ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

चीनबाट प्राप्त भेरोसेल खोप ४० देखी ५९ बर्षसम्मकालाइ लगाइदै

काठमाडौं,चैत ३१ । चीनबाट प्राप्त कोभिड विरुद्धको भेरोसेल खोप मंगलबार देखि ४० देखी ५९ बर्ष उमेर समुहका नागरीकलाई लगाउन सुरु गरेको छ । पहिले खोप लगाउनेबारे कतिपयमा दुविधा रहेपनि अहिले भने खोप अभियानमा नागरिकको सहभागिता उत्साहजनक देखन्छ ।

चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना विरुद्धको भेरोसेल खोप मंगलबारदेखि सर्वसाधारणलाइ लगाउन थालिएको हो । पहिलो चरणमा चैत २५ गतेबाट अध्ययनका लागि चीन जाने तयारीमा रहेका,छात्रबृत्तीमा अध्ययन गरिरहेका,सीमापार ब्यापारमा संलग्न तथा कर्मचारिलाइ सो खोप लगाइएको थियो । त्यसैगरि दोस्रो चरणमा मंगलबारबार ४० देखि ५९ बर्ष उमेर समुहका सबै नागरिक लाइ सो खोप लगाइसकेको छ ।

विकसित मुलुकहरुमा समेत खोपको हाहाकार भैरहेको बेला नेपालमा छिटै खोप लगाउन पाएकोमा र आफुहरु पनि प्राथमिकतामा परेकोमा नागरिकहरु आभारी देखिन्थे ।

विश्वका अधिकांश मुलुकमा महामारीको दोस्रो लहर शुरु भए र जनजीवन पुन प्रभावित बनिरहेको छ । नेपालमा पनि पछिल्लो समय संक्रमण बढनुका साथै (युके भेरियन्ट) नयाँ भेरियन्टस समेत देखिएपछि खोपप्रति सबैको आकर्षण बढेको देखिन्छ । खोप अभियानको पहिलो चरणमा नागरिकमा खोपबारे दुबिधा रहेपनि अहिले भने त्यस्तो नरहेको र उत्साहजनक सहभागीता रहेको स्वास्थ्यकर्मीहरुले बताए ।

यसअघि नेपालमा भारतबाट प्राप्त तथा खरिद गरि ल्याइएको कोभिशिल्ड खोप २ चरणगरी अभियान सञ्चालन भइसकेको छ । जसबाट १७ लाख भन्दा बढीले खोप लगाइसकेका छन । सरकारले समय समयमा खोपबारे विभिन्न प्रार्थमिकता निर्धारण गरेपनि त्यो अनुसार प्रभावकारी ब्यवस्थापन भने हुन सकेको देखिदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *