ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सन्जु साम्सनले डेब्यु कप्तानी सम्हाल्दैं १ सय १९ रन प्रहार गरेपनि राजस्थानको हार टरेन

एजेन्सी,चैत्र ३० । राजस्थानलाई ४ रनले पराजीत गर्दैं पञ्जाबले आइपिएलमा सुरुवात गरेको छ । सन्जु साम्सनको कप्तानी डेब्युमा कीर्तिमानी शतक प्रहार गरे पनि राजस्थान रोयल्स पञ्जाब किंग्ससँग पराजित भएको हो  ।

कप्तानी सामसनले ११९ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । मुम्बईस्थित वाङखडे स्टेडियममा पञ्जाबले दिएको २२२ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१७ रन बनायो । सन्जु सामसनले ६३ बल खेल्दै १२ चौका र ७ छक्का मद्दतमा ११९ रन बनाए । जोस बटलर र रियान परागले समान २५ र शिभव दुवेले २३ रन जोडे ।

पञ्जाबका लागि अर्शदीप सिंहले ३ र मोहम्द शामीले २ विकेट लिए । यस्तै पहिलो पटक आईपीएल खेलिरहेका झ्ये रिचर्डसन र रिले मेरेडिथले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले कप्तान लोकेश राहुल र दीपक हुडाको आक्रामक व्याटिङ मद्दतमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २२१ रन बनाएको थियो ।

विकेटकिपर समेत रहेका राहुलले ५० बल खेल्दै ७ चौका र ५ छक्का मद्दतमा सर्वाधिक ९१ रन बनाए । यस्तै हुडाले २८ बल खेल्दै ४ चौका र ६ छक्का मद्दतमा ६४ रन जोडे । यी दुईले तेस्रो विकेटका लागि १०५ रनको साझेदारी गरेका थिए ।

यस्तै क्रिस गेलले २८ बल खेल्दै ४ चौका र २ छक्का मद्दतमा ४० रन बनाए ।

बलिङमा राजस्थानका डेब्युटान्ट चेतन शाकारियाले ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए । यस्तै क्रिस मोरिसले २ र रियान परागले १ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *