ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नयाँ पत्रिकाका पत्रकार दाहालमाथि प्रहरीद्वारा कुटपिट र दुर्व्यवहार

काठमाडौं,चैत ३१ l भारतीय दूतावास परिसरमा समाचार संकलनको क्रममा नयाँ पत्रिकाकर्मी केदार दाहाललाई प्रहरीले कुटपिट तथा दुर्व्यवहार गरेको छ ।

भारतबाट साउदी अरबमा हुने उडान रोकिएपछि भारतीयहरू नेपालको बाटो साउदी अरब जान थालेका बिषयमा दाहाल रिपोर्टिङका लागि चैनचोर पुगेको नयाँ पत्रिकाले जनाएको छ ।

जसका लागि भारतीय नागरिकले दूतावासमार्फत नो अब्जेक्सन लेटर लिनुपर्ने व्यवस्था काठमाडौं विमानस्थलले गरेको छ । सोही लेटर लिने क्रममा दूतावासअगाडि सयौँ भारतीयको भिड जम्मा भएको थियो । सोही क्रममा प्रहरीले हस्तक्षेपसमेत गरेको थियो ।

सोही समाचार संकलनको क्रममा पत्रकार दाहाललाई डिएसपी दीपक खड्काको कमान्डमा रहेका प्रहरी जवानहरूले भिडियो र फोटो खिचेको भन्दै धम्क्याउनुका साथै लछारपछार पारेका छन् । पत्रकार दाहालले आफू पत्रकार भएको भन्दै कार्ड देखाउँदासमेत प्रहरी जवानहरूले नक्कली पत्रकार भन्दै पाखुरा र घाँटीमा समाएर लछारपछार पारेको नयाँ पत्रिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *