ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

२०७७ प्रति हाम्रो एक नजर

२०७७ प्रति एक नजर

२०७७  साल नेपालका लागि सुखद बर्ष रहन सकेन । कोरोना महामारीका कारण आकारान्त नेपालमा थप राजनीतिले अझ जनतालाई पिडा दियो । तर जनताका पिडा भने कम हुन सकेन । एक छाक पेट भर्न अर्काको आशामा बस्नु देखि महिनौं पैदल हिन्दाँ पनि नेता र सरकारका आशु रसाएन् । बरु आफ्नो स्वास्थ पुर्तीका लागि लाखौं जनता सडकमा झर्दै विजयको भावले कुर्ली र्यो नेपाली सरकार र जनताका अभिभावक । प्राकृतिक प्रकोप होस वा अन्य विषय नेपाली जनता सधै पिडाको पिडामा रहे । विभिन्न क्षेत्र कस्तो रह्यो त २०७७ ?

शिक्षा

नेपाली नयाँ अर्थात २०७७ सुरुहुनु पुर्व नै नेपालमा विश्वव्यापी फैलिएको कोरोना महामारीका कारण ठप्प जस्तै बन्यो । आर्थीक गतिविधि संगै सवै भन्दा धेरै शिक्षा क्षेत्र प्रभावित बन्यो । चैत्र ६ गते बाट सुरु भएको लकडाउन पुर्व नै विद्यालय शिक्षाका परिक्षा संपन्न भएपनि त्यसपछिका सवै तहका पठन पाठन र परिक्षा स्थगित भए । परिक्षा दिन परिक्षा केन्द्रवाट फर्कन बाध्य भएका एसईईका परिक्षार्थी अन्तत आन्तरिक मूल्याङ्कनबाट कक्षा स्तर उन्तती भए । कुनै समय फलामे ढोकाको उपमा पाएको कक्षा दशको बर्षिक परिक्षा ग्रेडिङ प्रणालीसंग गएसंगै पहिलोपल्ट आन्तरिक मुल्याङकनबाट परिक्षार्थी स्तर उन्नती भएका हुन् ।

कक्षा १२ को परिक्षा केन्द्रले लिने र  कक्षा १०को एसईई परिक्षा प्रदेशले सञ्चालन गर्ने भने पनि कानुनको अभावका कारण केन्द्रले नै मुल्याङ्कन गर्न वाध्य भयो । कानुन अभावकै कारण  लाखौ परक्षार्थीका लागि तयार पारिएका प्रश्न पत्र र उत्तर पुस्तिकामा आगो लगाउन पर्यो । एसईई परिक्षा आन्तरिक मूल्याकनबाट गरेसंगै शिक्षा क्षेत्रका जानकारहरुले यसको हाउगुजी अन्त्य भएको विष्लेषण गरेका थिए तर पुन आगामी शैक्षिक सत्रलाई समेत भौतिक उपस्थितीमा परिक्षा सञ्चालन गर्ने निर्णय गरेसंगै पुन पुरानै रोग फैलिएको छ ।

एसईई परिक्षाको आन्तरिक मुल्याङ्कन पश्चात कक्षा ११ र १२ को परिक्षा सञ्चालन गर्न समेत उत्तिकै समस्या देखियो । सरकारको पटक- पटकको निर्णय गर्ने र सोही निर्णय उल्टाउने लाचरी पनाले विद्यार्थीमात्र हैन अभिभावसमेत अन्योलमा बस्न बाध्य भए । उन्तत ४०:४०: २०को अनुपातमा विद्यार्थी मुल्याङ्कन गर्दैं विद्यार्थीलाई स्तरउन्नति गर्यो । विश्वविद्यालयका परिक्षा समेत निर्धारीत मितिमा भन्दा पर पुगे ।

चैतबाट बन्द भएका विद्यालयहरु सरकारी निर्णयसंगै पुसबाट विद्यालयहरु क्रमश सञ्चालनमा आउन थाले । कोरोना सूरु भएको केही समयपछि विद्यालयको शिक्षा प्रणाली सुरु भएसंगै शिक्षा प्रणालीमा सुधार हुने अपेक्षा गरियो । भौतिक उपस्थितीमा पठनपाठन गर्ने परिपार्टी सुधार गर्दै प्रविधि मैत्री तथा अनलाईन शिक्षामा रुपान्तर हुन सुरु गर्यो नेपालको शिक्षा प्रणाली । तर सरकारले लामो समयसम्म अनलाईन शिक्षालाई मान्यता नदिदाँ विद्यार्थीहरु अन्योलमा मात्र परेनन् । नीजि र सामुदायिक विद्यालको खाडल अझ गहिरो बन्यो । त्यतिमात्र हैन फोन गर्न समेत डाडाकाडा धाउनु पर्ने देशमा अनलाईन कक्षाको प्रभावकारीता माथी पटक पटक प्रश्न उठ्यो ।

शैक्षिक सत्र नै गुम्ने डर भएको भन्दै सरकारले वैकल्पिक सिकाइ प्रणालीलाई मुल धारमा समाहित गर्दैं पाठ्यक्रम संलेषण गर्यो । यसरी शिक्षामा सुधारका प्रयास त भए तर उक्त प्रयासलाई व्यवस्थित गर्न नसक्दा पाएका उपल्व्धि समेत गुम्ने धेरैको आकलन छ । जस्को पुष्टी दोस्रो पटकको कोरोना महामारी सुरु हुदैं गर्दाँ विद्यालय शिक्षालाई कसरी अगाडी बढाउने अन्योलताले पुष्टी गर्छ ।

सार्वजनीक बिदाँमा मात्र विदाँ दिदै अन्य सम्पुर्ण विदाको सदुपयोग गर्दैं शैक्षिक सत्र सक्ने भन्ने पनि विच विचमा आउने ससना समस्या पनि शैक्षिक सत्रका लागि ठूलो तगारो बन्दै गएको छ । शैक्षिक सत्र भ्याइ नभ्याइ भएको समयमा नेपालको प्रदुषण विश्व आकासमा नै सवै भन्दा धेरै भएको भन्दै चार दिन लगातार विद्यालय बन्द भए । तर प्रदुषणको मात्र कम नभएपनि पुन विद्यालय सञ्चालनमा आएका छन् । २०७७ साल भर स्वास्थ्य ठूलो की शिक्षा ठूलो भन्ने बहस बारम्बार उठि रह्यो ।

यस विचमा करिव एक बर्षसम्म विद्यालय बन्द हुदाँ पनि नीजि विद्यालयको मनपरी रोकिएन । पठन पाठन गर्दै नगरेको महिनामा समेत शुल्क उठाउदाँ अभिभावक अझ समस्यामा परे। यसैको विरोधमा पहिलो पटक बिराटनगरका निजि विद्यालयका विद्यार्थीले आनदोलन गर्दै सडक अवरुध समेत गरे ।

यो त भयो पठनपाठनका क्षेत्रमा भएका प्रभावहरु यो संगै मेडिकल कलेजलाई दिएको संवन्धनको विषयले राम्रै संग चर्चा बटुल्यो । झापाको बिएण्बी अस्पतालका सञ्चालकले मेडिकल कलेजको संवन्धन नपाएको भन्दै त्ताकालिन शिक्षामन्त्री गिरिराजमणी पोखरेलल र राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाद्यक्ष श्रीकृष्ण गिरीलाई संवन्धनका लागि रकम माग गरेको आरोप समेत लगाए ।

यसरी अन्योल ग्रस्त बनेको शिक्षा क्षेत्र अझ अन्योल ग्रस्त बन्ने निस्तित छ । कोरोना महामारीका कारण पुन विद्यालय बन्द हुने अवस्थामा पुगेको छ ।

आयोगका उपाद्यक्ष गिरीले मानहानीको मुद्दा दर्ता एकपनि अन्य भने मौन बने न पर्साइले लगाएको आरोप पुष्टी भयो न उनीमाथी कारवाही नै भयो बरु आयोगलाई नै छलेर नयाँ शिक्षा मन्त्री कृष्ण गोपाल क्षेष्ठले उक्त मेडिकल कलेजलाई संवन्धनको तयारी गरे ।

२०७७ साल अघिल्लो बर्षको जस्तै मुलुकको ठूलो विश्वविद्यालय त्रिभूवन विश्वविद्यालय सहित अधिकांश विश्वविद्यालय पदाधिकारी बिहिन बने । सहकुलपति समेत रहेका शिक्षा मन्त्रीको अध्यक्षतामा बनेको सर्च कमिटीले सिफारीस गरेको ब्यक्तिलाई उपकुलपति नबनाई उपकुलपतिका लागि खुल्ला विज्ञापन बनाउने नौटङकी समेत यही बर्ष रचियो  । कुलपति र सहकुलपतिको लामो तछाड मछाड पछि विश्वविद्यालयले उपकुलपति पाए पनि राजनीतिक भागबन्डाबाट भने विश्वविद्यालय बच्न सकेन्न् ।

सरकारले निर्माण गरेको उच्चस्तरिय शिक्षा आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाई २०७५ साल माघ १ गते बुझाउदाँ पनि गुपचुप पारेको भन्दै बहुमत आयोग सदस्यले यही साल सार्वजनीक गरे । नीजि विद्यालय प्रति प्रधानमन्त्रीको लगावका कारण प्रतिवेदन गुपचुप पारिएको आरोप लगाइ प्रतिवेदन सार्वजनीक गर्दाँ  विश्वविद्यालय सुधारका लागि वोर्ड अफ जस्टिसको परिकल्पना प्रतिवेदनले गरेको थियो ।

स्वास्थ्य

२०७७ साल कोरोना महामारीको बर्ष नै बन्यो । डेङ्गुले आक्रान्त बनेको नेपालमा कोरोनाले थप भयावह अवस्थाको श्रीर्जना गर्यो । २०७६ सालबाटै कोरोना सुरु भएको महामारीले ३ हजार धेरैले ज्यान गुमाए ।

गतबर्ष माघ १० गते चीनबाट आएका नेपाली युवामा पहिलो पटक संक्रमण पुष्टि भएको हुदाँ नेपालमा प्रयोगशाला नभएकोले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को हङकङस्थित कोलाबोरेटिङ सेन्टरसम्म पुर्याउनु पर्यो ।

तर दोस्रो कोरोना संक्रमित भने नेपाली प्रयोगशालामा नै परिक्षण सफल भयो । माघ १२ गते देखी सरकारले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट नमुना परीक्षण सुरु गरेको थियो ।

पहिलो संक्रमित पुष्टि भएको २ महिनापछि चैत १० गते  फ्रान्सबाट नेपाल आएकी एक युवतीमा संक्रमण पुष्टि भएको थियो । त्यसको भोलीपल्टै सरकारले देश व्यापी लकडाउनको घोषणा गर्यो । सिमा नाकामा कडाइ गर्नुका साथै अन्तराष्ट्रिय विमानस्थलमा थप कडाइ गरीएपनि भारतबाट नेपाल फर्कनेको व्यवस्थापन गर्न नसक्दा संक्रमण तिब्र रुपमा बढ्न थाल्यो ।

माघ १० देखी चैत महिनाभित्र ६ जनामा संक्रमण पुष्टि भएकोमा लकडाउन अवधीमा १७ हजार ७ सय ९४ पुष्टि जनामा संक्रमण भयो । लकडाउन खुलेसँगै संक्रमण र मृत्यु हुनेको संख्या तिब्र रुपमा बढिरहदा परीक्षणको दायरा नबढाएको भन्दै सरकारको आलोचना भैरह्यो ।

स्वास्थ्य सामग्री खरिद प्रकणमा ओम्नी समुहको विवाद देखि आइसोलेसन व्यवस्थित नहुदा क्वारेन्टिन भित्रै आत्महत्या,बलात्कार जस्ता घटनाले सरकारो कदमको आलोचना थप्यो ।

महामारी चरम विन्दुमा पुगेको बेला निजी अस्पतालको रवैयाँ त्यसमाथी भोक भोकै एक छाका खानाका लागि रत्नपार्क धाउनु पर्दाँ सरकारले त्यहीबाट विस्थापित गर्यो ।

कोरोना संक्रमण केहि घटेपनि सडकमा राजनीतिक रवैयाका कारण कोरोना थियो भन्ने अवस्था श्रीर्जना नै भयो तर उत्क समय सेलाउन नपाउदैं कोरोनाको नयाँ भेरियन्ट प्रवेश गरेसंगै सरकार समेत लाचार बनेको छ ।

जता ततै अध्यारो भएको भएको समयमा एका एक माघ १० गते अर्थात कोरोना संक्रमण पुष्टी भएको एक पर्ष पुरा हुदै गर्दा भारत सरकारले अनुदानमा दिएको  १० लाख डोज कोरोन विरुद्धको खोप माघ ८ गते नेपाल  भित्राइएको थियो । त्यसपछि सरकारले २० लाख डोज खोप खरिद गरेपनि १० लाख डोज खोप आउन नसक्दा खोप अभियान प्रभावित बन्यो ।

चीन सरकारले अनुदानमा उपलब्ध गराएको ८ लाख डोज खोप चैत २५ गतेबाट प्राथमिकता छुट्याएर लगाउन सुरु गरीसकेको छ । हालसम्म नेपालका ३१ लाख ४८ हजार खोप भित्रीसकेकोमा १७ लाख डोज खोप लगाइसकेको छ । सरकारले असारसम्म ६० लाख मानिसलाइ खोप लगाउने योजना बनाएपनि त्यस अनुसार खोप ब्यवस्थापन हुन सकेको छैन ।

कोरोना परिक्षणका लागि देशभर रहेका ८८ वटा प्रयोगशालामध्ये हाल ३० वटामात्र सञ्चालनमा रहेका छन भने संक्रमितको उपचार हुने अस्पतालको संख्या पनि घटाइएको छ । जोखिम कम नभएकै बेला बढिरहेका राजनीतिक गतिविधि,बढदो हेलचक्राइ र नयाँ भेरियन्टसको प्रवेशले नेपालमा पनि दोस्रो लहरको भय बढेको छ ।

राजनीति

शिक्षा र स्वास्थ्य पछि सवै भन्दाँ प्रभवित र नैटङ्की देखिएको क्षेत्र हो  राजनीति । समृद्ध नेपाल सुखी नेपालीको नारा दिए पनि निकै सकस पुर्ण वित्यो । सत्तारुढ दलभित्रकै किचलोका कारण एकातिर ओलीले काम गर्न नदिएको आरोप लगाइ रहे भने अर्को तर्फ सवै भन्दा धेरै काम गरेको प्रचार गर्न समेत छोडेनन् ।

नेकपा भित्रको विवाद उत्कर्षमा पुग्दा पार्टीभित्रै एकले अर्कालाइ दलाल र भ्रष्ट्रचारी भएको आरोप प्रत्यारोप चल्यो । यो विवाद यत्तिमै रोकिएन, पार्टीको बैठक नै बस्न नसक्ने, बसेपनि एकपक्षीय बस्ने र बैठकको लागि निवेदन नै हाल्नुपर्ने अवस्था बन्यो ।

विवाद उत्कर्षमा पुग्दा सरकारले जनप्रतिनिधिको साझा संस्था प्रतिनिधि सभा नै भंग गरेर निर्वाचनको मिति घोषणा गर्यो । यसको विरुद्ध दलहरु सडकमा उत्रिए । सर्वोच्च अदालतले यो कदम असंवैधानिक भन्दै प्रतिनिधिसभा पूर्नस्थापना गरिदियो । असंवैधानीक कदम भनेर सडकमा उत्रिनेहरु नयाँ सरकार दिन नसकेर लाचार प्रविर्ति देखाउनज अझै छोडेका छैनन् ।

भ्रष्ट्रचारीको मुख हेर्दिन भन्ने प्रधानमन्त्री ओली सरकारकै तत्कालीन प्रवक्ता गोकूल बाँस्कोटाको ७० करोडको अडियो देखि तत्कालीन सभामुख कृष्णबहादुर महरा सम्बन्धि विवाद सडकदेखि ओम्नी र यति समुहको विवादले सरकारको आलोचना बढाई रह्यो ।

नेकपाबाट एमाले र माओवादी केन्द पुरानै अवस्थामा फर्कन मात्र हैन । एमाले र माओवादी करीव करी दुई चिरामा पुर्यायो । सत्तारुढ दल एमालेमा एकले अर्कालाइ कारवाही देखि निलम्वनसम्मका घटना भैइरहे । एमालेमा समानान्तर समिति गठन गर्दै नेपाल खनाल समूह २ महिने देश दौडाहमा छ । यता माओवादी केन्द्रबाट मन्त्री बनेकाहरु एमालेमा प्रवेश गर्दै सरकारमा बस्ने निर्णय गरेपछि सांसद पद गुमाएका छन् ।

सत्तारुढ नेकपा जस्तै प्रतिपक्षी कांग्रेस र जसपाको विवाद पनि सतहमा नै पोखियो । सरकार बनाउने विषयमा कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल विच सार्वजनीक कार्यक्रममा नै झण्डै हता हालाहालको अवस्था श्रीर्जना भयो ।

उता सरकार निर्माणमा निर्णायक बनेको जसपाको फुटको संभावना अझै टरेको छैन । अध्यक्ष मण्डकलका सदस्य डा बाबुराम भट्टराई र उपेन्द्र यादव ओलीको सरकार कुनै हालतमा नमान्ने उद्घोष गरिदहदाँ अध्यक्ष मण्डकला अन्य सदस्य महन्त ठाकुर र राजेन्द्र महत्तो भने सवै भन्दा निकट ओलीलाई ठान्दै आएका छन।

सांसद खरिद विक्रिका प्रशंग देखि सांसद अपहरणसम्मका गतिविधिले यो बर्ष नेपाली राजनीतिमा तरङ्ग पैदा गर्यो ।

खेलकुद

नयाँ खेलकुद ऐन, त्रिदेशिय फुटवलको उपाधी चुम्न सफल, क्यानको निलम्वन फूकुवा जस्ता विषयले कोरोनाले आक्रान्त पारेका नेपालीलाई केही मलहम पट्टीको काम गर्यो ।

घरेलु मैदान दशरथ रंगशालामा तय भएका कतार विश्वकप २०२२ अन्तरगतका छनोट खेल पटक – पटक स्थगित हुँदा एन्फा थ्री नेशन्स कप (मैत्रीपूर्ण अन्तर्राष्ट्रिय) प्रतियोगिता आयोजना गर्न सफल भयो ।  उक्त प्रतियोगिताको उपाधि जित्दै नेपालले ३७ बर्षसम्मको घरेलु मैदानको उपाधि खडेरी तोड्दै सबै नेपालीलाई खुसी दियो

महिला फुटबल खेलाडीको तलबवृद्धि गर्दै पुरुष खेलाडी सो-सरह बनाएर नेपाली खेलकुदमा थप उर्जा प्रदान गर्यो । यस्तै एन्फाले कोरोनाको भय कायमै रहँदा नेपाली राष्ट्रिय फुटबल टोलीलाई बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेलाउँदा, महिला लिग सम्पन्न गर्यो । तर एन्फाले लिग सर्कल पुरा नहुँदा यो बर्षको ए डिभिजन लिग भने सञ्चालनमा ल्याउन सकेन ।

बर्ष २०७८ लाई लक्षित गर्दै एन्फाले प्रदेश लिग, सी र बी डिभिजन लिग सम्पन्न गर्दै फुटबल सर्कल पुरा गर्यो ।  फुटबल बाहेक क्रिकेट र राष्ट्रिय खेल भलिबलमा बर्ष २०७७ मा त्यतिधेरै गतिविधि भएनन् ।

सरकारले खेलकुदमा लगाएको प्रतिवन्ध फुकुवा गरेपछि प्रधानमन्त्री कप क्रिकेट तथा मुख्य मन्त्री र मेयर कप समेत सञ्चालनमा आए ।

क्यानले नेपाली राष्ट्रिय क्रिकेट टोलीका लागि श्रीलंकाली मुलका अष्ट्रेलियन नागरीक डेभिड ह्वाटमोरलाई क्रिकेट प्रशिक्षक नियुत्त गर्दै राष्ट्रिय टोलीको अभ्यास भने सञ्चालन गर्यो । भने  नेपाली महिला टिमको प्रशिक्षणको जिम्मा पुन जगत टमाटाको हातमा सुम्पियो ।

राष्ट्रिय खेल भलिबलको पनि बर्ष २०७७ सुष्त बित्यो ।  राष्ट्रिय खेल भएपछि घरेलु गतिविधिमा आक्रामक बनेको भलिबल संघले यो बर्ष भने सोचे अनुसार गतिवधि सञ्चालन गर्न सकेन ।

माघ महिनामा गण्डकी प्रदेशमा टाइगरकप भलिबल आयोजना हुँदा भलिबल संघले केही राहतको सास फेर्यो भने त्यसपछि बिभिन्न जिल्लामा बिभिन्न भलिबल प्रतियोगिता सञ्चालनको बाटो सहज भयो । बर्षको अन्त्यमा काठमाण्डौमा आरबीबी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएपछि भलिबल संघले बर्ष सुखदरुपमा बिदा गर्यो ।

मार्सलआर्ट, नेट गेम्स, ट्रयाक एण्ड फिल्ड लगायत विभिन्न खेलकुदका गतिविधि लगभग ठप्प रहे ।

मोफसलका जसको चपेटामा बुटबलको तिलोत्तमा गोल्डकप, सुनसरीको मदनभण्डारी गोल्डकप, धरानको बुढासुब्बा गोल्डकप लगायत सञ्चालन हुन नसक्दाँ  क्रिकेटको सबैभन्दा ठुलो तथा व्यवसायीक मानिएको एभरेष्ट प्रिमियर लिग, धनगढी प्रमियर लिग, पोखरा प्रिमियर लिग लगायतका क्रिकेटका गतिवधिलाई पनि कोरोनाले यो बर्ष प्रभावित बनायो ।

कोरोनाले खेलकुद गतिविधि ठप्प बन्दा नेपालले भर्चुअल तेकवान्दो प्रतियोगितामा भने सहभागीता जनाउने अवसर पायो । तेक्वान्दो खेलाडी लक्ष्मण ऐर लगायतका खेलाडीको सक्रियतामा नेपालले तेक्वान्दोको पुम्सेमा अनलाईन सहभागिता जनाएर केही पदक समेत जित्यो ।

घरेलु मैदान दशरथ रंगशालामा किर्गिस्तानको ओलम्पिक टिम र बंगलादेशसँग मैत्रिपूर्ण फुटबल खेल जित्दै सफल कप्तान बिराज महर्जनले सन्यासको घोषणा गरे ।

अर्थतन्त्र

सरकारी बजेट खर्च हुने अन्तिम चौमासिकमा नै  देश लकडाउनमा जाँदा पूँजीगत खर्च कम्जोर बन्यव भने  निजी उद्योग-व्यवसाय ठप्प नै बने ।

कोरोनाका कारण विदेशमा रोजगारी गुमाएर फर्कनेहरुलाई  सम्बोधन गर्न नसकिएको मात्र हैन स्वदेशमै पनि धेरैले रोजगारी गुमाए । यही बर्ष रोजगारी गुमाएर मजदुरहरु पैदल सवार हुदाँ खुल्लामञ्चमा एक छाकको अपेक्षामा आएका श्रमीक समेत खेदिन बाध्य भए ।

भरखरै व्यवसाय तर्फ उन्मुख भएको पर्यटन क्षेत्र सवै भन्दा धेरै थला पर्यो । यही समयमा कृषकले मल नपाउने, उत्पादन नभएको दुध विक्रि नहुने र बर्ड फ्लुका कारण कुखुरा उत्पादनमा गिरावट समेत आयो । तर सरकारले यही समयमा दूध र पंक्षीजन्य उत्पादन आयात मासिक एक अर्ब हाराहारी कायम रहेकै अवस्थामा सरकारले यी उत्पादनमा मुलुक आत्मनिर्भर घोषणा गर्यो ।  

कहिले एक दमै तल र कहिले एक दमै माथि पुग्ने शेयर बजारले पछिल्ला समय भने दैनिक रेकर्ड  ब्रेक गर्दै  आएको छ । स्वचालित मुल्य प्रणाली लागु गरेपनि पेट्रोलिय पदर्थको मुल्य वृदी र सुनको मुल्य वृदी अचाक्ली बढ्यो ।

कोरोनाका कारण राज्यले स्वास्थ्य र शिक्षामा बढी खर्च गर्न पर्यो भने बर्षको अन्तिममा मेलम्चीको पानी काठमाडौं झारेर काठमाडौं बासीको मुहारमा केही खुशी थप दियो ।

प्रकोप

कोरोना महामारीले आक्रान्त बनेको नेपाललाई विपदका घटनाले थप पिडा दियो । बर्षको अन्त्यमा मुलुकका सयौं स्थानमा लागेको डडेलोका कारण काठमाडौंको आकास विश्वकै धेरै प्रदुषित सहरको सुचिमा पहिलो नम्वरमा पर्यो ।

यो बर्षमात्र नेपालमा २ हजार ५ सय ८५ स्थानमा आगलागि हुदाँ ९७ जनाको ज्यान गयो भने ३ सय ७९ जना घाइते भए । त्यस्तै १ हजार ४ सय १३ बस्तु चौपाय हराउदाँ आगलागीका कारणमात्र एक करोड ८२ लाख धेरैको क्षती भयो ।

तेस्तै चट्याङ लागेर यो बर्षमात्र २ सय ४७ ठाउँमा परेको चट्याङमा ७० जनाको ज्यान जादाँ २ सय ४७ जना घाइते भए ।  सर्पको टोकाइबाट २१ जनाको ज्यान जादाँ ३९ जना घाइते भए ।

यो बर्ष ३७ जनाको जनावरको आक्रमणका कारण ज्यान गयो भने  बाढीका कारण ४२ जनाले ज्यान गुमाउन पुगे । यो बर्ष नै पहिरोमा परेर ३ सय १ जनाले ज्यान गुमाउदाँ बर्षाका कारण १५ जनाले ज्यान गुमाए ।

यसरी २०७७ सालमा समग्रमा ४ हजार १ सय ५७ प्रकोपक घटनामा परी ९ सय ९२ जनाको ज्यान गएको राष्ट्रिय  विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङकले देखाउछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *