्दो कोरोना संक्रमणको जोखिमलाई मध्येनजर गर्दै सम्बन्धि सबै निकायलाई सचेत रहन समेत अपिल गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय नेपालमा कोरोना संक्रमणको विभिन्न भेरियन्टहरु पुष्टि हुनुका साथै संक्रमित संख्या र मृत्युुदर समेत बढेकोले आउने दिनमा जोखिम बढी निम्तिन सक्ने सम्बन्धीत सबै निकायलाई सचेत र सतर्क रहन अपिल गरेको छ l

मन्त्रालयले बिहिबार जारी गरेको सुचनामा आउने केही समय सबैका लागि संवेदनशील र चुनौतीपूण हुन सक्ने भ्दै सम्बन्धीत सबै निकाय जिम्मेवार बन्नुपर्ने जानकारी गराएको छ ।

मन्त्रालयले ८ बुँदे अपिलमा सबै अस्पतालमा फिवर क्लिनिक सञ्चालन गर्न, गर्भवति, बालबालिका, सुत्केरी, वृद्धवृद्धाको कोरोना परीक्षणलाई प्राथमिकतामा राख्न, कोरोना संक्रमणको जोखिमबाट बच्न सरकारले तोकेका जनस्वास्थ्यका माण्डदण्ड कडाइका साथ पालना गर्न र गराउन तथा मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने बुझेर जिम्मेवार बनिदिन आग्रह गरेको छ ।

यस्तै नियमित रुपमा अस्पतालहरुमा सेवा लिन आइरहेका सेवाग्राहीहरुलाई कोभिड १९ संक्रमण पुष्टि भएका आधारमा मात्रै अन्य अस्पतालमा पठाउने गरेर अनावश्यक दुःख हुन कामहरु नगर्न आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *