ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आज चैत्र ३० गते मंगलबार तपाईको राशिफल

आज मिति २०७७ साल चैत्र ३० गते सोमबार तदनुसार सन २०२१ अप्रिल महिनाको १२ तारिख, चैत्र कृष्णपक्ष, वसन्त रितु, उत्तरायण सुर्य,  रेवति नक्षत्र, वैधृति योग, किस्तुध्न करण, आज बिहान ७ बजेर ३० मिनेटबाट औंसी समाप्त भएर प्रतिपदा तिथि शुरु भयो भने चन्द«मा बिहानको ११ बजेर १० मिनेटबाट मीन राशीमा प्रवेश गर्नेछ, आज सूर्योदय बिहान ५ बजेर ४५ मिनेटमा भयो भने सूर्यास्त बेलुकी ६ बजेर २६ मिनेटमा हुनेछ ।। विशेष कार्य गर्नको लागि आजको शुभ समय बिहानको ११ बजेर ३९ मिनेटबाट १२ बजेर ३० मिनेटसम्म रहनेछ । आजको राहूकाल बिहानकोे ७ बजेर १९ मिनेटबाट ८ बजेर ५४ मिनेटसम्म रहनेछ ।

मेष राशी

११ बजे पछि  दिन राम्रो रहने छ,  भाग्यले साथ दिएको महसुस हुन थाल्नेछ, आर्थिक लाभ, रोगव्याधिबाट छुटकारा, खानपान, वस्त्र लाभ तथा भोग विलास प्राप्त हुने कुरामा ग्रहले साथ दिनेछन । कसै कसैलाई  धन तथा उपहार प्राप्ति हुने, आदर सत्कार मिल्नुको साथै मित्र तथा स्त्रि वर्गहरुको सहयोग पाइने सम्भावना देखिएको छ , समग्रमा अपरान्हपछि दिन सुखद हुन थाल्नेछ, 

वृष राशी

अपरान्ह पछि दिन प्रतिकुल हुन सक्छ । खर्चमा बृद्धि, शारिरिक कष्ट, मानसिक अशान्ति, धन तथा मानसम्मानको हानी, निरर्थक धपेडी वा थकान हुने, , सन्तानको तर्फबाट सुख नपाइने, आँखा तथा अनुहार सम्बन्धि समस्या आउन सक्ने भएकोले सावधान रहनु होला, घमन्डले आज अप्ठयारोमा परिने सम्भावना छ, आर्थिक नोक्सानी हुने योग भएकोले लगानीलाइ आज दिन राम्रो रहने छैन,

मिथुन राशी

भाग्यको साथ र सहयोग जारी रहनेछ । शुभ समाचार आउन सक्छ, जागीर, रोजगार तथा व्यवसायको क्षेत्रमा महत्वाकांक्षा पूरा हुने अथवा नयाँ कुरा हुने सम्भावना यथावत छ । आय आम्दानीमा वृद्धि हुने, सन्तान तथा पारिवारिक सुख, समयानुकुल खानपान वा भोज भतेरमा सहभागि भइने अथवा साथीभाइहरु सँग रमाइलो बसिबिँयाले हुने योग छ, महिला वर्गबाट लाभ अथवा स्त्री सुख प्राप्त हुने सम्भावना छ । व्यापारमा पर्याप्त लाभ को साथै लगानीको लागि दिन राम्रो छ ।

कर्कट राशी

११ बजे पछि दिन शुभ हुन थाल्नेछ । ईच्छित फल पाउने सम्भावना बलियो हुनेछ । शारिरीक निरोगीता, रमाइलो भोग विलास, भौतिक संशाधन तथा गृह सुख मिल्ने, कार्य व्यवसायमा पदोन्नति, परिवर्तन अथवा नेतृत्व प्राप्त हुने, आफुले मान्नु पर्नेहरुबाट आदर, सम्मान र विश्वास प्राप्त हुने योग छ । विद्यार्थिहरुको लागि समय राम्रो रहनेछ, व्यवसायी वर्गलाइ दिन लाभदायक हुन थाल्नेछ । यात्रा गर्दा भने सचेत रहनु पर्नेछ,

सिंह राशी

दिन अनुकुल नहुन सक्छ । परिस्थितले विवश बनाउने अवस्था आउन सक्छ, गरे अनुसार जस नपाइने, सन्तानको स्वास्थ्यहानी अथवा सन्तानसँग मतभेद हुन सक्ने, आफनो स्वास्थ्यको पनि विशेष ख्याल राख्नु पर्नेछ, भय र अपमानको वातावरण बन्न सक्छ, व्यवसायमा हानी को सम्भावना छ । साथै शत्रुहरुबाट सावधान रहनु होला,  कसै कसैलाई राज्यको तर्फबाट अथवा सरकारी कर्मचारीहरुबाट समस्या निम्तिन सक्छ,

कन्या राशी

११ बजेपछि दिन अनुकुल नहुन सक्छ, स्वास्थ्यको विशेष ख्याल राख्नु पर्नेछ, खानपानको कारणले स्वास्थ्यमा गडबडी आउन सक्ने भएकोले आज भोजनमा ध्यान दिनु होला , अचानक हुने अनिष्ट घटनाले आज मन अशान्त हुन सक्छ, कुनै पनि प्रकारको कलह र विवादबाट भने आज बच्नुहोला, निरर्थक भयले ग्रसित हुने, दुख कष्ट पाइने र धनको गलत ठाउँमा खर्च हुने योग छ

तुला राशी

दिन शुभ फलदायक रहने छ, धन लाभ हुने , शैय्या सुख, उत्तम स्वास्थय, दाम्पत्य सुख मिठो रहनेछ, लाभकारक एवम सुखदायी अनुभूति हुने खालको दिन छ, कसै कसैलाई घर बाहिर बस्नुपर्ने अवस्था आउन सक्ने अथवा छोटो खालको भ्रमण हुने योग बन्न सक्छ, व्यापार व्यवसायमा लाभको समय चलेको छ, प्रयास गरेको खन्डमा साझेदारी कार्यमा सफलता हात लाग्नेछ । अध्ययन अध्यापनको साथै पढाइ लेखाइको लागि समय उत्तम छ ।

वृश्चिक राशी

अपरान्ह पछि दिन राम्रो हुन थाल्नेछ । विरोधिहरुको बाधा र व्यवधानबाट मुक्ति पाइने, भइरहेका समस्याहरुबाट छुटकारा मिल्न थाल्ने, दीर्घरोगहरुबाट आरोग्यता प्राप्ति, सम्मान कदर र आनन्द प्राप्ति, आर्थिक लाभ सम्बन्धि लक्षण देखा पर्ने सम्भावना छ, विद्यार्थीहरुको लागि परिक्षा प्रतियोगीतामा सफलता मिल्नेछ भने व्यापार व्यवसायको लागि दिन सफल रहनेछ । खर्चमाथि भने नियन्त्रण गर्दै गलत व्यक्तिहरुबाट भने टाढा रहनु होला ।

धनु राशी

समय अझै राम्रो भइसकेको छैन । मन अशान्त रहन सक्छ, गरेको कार्य सफल पार्न निकै प्रयास गर्नुपर्नेछ, सवारी साधन चलाउँदा सावधानी अपनाउनु होला, शत्रुजनित कष्ट, धनको नोक्सानी वा अनावश्यक खर्च हुने, निर्णयहरु गलत हुन सक्ने, स्वास्थ्यमा गिरावट आउने, पेट वा सो भन्दा मुनि कुनै पुरानो रोग छ भने बल्झिन सक्ने सम्भावना रहेकै छ, कार्य स्थलमा भने सतर्क रहनुहोला, मनमा गलत विचारहरुलाइ आज ठाउँ नदिनुहोला ।

मकर राशी

अपरान्ह पछि दिन अनुकुल नहुन सक्छ, आत्मविश्वासमा कमी आउने, चित्त चंचल रहने, निरर्थक चिन्ता र बेचैनीले ग्रस्त भइ कसैलाई विश्वास गर्न मन नलाग्ने हुन सक्छ, आफन्त वा नजीकका मान्छेहरुसँग मनमुटाव हुन सक्ने, स्वास्थयमा समस्या देखा पर्न सक्छ, शारिरिक कमजोरी महसुस हुने, विशेष गरि मौसमी रोग, छाती सम्बन्धि वा चिसो जन्य समस्या उत्पन्न हुन सक्ने सम्भावना भएकोले सावधान रहनु होला, स्त्रि सुखमा कमी हुनुको साथै निद्रा तथा खानपानमा गडबडी हुने सम्भावना छ,

कुम्भ राशी

अपरान्ह पछि ग्रहले साथ र सहयोग दिन थाल्नेछ, आर्थिक लाभ, मिठो खानपान तथा गफगाफमा समय बित्न सक्ने, लुगा कपडा वा अन्य भौतिक वस्तुको प्राप्ति वा खरिद हुन सक्ने, मन प्रसन्न रहने, स्वास्थ्य ठीक रहनेछ, भाइ बन्धुहरुबाट लाभ र सहयोग पाइने, शत्रु बाधाहरु हटने, गरेको कार्यहरुबाट मान, प्रशंसा कदर पाइने सम्भावना छ, कुनै कुनै कार्यमा भने केही अवरोध आउने अथवा विलम्ब हुन सक्नेछ, प्रेमिहरुको लागि समय चिताए अनुसार हुने अवस्था सिर्जना हुनेछ ।

मीन राशी

११ बजेपछि मानसिक चिन्ता पर्न सक्छ, संचित धन खर्च हुने, बन्धुजनसँग मनमुटाव हुन सक्ने, खानपान तथा पारिवारिक सुखमा कमि आउने, आँखा, दाँत, अनुहार वा आवाज सम्बन्धि सम्बन्धित समस्या सिर्जना हुन सक्ने, बोल्दाखेरी सोचेर बोल्नु होला, चर्को बोल्ने काम बिल्कुलै नगर्नु होला । गरेका कामहरुमा बाधा आउने, पाप कर्मतिर मन जान सक्ने, कामुक सोचले कार्य बाधा आउन सकने, पढाइ लेखाइमा मन नजाने, व्यापार व्यवसायमा समस्या आउने भएकोले सचेत रहनु होला,

Leave a Reply

Your email address will not be published. Required fields are marked *