ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

काठमाडौ उपत्यकाको पाँच चोकमा आधुनिक प्रविधिको ट्राफिक बत्ती जडान हुँदै

चैत ३१, काठमाडौं । काठमाडौं उपत्यकाको सवारी व्यवस्थापनका लागि आगामी असार मसान्तसम्ममा थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गर्ने भएको छ ।

काठमाडौ उपत्यकाको पाँच चोकमा आठ जेब्राक्रसिङमा जडान गरिने महाभनगरिय ट्राफिक प्रहरी महाशाखाले बताएको छ । जडीबुटी, कोटेश्वर, थापाथली, दरबारमार्ग र केशरमहलमा बत्ती जडान गरिने  छ । ट्राफिक बत्तीका केही सामान आएको छ केही आउने क्रममा रहेको महाशाखाले बताएको छ ।

काठमाडौं उपत्यकाका बढी सवारी चाप र यात्रुले सडक पार गर्ने स्थान छनोट गरी बत्ती जडान भइरहेको विभागले जनाएको छ ।  यी बत्ती जडानका लागि रु एक करोड १५ लाखमा ठेक्का सम्झौता भएको छ ।  यस वर्षभित्रै यी ठाउँमा  जडान सकिने र, अरु ठाउँमा पनि निरन्तर काम अगाडी बढने सडक विभागले बताएको छ ।

विभागले अहिलेसम्म उपत्यकामा १९ स्थानमा ट्राफिक बत्ती जडान गरिसकेको छ । ठाउँ-ठाउँमा उपत्यकाका पालिकाले राखेका पनि बत्ती छन् । यी सबैमा कुन बत्ती कति समय बल्ने भनी व्यवस्थापनको काम ट्राफिक प्रहरी महाशाखाले गर्दै आएको छ ।

विभागले थप अरु छ/सात ठाउँमा बत्ती राख्ने योजना बनाएको छ । चक्रपथको कोटेश्वरबाट–कलङ्की खण्डमा ट्राफिक बत्ती जडानको काम आगामी आवमा हुनेछ । उपत्यकासँगै उपत्यका बाहिर पनि यसको माग भइरहेको हुँदा महत्व र आवश्यक्ता अनुकुल बत्ती जडान कार्य अगाडी बढाईने सडक विभागले बताएको छ ।

बत्ती जडान भएका स्थानमा ट्राफिक प्रहरीलाई सडक व्यवस्थापनमा सजिलो भएको छ भने यात्रु र चालकबाट पनि राम्रो प्रतिक्रिया आइरहेको  हुँदा यसलाई थप व्यवस्थित गर्दै लगिने भएको हो ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *