ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

यु- १९ नेपाली क्रिकेट टाेलीलाइ चाैधरीकाे ग्रुपको साथ

काठमाडौं,चैत ३०। नेपाली यू-१९ क्रिकेट टिमलाई चौधरी ग्रुपको वाईवाई चाउचाउले ५ वर्षको लागि प्रायोजन गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार चौधरी ग्रुपसँग प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको छ ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्द र चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै वाईवाईले क्यानलाई हरेक वर्ष ७० लाख उपलब्ध गराउने छ । उक्त रकममा हरेक वर्ष १० प्रतिशतले वृद्धि हुनेछ ।

अब नेपाली टिमको नाम वाईवाई यू-१९ क्रिकेट टिम हुनेछ ।

यस्तै यू-१९ को घरेलु अन्तराष्ट्रिय प्रतियोगितामा वाईवाईको सहभागिता रहनेछ ।

कार्यक्रममा बोल्दै निर्वाण चौधरीले क्यानसँग सहकार्य र क्रिकेटसँग जोडिन पाउँदा खुसी भएको बताए ।

क्यानका अध्यक्ष चन्दले यस सम्झौताले नेपाली क्रिकेटले नयाँ उचाई लिनेमा विश्वस्त रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *