ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

दोलखाको बिगु गाउँपालिकामा सवारी दुर्घटना: ४ जनाको मृत्यु १७ जना घाईते

चैत ३१, दोलखा । दोलखाको बिगु गाउँपालिका वडा नम्बर ४ लादुकमा गए राति ३–०३–२३ च ७५८० नम्बरको गाडी योद्ध टाटा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

लादुकको चार गोलाई भन्ने स्थानमा राति १० बजे गाडी सडकबाट झण्डै २ सय मिटर तल खसेको थियो । घटनामा गाडीमा सवारमध्ये ३ जनाको घटनास्थलमै मृत्यु भएको र एकजनाको रोल्वालिङ सामुदायिक अस्पताल सिँगटीमा उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिँगटीले जनाकारी दिएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा बिगु गाउँपालिका–३ का ३५ वर्षीय बिनोद केसी, ४५ वर्षीया अजिता खत्री, ५२ वर्षीया राधा खत्री र २४ बर्षिया चण्डिका खड्काको मृत्यु भएको छ । गाडीमा सवार अन्य १७ जना घाईते भएका छन् । घाइतेहरुको अहिले काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

उनिहरु सिन्धुपाल्चोकको तातोपानी कुण्डमा नुहाएर घर फर्कंदै गर्दा दुर्घटनामा परेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *