ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

विद्याल बन्द नगर्न विद्यालय सञ्चालकले आग्रह गरेको एक दिनमै स्वास्थ्य मन्त्रालयको विद्यालय बन्द गर्ने सिफारीस

काठमाडौं चैत्र ३१ । पठन पाठनका लागि बैकल्पिक व्यवस्था गरेरमात्र विद्यालय बन्द गर्न सरोकारवालाले सुझाव दिए पनि स्वास्थ्य मन्त्रालयले उपत्यकाका विद्याल बन्द गर्न सिफारीस गरेको छ ।

शिक्षा मन्त्रालयमा सोमबार भएको छलफलमा सरोकार वालाहरुले विद्यालय बन्दको अधिकार स्थानिय तहमा दिनु पर्ने र प्रकोपका आधारमा विद्यालय बन्द गर्न माग गरेका थिए ।

तर त्यसैको भोली पल्ट अर्थात मंगलबारको स्वास्थ्य मनत्रालयको छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय एक महिना बन्द गर्न सिफारिस गरेको हो ।

यो अवधिमा अनलाइन कक्षामार्फत पठन पाठन गराउन स्वास्थ्य मन्त्रालयको सुझाव छ ।मन्त्रालयले ३० दिन विद्यालय बन्द गरी पठनपाठन अनलाइनमार्फत गराउन खोजिएको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *