ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

टेकुको शुक्रराज अस्पतालमा कोरोनाको मात्र उपचार गर्ने

काठमाडौं चैत्र ३१ ।उपत्यकामा कोरोनाका विरामीको सङ्ख्यामा वृदी भएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालले मंगलबारदेखि कोभिड उपचार सेवामात्र प्रदान गर्ने जनाएको छ ।

करीव २ दर्जन कोरोना संक्रमितको उपचार भइरहेको अस्पताल आजबाट पुन कोरोना विशेष अस्पतालको रुपमा रुपान्तरण भएको अस्पतालका निर्देशक डा सागरराज भण्डारीले जानकारी दिए । यस अघि पनि नेपालको पहिलो कोभिड अस्पतालको रुपमा उक्त अस्पताललाई रुपान्तरण गरिएको थियो ।

समय कोरोना संक्रमण बढेका कारण अस्पतालको अन्तरंग सेवालाई कोभिडको मात्र उपचार सेवा दिने गरी व्यवस्था गरिएको निर्देशक राजभण्डारीले बताए।

नन कोभिड उपचार बन्द गरेको अस्पतालले एचआइभी र ‘एन्टी रेबिज भ्याक्सिन’ सेवालाई निरन्तरता दिने जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *