ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अध्यक्ष थापा: काङ्ग्रेस कम्युनिस्टको हैसियत देखियो राप्रपा नै वैकल्पिक शक्ती हो

बैशाख १ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा वैकल्पिक शक्तिको आवश्यकता महसुस भएको बताएका छन् ।

राप्रपा काठमाडौं महानगरद्वारा बुधवार आयोजित शुभकामना आदानप्रदान आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष थापाले मुलुकमा देखिएको बेथिति विरुद्ध लड्न वैकल्पिक शक्तिको आवश्यकता रहेको बताएका हुन् ।  भ्रष्टाचार , बेरोजगारी ,धर्म परिवर्तन, कुशासन र सर्वसत्तावाद जस्ता समस्या मौलाउँदै गएको र वेथितिलाई जरैदेखी उखेल्न वैकल्पिक शक्ति मुलुकलाई खड्किरहेको बताए । 

मुलुक अस्थिरताको दलदलमा फसेको र काङ्ग्रेस कम्युनिस्ट असफल सावित भएको भन्दै सत्ता, स्वार्थ र भागबन्डाको लुछाचुँडीमा भुलेको अध्यक्ष थापाले बताए । थापाले संवैधानिक अंगका प्रमुखहरु माथि नै गम्भीर आरोप–प्रत्यारोप हुनु, एकले अर्कोलाई आरोप प्रत्यारोप लागउनमा देशका मुख्य नेतृत्वहरुको हैसियत देखिएको थापाले बताए ।

राप्रपालाई मुलुक र जनताले खोजेको वैकल्पिक शक्ति बनाउनको निमित्त महाधिवेशनमा केन्द्रित भई संगठन निर्माणमा होमिनुपर्ने आवश्यकता आफूहरु लागिरहेको थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *