ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सि डिभिजन लिगमा चर्च ब्वाइज च्याम्पियन

काठमाडौं, चैत ३० । चर्च ब्वाइज युनाईटेड सहिद स्मारक ‘सी’ डिजिन लिगको च्याम्पियन बन्दै ‘बी’ डिभिजनमा बढुवा हुँदा दोस्रो भएको विरगञ्ज युनाईटेड र सामाजिक युवा क्लब पनि ‘बी’ डिभिजनमा उक्लिएका छन् ।

ललितपुर स्थित एन्फा मुख्यालयको मैदानमा सम्पन्न सुपर सिक्सको अन्तिम लिग खेलमा झापा फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइजले उपाधिसँगै बी डिभिजनमा बढुवा भएको हो । चर्च ब्वाइज यसै सिजन ‘सि’ डिभिजनमा बढुवा भएको थियो । एक वर्ष नहुँदै चर्च ब्वाइजले फड्को मार्न सफल भएको हो ।

यस्तै विरगञ्ज युनाइटेड क्लब र सामाजिक युवा क्लब पनि ‘बी’ डिभिजनमा बढुवा भएका छन् । खालीबारी युथ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै विरगञ्ज बढुवा भएको हो भने सामाजिकले अन्तिम खेलमा विरगञ्ज युथ एकेडेमीलाई १–० ले पराजित गर्दै २ वर्षपछि ‘बी’ डिभिजनमा उक्लिन सफल भएको हो ।

च्याम्पियन हुँदै ‘बी’ डिभिजनमा बढुवा भएको चर्च ब्वाइजले नगद १० लाख रुपैयाँ हात पार्दा दोस्रो भएको विरगञ्जले ७ लाख रुपैयाँ र तेस्रो सामाजिक युवा क्लबले ४ लाख रुपैयाँ हात पा¥यो । प्रतियोगितामा चर्च ब्वाइज युनाईटेडका मिडफिल्डर साइमन लिम्बु सहिद स्मारक सी डिभिजन लिगका उत्कृष्ट मिडफिल्डर चुनिएका छन् ।

यस्तै विरगंज युनाईटेडका विवेक चौधरी उत्कृष्ट स्ट्राइकर चुनिँदा विरगंज युनाईटेडका दिल मणि चौधरी उत्कृष्ट गोलकिपर, चर्च ब्वाइजका सोनम राई उत्कृष्ट डिफेन्डर र सामाजिक युवा क्लबका सन्दीप खड्का उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्ट हुनेले जनही २५-२५ हजार रुपैयाँ प्राप्त गरे । लिगमा झापा फुटबल क्लबले फेयर प्ले टिमको अवार्ड सहित ५० हजार रुपैयाँ प्राप्त ग¥यो ।

सानोगौचरण युवा क्लब सि डिभिजनबाट पनि घटुवा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *